इलाम / अदालतले जब्बरजस्ती करणीमा कैद सजाय सुनाइएका फरार अभियुक्त २८ वर्षीय प्रितम राईलाई प्रहरीले धरानबाट विहीबार पक्राउ गरेको छ । रोङ गाउँपालिका वडा नं। २ साविक शान्तिपुर गाविस वडा नं. ४ बस्ने राईलाई जिल्ला प्रहरी कार्यालयले खोजी गर्ने क्रममा धरानबाट पक्राउ गरेको हो । जब्बरजस्ती करणीको कसुरमा राईलाई २०७२ साल जेष्ठ २१ गते जिल्ला अदालतले ५ वर्ष कैद सजाय तोकेको थियो ।
धरान/ धरानमै पहिलो पटक विद्यालय स्तरमा स्कुल थ्रिएटर प्रशिक्षण सुरु भएको छ । साहारा थ्रिएटरको अयोजनामा धरानमा मंगलबारबाट १५ दिने प्रशिक्षण कार्यक्रम सुरुभएको हो । प्रशिक्षण कार्यक्रममा के के इन्ट्रनेश्नल , शिक्षा सदन , भानु स्मृती,शहिद स्मृती लगायत धरानका ९ वटा विद्यालयका कक्षा ५ देखि १२ सम्मका ४८ जना विद्यार्थीहरु सहभागि भएको थ्रिएटरका अध्यक्ष नविन म्यानाङवोले बताए । सुस्ताउदै गएको धरानको रंगकर्मलाई चलायमान बनाउन र पछिल्लो समय लकडाउनका कारण वालवालिकामा परेको मानसिक असरका कारण आत्महत्यामा जस्ता जघन्य अपराधहरु समेत बढ्दै गएकाले यस्ता कार्यक्रमको अयोजना गरिएको उनले बताए । उनले भने,‘
विराटनगर/ वर्षौंदेखि बसेको ठाउँबाट हटाउन लागेपछि विराटनगर महानगरपालिका–३ को सुकुम्बासी परिवारले सहयोगको याचना गरेको छ । विराटनगर–३ को गोग्राहा चोक (कन्या मार्ग) मा बसोवास गर्ने कालीचरण राजवंशीले सँधियार विनयराज राजवंशीले महानगरका केही जनप्रतिनिधिसँग मिलेर हटाउने प्रयास थालेको बताए । पत्रकार महासङ्घ मोरङको सभाहलमा बुधबार परिवारका सदस्यसहित पत्रकार सम्मेलनमा उपस्थित कालीचरणले गत माघ ७ गते विनयले घर हटाउन भन्दै फिराद हालेपछि महानगरको न्यायिक समितिले समेत हट्न दवाब दिन थालेको सुनाए । ७२ वर्षीय बुबा, श्रीमती, बुहारी र ४ वर्षीया नातिनी सो घरमा बस्ने गरेको र गरिखाने मेलोसमेत राम्र
धरान/ पछिल्लो समय धरानमा खैरो हेरोइनका प्रयोगकर्ता बढ्न थालेका छन् । सामान्य रूपमा प्रयोग गरिने लागूऔषधको तुलनामा खैरो हेरोइनको प्रयोग अत्यधिक हुन थालेको छ । केही समययता यहाँ पनि खैरो हेरोइनको प्रयोगमा वृद्धि भएको पाइएको छ । धरान प्रहरीले दैनिकजसो खैरो हेरोइनसहित प्रयोगकर्ता पक्राउ गर्नुले यसलाई पुष्टि गर्छ । अहिले खैरो हेरोइनको लहर नै चल्न थालेको छ । धरान प्रहरीले मङ्गलबार एकै दिन पाँचजनालाई खैरो हेरोइन कारोबारमा पक्राउ गरेको छ । उनीहरूको साथबाट ८ दशमलव ४ मिलीग्राम खैरो हेरोइन बरामद गरेको छ । एकै दिन पक्राउ परेका आठजना लागूऔषध कारोबारीमध्ये तीनजना सामान्य प्रकारका लागूऔषधसहित पक्र
धरान/ सुख्खायाम सुरु भएसँगै धरानमा बर्सेनी खानेपानीको चरम अभाव हुने गरेको छ । यसको दीर्घकालीन समाधानमा सम्बन्धित पक्ष गम्भीर नबन्दा खानेपानी समस्या झन् चुलिएको छ । खानेपानी आपूर्तिका लागि नेपाल खानेपानी संस्थान र धरान खानेपानी बोर्डले दीर्घकालीन समाधानमा ध्यान नदिई आपसमा द्वन्द्व सिर्जना गर्दा अन्योल थपिएको छ । सुख्खा मौसम आएसँगै धरानेहरूले खानेपानीको जोहोमै दिनरात बिताउने गर्छन् । धरान–१६ का सुवास शंकर आप्mनो धारामा पाँच दिनयता खानेपानी नआउँदा धरान–२० र १३ को संगम स्थल वीपी पार्कमा टेम्पो लिएर खानेपानी लिन पुगेका थिए । धारामा पानी नआउँदा जसोतसो खानेपानी जोहो गरे पनि नुहाउने
धरान/ केही समययता महिलाहरू आत्मनिर्भर बन्न थालेका छन् ।पुरुषबाट चलेको घरमा परिवारको आवश्यकता पूरा हुने गरे पनि धेरै महिला घरेलु हिंसाबाट पीडित बन्ने गरेका छन् । यस्तो अवस्थालाई अन्त्य गर्दै व्यावसायिक पशुपालनमार्फत् आत्मनिर्भर बन्ने उद्देश्यले लेटाङ नगरपालिकाका महिलाहरू समूह नै बनाएर बाख्रापालन गरिरहेका छन् । व्यवसायमा सफलता हात पार्न थालेपछि उनीहरू बजारको खोजी गर्दै धरानको कृषि उपज बजारमा आइपुगेका छन् । लेटाङ नगरपालिकाकी दिलमाया तामाङ स्थानीय महिलालाई समूह बनाएर आत्मनिर्भर बनाउन अग्रसर भइन् । २५ वर्षअघि अर्थात् २०५२ सालमा २५÷३० जनाको समूह बनाएर दैनिक ५–१० रूपैयाँ सङ्कलन गरेर उनी
वराहक्षेत्र / सन् १९९३ देखि २०१२ सम्म करीब १९ वर्ष २ महिना थाइल्यान्डको वाखवङ सेन्टर प्रजेन्ड (जेल) मा बिताएका चन्द्रकुमार राई अहिले भने कृषि उद्यममा लागिपरेका छन् । थाइल्यान्डमा साथीहरूसँगको सङ्गतका कारण राईले २७ वर्षदेखि ४७ वर्षको उमेरसम्म ऊर्जाशील समय जेलमा बिताउनु परेको थियो । सन् २०१२ को अन्तिममा नेपाल फर्केपछि उनले शिक्षालय खोलेर शिक्षाको ज्ञान बाँड्न सुरु गरे । आफ्नो पुख्र्यौली थलो वराहक्षेत्र–२ को जब्दी (मधेशी टोलमा) नै मन्टेश्वरी खोलेर उनले बालबालिकालाई कखरा सिकाउन थाले । उनलाई उनकी श्रीमतीले साथ, सहयोग र उत्पे्ररणा दिइन् । मन्टेश्वरी सञ्चालनसँगै राईले एक वर्षयता पुख्र्यौल
इटहरी/ दिउँसै घरको ताला फुटाएर लाखौँका गरगहना र नगद चोरी गरी भाग्ने क्रममा बिहीबार यहाँ एकजना पक्राउ परेका छन् । इटहरी–२ को भद्रटोलस्थित सावित्रा भण्डारीको घरमा बिहीबार दिउँसो ताला फुटाएर १२ तोला सुनका गरगहना तथा नगद चोरेर फरार हुन खोज्दा स्थानीयले तिनलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् । ती व्यक्ति मकवानपुर जिल्लाको हेटौडा उपमहानगर–२ घर भएका २९ वर्षीय मनिष घिमिरे भएको प्रहरीले जनाएको छ । घरका सबै सदस्य तेस्रो तल्लामा रहेको र केही सदस्य तलको किराना पसलमा रहेको मौका छोपेर चोरी गरी फरार भइसकेका घिमिरेलाई स्थानीयले इम्पेरियल होटलको कम्पाउन्डबाट नियन्त्रणमा लिएका थिए । उनको
वराहक्षेत्र/ हिन्दू धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र धामको परिसरमा थप धार्मिक आकर्षणका लागि मन्दिरसहित भगवान् विष्णुका दश अवतारका मूर्ति निर्माण हुने भएका छन् । हिन्दू धर्मशास्त्रअनुसार वराहलाई भगवान् विष्णुकै तेस्रो अवतार मानिन्छ । पृथ्वी डुब्न लागेको बेला भगवान् विष्णुले वराह अवतार लिएर पृथ्वीको रक्षा गरेको धार्मिक विश्वास छ । त्यही विश्वासमा यहाँ वराहक्षेत्र धाम स्थापना गरिएको हो । अहिले यहाँ विष्णुका १० वटै अवतारका मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको हो । वराहक्षेत्र–१ मा पर्ने वराहक्षेत्र मन्दिर परिसरभित्रै निर्माण भइरहेको मूर्तिको ९० प्रतिशत काम पूरा भइसके
धरान/ यहाँस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक सङ्कट चुलिएको छ । कोभिड–१९ का कारण आठ महिनाभन्दा बढी समय चरम आर्थिक सङ्कटमा फँसेको प्रतिष्ठानको आर्थिक अवस्था झन् बिग्रिएको छ । कोडिभका कारण आर्थिक अभाव झेलेको प्रतिष्ठानले सरकारको अनुदानसमेत समयमा नपाउँदा प्रतिष्ठान सञ्चालनमा समस्या भएको हो । प्रतिष्ठानका अनुसार कोरोना भाइरसको सङ्क्रमणअघि प्रतिष्ठानले अस्पतालबाट सरदर मासिक ८ करोड २४ लाख र कलेजबाट वार्षिक १ अर्ब २८ करोड रूपैयाँ आम्दानी हुने गरेको थियो । बन्दाबन्दीका कारण अस्पतालबाट हुने मासिक आम्दानी घटेर २ करोडमा सीमित भएको थियो । बन्दाबन्दी हटेपछि भने आर्थिक रूपमा