वराहक्षेत्र/प्रदेश सरकारले दिएको स्वचालित डुङ्गा (बोट) कोशी बगरमै अलपत्र बन्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अझै यथावत् छ । बजार तथा प्रशासनिक कामका लागि वराहक्षेत्र आउनु प-यो भने वराहक्षेत्र नगरपालिकाको कोशीटप्पुका शम्भु चन्द्रवंशीले सप्तकोशीमा काठे डुङ्गा नै प्रयोग गर्छन् । काठे डुङ्गाको विकल्प नहुँदा जोखिमपूर्ण यात्राको उनीहरूको समस्या समाधान हुन नसकेको हो । नगरपालिका पुग्न वा बजार भर्न आउनुप-यो भने पनि डुङ्गाबाहेक अन्य विकल्प नभएको स्थानीय रूपचन्द्र चन्द्रवंशी बताउँछन् । ‘चक्रघट्टी, राजावास हाम्रो बजार हो’, उनी भन्छन्, ‘यहाँ उत्पादन भएका सामग्री बजारमा ल
धरान/ ‘साधु’ संस्कृत शब्द हो । यसको सामान्य अर्थ ‘सज्जन व्यक्ति’ भन्नेहुन्छ । नेपाली बृहत् शब्दकोशमा यसको अर्थ ‘सांसारिक प्रपञ्च वा विषयासक्तिबाट टाढा रही परमार्थ चिन्तनमा जीवन बिताउने व्यक्ति’, ‘सन्त’,‘महात्मा’ लेखिएको छ । वर्तमान समयमा गेरू वस्त्र धारण गर्नेलाई साधु भन्ने गरिएको छ तर वास्तवमा साधुको मूल उद्देश्य समाजलाई पथप्रदर्शन गर्दै धर्मको बाटोमा हिँडेर मोक्ष प्राप्त गर्नु हो । साधना, तपस्या गरी वेदोक्त ज्ञानलाई संसारमा फैलाएर आफ्नो जीवनलाई त्याग र वैराग्यमा बिताउँदै ईश्वर भक्तिमा विलीन हुने व्यक्तिलाई साधु भन्ने गरिन्छ ।
धरान / कुनै बेला थियो, जब प्रेमलाई पूजा गरिन्थ्यो । प्रेम अभिव्यक्त गर्ने शैली फरक थियो । अहिलेजस्तो खुल्लमखुल्ला प्रेम गर्न गाह्रो थियो । प्रविधिको विकास नहुँदा प्रेमी–प्रेमिकाले लामो समयसम्म चिठीपत्रमै भलाकुसारी गर्थे भने भेटघाट कम हुने गथ्र्यो । त्यस बेला प्रेम अभिव्यक्त गर्ने मुख्य माध्यम ‘लभलेटर’ (प्रेमपत्र) र विद्युतीय र छापा सञ्चारमाध्यमबाट गरिने ‘पत्रमित्रता’ नै थिए । वर्षौंसम्म देखादेख हुँदैन थियो । फोटो हेरेर प्रेमी तथा प्रेमिकाको अवस्थाबारे अनुमान गर्नुपथ्र्यो । त्यस बेला नेपालमा भ्यालेन्टाइन डे मनाउने चलन थिएन । माया गर्ने निश्चित बार वा गते हुँद
धरान/ धरान–६ को पानबारीमा तीन वर्षयता चोरीका २० वटाभन्दा बढी घटना भएका छन् ।रातको समयमा शृङ्खलाबद्ध रूपमा हुने चोरी पछिल्लो समय लुटपाटमा परिणत भएको छ । घटनामा संलग्न दोषीहरू पक्राउ पर्न नसक्नु नै यसको एकमात्र कारण भएको देखिन्छ । पानबारीमा विद्यालय, सहकारी हुँदै अहिले घरमै बसिरहेकी वृद्धासमेत लुटिएकी छन् । यसले गर्दा सुरक्षा चुनौती बढिरहेको छ । यहाँस्थित अस्थायी प्रहरी चौकीमा दरबन्दीअनुसार सुरक्षाकर्मी नहुँदा यहाँ चोरीका घटनाहरू बढ्दै गएको स्थानीयको गुनासो छ । १४ जनाको दरबन्दी भए पनि चौकीमा पाँचजना प्रहरीलाई मात्र खटाइएको छ । स्थानीयका अनुसार तीन
झापा/ नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले मङ्गलबार राति झापाको मेचीनगर नगरपालिका–६ को काँकरभिट्टाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३३ वर्षीय शम्भु भण्डारी र २५ वर्षीय दिलीप लिम्बू रहेको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ । उनीहरूलाई सय ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विराटनगर । मोरङको जहदामा रातको समयमा घरबाहिर पिसा फेर्न निस्एिकी एकजना किसोरी बलात्कारको सिकार भएकी छन । जहदा गाँउपालिका वडा नम्बर १ कि १४ वर्षीया बालिकाको सोमबार राति ९ बजे पिसाब गर्न घर नजिकैको बाटोमा निस्किएका बेला दुई जनाले नियन्त्रणमा लिई बलात्कार गरेको पीडितले बताएकी छन । राति नै मोटरसाईकलमा आएका दुई जनाले आफूलाई जर्बजस्ती घरबाट दक्षिणतर्फ लगेर पालैपालो बलात्कार गरेको ती बालिकाको भनाई छ । राति बालिका घर नफर्किएपछि अभिभावकले खोजी नभेटिएको र तीन घण्टापछि मात्र उनी परिवार अनि गाउँलेको सम्पर्कमा आएकी थिइन । गाउँमा हल्ला भएपछि गाउँलेहरु राति ११ बजे बालिकाको खोजीमा निस्किएका थिए र १ बजे प्र
धरान/ सरकारले सोनाम ल्होछारको अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउने गर्छन् । यसअघि सरकारले ल्होछार, माघे सङ्क्रान्तिलगायतका चाडपर्वको बिदा कटौती गरेको थियो तर सरकारले यी चाडपर्वहरूमा फेरि सार्वजनिक बिदा दिन लागेको छ । यसअघि माघे सङ्क्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो तर गत पुस १५ मा मनाइएको तमू ल्होसारको दिन भने सरकारले सम्बन्धित जातिलाई मात्रै बिदा दिएको थियो । सरकारले २०५१
धरान/ नेपाल बसोवास बस्ती संरक्षण समाजले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १२ बुँदे मागपत्रको पुनः ताजकीकरण पत्र बुझाएको छ । समाजले माघ २० गते भूमिसम्बन्धी समस्या समाधान आयोगलाई बुझाएको मागपत्रको पुनः ताजकीकरण पत्र आइतबार भूमि व्यवस्था मन्त्री शिवमाया तुम्बापोलाई बुझाएको हो । ‘सुरक्षित बसोवास गर्न पाउने नागरिकको नैसर्गिक अधिकार रहेकाले बसोवासका आधारमा भू–स्वामित्व लालपुर्जा दिएर सुकुम्बासी मुक्त राष्ट्र घोषणा गर्ने गरी त्यस्ता वर्ग समुदायको समस्या पूर्ण समाधान हुने काम तत्काल थाल्न अनुरोध गर्दछौँ ।’ समाजले मन्त्रालयमा बुझाएको पत्रमा भनिएको छ । समाजले
धरान÷ नगरका महिलाहरूको साझा सङ्गठन महिला सञ्जाल धरानको पाँचौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पदस्थापन आइतबार सम्पन्न भएको छ । महिलासँग सम्बन्धित धरान क्षेत्रमा रहेका ३५ वटा सङ्घ–संस्थाहरूको साझा सङ्गठनको रूपमा रहेको सञ्जालको गत असोज १६ गते सम्पन्न पाँचौँ अधिवेशनबाट पदाधिकारीहरू निर्वाचित भएका थिए । पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष सविता राईले नवनिर्वाचित अध्यक्ष चेतना श्रेङलाई पद हस्तान्तरण गरेकी थिइन् भने अन्यलाई अबिर र माला लगाएर शुभकामना दिइन् । २०६६ सालमा स्थापना भएको सञ्जाल आजको दिनसम्म आउन थुप्रै चुनौतीहरूको सामना गरेको सञ्जालकी पूर्वसचिव कोपिला भट्टराईले बताइन्
इलाम÷ बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीन दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै इलामबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) इलामले हत्यारालाई कारबाही गर्न माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको हो । देशमा पटक–पटक बलात्कारपछि बालिकाको हत्या भइरहँदा पनि हत्यारा पत्ता नलाग्नु लज्जास्पद भएको भन्दै तत्काल हत्यारा पत्ता लगाई कारबाही गर्न ज्ञापनपत्रमा आग्रह गरिएको छ । केही दिनअघि बैतडीकी एक बालिकामाथि भएको बलात्कार र हत