‘भत्ता वितरणलाई सहज बनाउँछु’

  • पुस १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ सामाजिक सुरक्षा भत्ता वितरणमा हुने गरेको असहजतालाई सहज बनाउनुपर्नेमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले बताएका छन् । सामाजिक सुरक्षा भत्ताकै कारण जेष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएकाले उनीहरुले पाउँदै आएको भत्ता वितरणलाई सहज बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विराटनगरमा आयोजना गरेको सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारीतामा सरकार र नागरिकको भूमिका विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री यादवले सामाजिक सुरक्षा भत्ताकै कारण परिवारबाट जेष्ठ नागरिकले माया पाएको बताए । उनले भने, ‘भत्ताकै कारण पनि छोरा–छोरीले समेत सम्मान गर्ने गरेको पाईएको छ ।’

मन्त्री यादवले अन्यको तुलनामा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुले पाईरहेको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न आवश्यक रहेको बताए । यादवले नेपाली नागरिकको पहिचानका नाममा धेरै प्रमाण–पत्रले झन्झटिलो बनाएको पनि बताए । भुमीपुत्रहरुलाई खोजेर नागरिकता दिनुपर्ने बताउँदै उनले भूमीपुत्रहरु नागरिकता नपाएर पलायन हुनुपर्ने अवस्था आउन दिनु नहुनेमा जोड दिए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved