विमानस्थल निर्माण कार्य तत्काल अघि बढाउन प्रधानमन्त्री देउवा सँग माग

  • पुस १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा/ धनकुटाको बेलाहारा विमान स्थल (एयरपोर्ट) निर्माण कार्य तत्काल अघि बढाउन नेपाली कांग्रेस धनकुटाको टोलिले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा प्रधानमन्त्रीलाई भेटेर टोलिले बेलाहारा एयरपोर्ट निर्माण कार्य तत्काल अघि बढाउन माग गरेको हो ।

जिल्लाको विकास र समृद्धीका लागि ७ बुँदे सुझाव पत्र बुझाउदै धनकुटालाई पर्यटन र कृषिको हवको रुपमा विकास गर्न, बेलहारा डाँडामा एयरपोर्ट निर्माण कार्य तत्काल शुरु गर्न, धनकुटा अस्पतालाई स्तरोन्नती गर्दै शिक्षिण अस्पतालको रुपमा स्थापना गर्न र सात वटै पालिकामा १–१ वटा सुविधा सम्पन्न अस्पताल निर्माण गरी अविलम्ब सञ्चालन गर्न टोलीले प्रधान मन्त्री देउवालाई सुझव दिएको छ ।

भेटमा टोलिले पार्टीको संगठन विस्तार र सुदृढीकरण गर्दै बलियो, जनप्रिय कांग्रेस बनाउन, अव हुने सवै तहको निर्वाचनमा कांग्रेसलाई जिताउन नयाँ ढंगबाट अभियान सञ्चालन गर्न पनि सुझाव दिएको छ । त्यस्तै पार्टीमा सवैलाई सहभागी गराई एकता बद्ध, समावेशी ढंगले अगाडी बढाउदै पार्टीमा पुस्तानतरण भएको र अव रुपान्तरण गर्न विशेष योजना सहित अगाडी बढ्न सुझाव दिएको छ ।

टोलिमा नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई, नेता आनन्द सन्तोषी राई, जिल्ला सचिव विजय सन्तोषी राई, नेविसंघ धनकुटाका उपाध्यक्ष बिर्मशमान अमात्य लगायतको सहभागिता थियो ।

व्रिज इन्टरनेशनल कन् ...

धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली ...

धरानमा ब्राउन सुगरसह ...

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगर ...

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

ताप्लेजुङ र पाँचथरमा ...

ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले ल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved