उदयपुर। उदयपुरको चौदण्डीगढीमा गुडिहरेको टिप्पर सँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका ५ मा भएको दुर्घटनामा परी सोही नगरपालिका १ का २५ वर्षीय गंगाराम चौधरीको मृत्यु भएको हो ।
आइतबार बिहान ९ बजे चौदण्डीगढी–५ भित्रि सडक खण्डमा प्रदेश १–०२–००१ क ३८९६ नम्वरको टिपरलाई स।१० प ८७९८ नम्वरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा टिपर संग ठोकिइ दुर्घटना हुँदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यू भएको हो । सोही मोटरसाईकल पछाडि सवार भएकी गंगारामकी श्रीमती २४ बर्षिया संगिता चौधरी समेत घाईते भएकिमा फत्तेपुर अस्पतालमा उपचार भईरहेको छ ।
उक्त टिपर र चालक सुनसरी हरीपुर गाउँपालिका(८ का सुनिल दाहाललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।