लखन थापा पार्क बनेन: पार्कमा ओपन जिम निर्माण

  • पुस १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान उपमहानगपालिकाले गुरु योजना बनाएका अधिकांश योजनाहरुको भौतिक संरचना समयमै बन्न नसक्दा अन्य परियोजनामा परिणत भएका छन् ।
तत्कालीन मेयर ध्यानबहादुर राईले २१ बर्ष अघि धरान १७ मा सप्तरंगी पार्क बनाउने योजना अगाडि सारे, सोही अनुरुप त्यहा भौतिक संरचना निर्माण भए तर आधा पनि काम नहुँदै काम रोकियो ।
यस्तै तत्कालीन मेयर मनोजकुमार मेन्याङ्गवोले १९ बर्ष अगाडि धरानको भानुचौकमा रहेको सब्जी बजारलाई हटाएर सपिङ्ग कम्प्लेक्स बनाउने योजना अगाडि सारे, त्यो पनि पुरा हुन नसक्दा अहिले ट्याक्सी, टेप्पोको स्टेन बनेको छ । सपिङ कम्प्लेक्स बनाउने योजना तुहियो ।

यस्तै ५ बर्ष अघि धरान वडा नम्बर १३ वडाकार्यालय परिषरमा रहेको खाली जग्गामा लखन थापा हेल्थ पार्क बनाउने अवधारणा अघि सारिए पनि पार्कको विकल्पमा अहिले ओपन जिम निर्माण भएको छ । पार्क निर्माणका लागि चार बर्ष अघि प्रदिप थापाको संयोजकत्वमा शहिद लखन थापा हेल्थ पार्क निर्माण समिती नै गठन भएको थियो । ‘शहिद लखन थापा स्मृति हेल्थ पार्क’ बनाउन उपमहानगरपालिकामा प्रस्ताव पेश गरेको थियो । तर अहिले त्यो योजना असफल भएपछि सर्वसाधारणलाई शारीरिक व्यायम गर्न ओपन जिम निर्माण भएको छ । निर्माण समितीले हेल्थ पार्क निर्माण गर्न तदारुकता नदेखाए पछि वडा कार्यालयको पहलमा खुल्ला जिम पार्क निर्माण गरिएको धरान उपमहानगरपालिका वडा नंं १३ का वडाध्यक्ष नेत्र काफ्ले बताउँछन् । उनले भने, ‘लखन थापा स्मृति पार्क निर्माणमा धरान उपमहानगरपालिका र निर्माण समितिले खासै तदरुकता देखाएनन्, त्यसले गर्दा खुल्ला ठाउँको सदुपयोग गर्दे ओपन जिम निर्माण गरिएको हो ।’

अहिले ओपन जिम पार्कमा विहान र बेलुका धरान १३ लगायत अन्य धरानका अन्य वडाबासीका लागि कसरत गर्ने स्थान बनेको छ । मर्निङवाक गर्ने सर्वसाधारणले विभिन्न प्रकारका उपकरणबाट शारीरिक व्यायम गर्ने गरेका छन् । स्थानीय तह जनप्रतिनिधी विहीन भएको अवस्थामा तत्कालिन धरान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले हेल्थ पार्क बनाउन थापाको समितिलाई स्विकृति दिएको थियो ।

तर, निर्माण समितिले हालसम्म पनि हेल्थ पार्कको निर्माण कार्य अगाडी नबढाए पछि खाली ठाउँको सदुपयोग गर्दै ओपन जिम निर्माण गरिएको उपमहानगरपालिकाका योजना प्रमुख एवम बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले बताए । उनले भने, ‘निर्माण समितिले सम्झौता त ग¥यो त्यसपछि पूरै सम्पर्क विहीन बन्यो, निर्माण नहुने पक्का भएपछि त्यसमा ओपन पार्क निर्माण गरिएको हो ।’
राणाकालीन अवस्थामा तानाशाह विरुद्धको लडाईमा सहीद बनेका स्व. लखन थापाको स्मूतिमा हेल्थपार्क बनाउने योजना अगाडि सारिएको थियो । समितिले आफ्नै लगानीमा हेल्थ पार्क निर्माण गर्ने नगरपालिकामा प्रस्ताव पेश गरेको भएको भएपनि त्यसपछि निर्माण समिति सम्पर्कमा नै आएन ।
१५ कट्ठा क्षेत्रफल जग्गामा निर्माण हुन लागेको हेल्थ पाकर्मा हेल्थ क्लवसहित चिल्ड्रेन पार्क र शहिद लखन थापाको शालिक राख्ने नक्साङकन समेत समितिले पेश गरेको प्रस्तावमा उल्लेख गरिएको थियो ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved