जेफाले होमस्टेको प्रचारप्रसारमा सरकार उदासीन

  • पुष ९, २०७८
  • गोविन्द बस्नेत
alt

धरान/ मोरङ आकर्षक पर्यटकीय गन्तव्य स्थल मोरङको जेफाले होम स्टेको प्रवद्र्धनमा सरकार उदासीन रहेको होमस्टे व्यवसायीहरुको गुनासो छ । उनीहरुले होमस्टे पर्यटन प्रवद्र्धनको एउटा पाटो भएपनि सरकारले होमस्टे प्रवद्र्धनमा उदासीनता देखाएकै कारण फस्टाउन नसकेको आरोप लवगाएका छन् ।

जेफालेमा एकदिनमा ५० जनालाई खाना खुवाउने र बास बस्ने होमस्टेहरु रहेको स्थानीय जेफाले होमस्टे सामुदायिक व्यवस्थापन समितिका सचिव भीम ठकुरीले बताए । उनले भने भने–‘जेफालेमा रहेका होमस्टको भविष्य राम्रो छ, तर तीनै तहका सरकारको यसमा ध्यान पुग्न सकेको छैन ।’

शुरुमा जेफालको विकास गर्न जिल्ला समन्वय समिति धनकुटा, जिल्ला समन्वय समिति मोरङ विराटक्षेत्र पर्यटन प्रवद्र्धन समिति लगायतका सरकारी निकायले चासो दिएका थिए । सुनसरी, मोरङ र धनकुटा र चौविसे क्षत्रको एकीकृत पर्यटन विकासलाई संयोजन गर्न जेफालेमा पर्यटन सूचना केन्द्र पनि स्थापना भएको थियो । तर कोरानापछि यी सबैले चासो दिन छाडेको सचिव ठकुरी बताउछन् ।
जेफालेबाट सूर्योदय र सूर्यास्तको रमणीय दृश्य तथा प्रदेश नं. १ का सबै जिल्लाहरुको दृश्य देखिने हुनाले दृश्यावलोकनका लागि यसलाई महत्वपूर्ण स्थान मानिने उनी बताउछन् ।

यातायात, भौतिक पूर्वाधार र सुरक्षाको प्रबन्ध भइदिने हो भने यस क्षेत्रले पर्यटनको क्षेत्रमा ठूलो योगदान पु¥याउने विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास जेफाले पर्यटन विकास क्षेत्रका संस्थापक अध्यक्ष डिल्लीराम अधिकारी बताउछन् । उनी भन्छन्–‘यातायात, भौतिक पूर्वाधार र सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो, यी तीन कुरा मात्र सरकारले गरिदिने हो भने होमस्टेमा सर्वसाधारणको आवागमन बढ्ने थियो ।’

तथापि कोरोना संक्रमण सहज भएपछि भने केही आन्तरिक पर्यटक जेफालेमा आउने गरेको उनी बताउछन् । घुम्न र होमस्टेमा बस्न आएका पर्यटकहरुका लागि त्यहाका स्थानीयहरुले सांस्कृतिक नाचगानबाट मनोरञ्जन दिन गरेका उनी बताउछन् । उनी भन्छन्–‘धनकुटा, तेह्रथुम, पाचथरका जिल्लाबाट पैदल यात्रा गर्दै मोरङको केराबारी, लेटाङ हुदै विराटनगर आउने मार्ग भएको र स्थानीय व्यापारिक केन्द्र भएकोले पनि भविष्यमा जेफालेको पर्यटकीय सम्भावना बलियो पनि देखिन्छ । यसका लागि राज्य र स्थानीय तहले पनि पहल गर्न जरुरी छ ।’

होमस्टे पर्यटनको एक हिस्सा भएपनि राज्यले होमस्टे सञ्चालनका लागि केही सहयोग नगरेको पर्यटन व्यवसायी बासुदेव बराल बताउछन् । उनी भन्छन्–‘पर्यटनको एक हिस्सा होमस्टे भएपनि राज्य होमस्टेलाई सहयोग गर्न उदासीन देखिएको छ ।’ अन्य प्रदेशमा राज्यले होमस्टे प्रवद्र्धनमा सहयोग पु¥याए पनि एक नं. प्रदेशमा भने खासै सहयोग नगरको आरोप लगाए । उनले भने –‘गण्डकी प्रदेशमा सरकारले होमस्टे सञ्चालनका लागि १० लाखदेखि १ करोड सहयोग गर्ने गरेको छ । तर प्रदेश नं. १ सरकारले यहाका होमस्टे सञ्चालकलाई केही सहयोग गरेको छैन ।’

धरानबाट करिब २४ किमी पहाडी यात्रा गरेपछि पुगिने जेफाले डाडा समुन्द्र सतहबाट १ हजार ९ सय मिटर उजाईमा छ । जेफाले डाडाबाट पूर्वाञ्चलका १६ वटै जिल्ला पूर्वमा मेची नदी र पश्चिममा कमला नदी र उत्तरतर्फ कञ्चनजंंघा, मकालु सगरमाथा लगायत हिमालहरु प्रष्ट देख्न सकिन्छ । त्यसबाहेक तराईका सुन्दर स्थल, विहानका सूर्यदय र साझको लोभलाग्दो दृश्य अवलोकन गर्न जेफाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पर्यटनको विकासका लागि सिंहदेवी ५ विहीबारेमा होमस्ट पनि राखिएको छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved