धरान । धरान–१३ स्थित कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः परशुराम कटुवाल निर्वाचित भएका छन् ।
कृषि उपज बजार स्थलको सभा हलमा शनिवार सम्पन्न निर्वाचनमा तिन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवाल सहित ५ जना सदस्यहरू निर्वाचित भएका हुन् । कार्यसमितीको सदस्यहरुमा भक्ति कुमार राई ९विनोद०, रमेशकुमार शाह कृषक समूहबाट झुमा देवी राई, राजेश मेहेता, पदम लिम्बु निर्वाचित भएका छन् । सम्बन्धित वडाका वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य भएका छन् ।
कृषि बजार व्यवस्थापन समितिको निर्वाचनका लागि कृषि विभागबाट निर्वाचन अधिकृत छेदी प्रसाद यादव र मतदान अधिकृत निलु गिरी आएका थिए ।