लगाम बाहिर सेक्युरीटी कम्पनी: सेक्युरेटी गार्डमाथी श्रम शोषण

  • पुस १३, २०७८
  • "पूजा लम्साल"
alt

मोरङ/ विभिन्न संस्था, प्रतिष्ठानहरुमा सुरक्षाका लागि खटिएका सेक्युरेटी गार्डहरु अझै आर्थिक, भौतिक, नैतिकहरुले शोषणमा पर्दै आएका छन । उनीहरुले अझै सरकारले लागू गरेको नयाँ श्रमऐन व्यवहारमा कार्यान्वयन भएको अनुभुति गर्न पाएका छैनन । सुरक्षा गार्डहरुले कानुन अनुसारको दुर्घटना विमा वापतको ७ लाख रकम लिन र कम्पनीबाट क्षतिपुर्ति र राहत सम्म पाउने गरेका छैनन ।
कोभिड संक्रमणले मृत्यु भएका प्रदेश १ का तीन जना सुरक्षा गार्डको परिवारलाई अझै सम्म कम्पनीले क्षतिपुर्ति दिएका छैनन। कोभिडमा रोजगार गुमाउने सुरक्षा गार्डहरु अझै अलपत्र छन ।

गत २५असोज २०७८ मामोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सिटिजन्स बैकमा लुटनबाट जोगाउन खोज्दा सुरक्षा गार्ड सितल कुमाल लुटेराको गोली लागेर गम्भिर घाइते भए । बैकले उपचार वापत एक लाख दिएपनि कम्पनीले उनलाई कुनै राहत र क्षतिपुर्ति दिएको छैन । अङगभङ भएकोले हाल उनी घरमा आराम गरिरहेका छन ।

लायन्स सेक्युरिटी कम्पनीका सुरक्षा गार्ड दिपक भण्डारी विराटगरको औद्योगिक घरानाको निवासमा सुरक्षा दिन्छन । उनले सेक्युरिटी कम्पनी मार्फत सुरक्षा दिन थालेको १५ बर्ष भयो । तर उनले मुश्किलले मासिक १३ हजार ५० रुपैया पारिश्रमिक पाउँछन । बर्षेनी बढेको तलब उनले कहिल्यै पाएका छैनन । उनी भन्छन, ‘बर्षैनी सरकारले तलब बढाउँछ तर हाम्रो तलब कहिल्यै बढदैन हामी चुपचाप सहन बाध्य छौ ।’

नीजि क्षेत्रका सेक्युरिटी मजदुरहरु रोजगारदाता र कम्पनीहरुबाट अझै चरम शोषणमा परे पनि उनीहरुको अवस्थाबारे कुनै निमयनकारी निकायले अनुगमन गर्ने गरेको छैन । अन्यायमा परेपछि न्याय खोज्दै उनीहरु संघीय सरकार माहतहत रहेको श्रम कार्यालयमा उजुरी गर्न पुग्ने गरेका छन । तर श्रम कार्यालयले पनि भरसक उजुरी दर्ता नगर्ने र गरेपनि कम्पनीलाई पत्र नै पठाइदिदैन । युनियनहरुले दबाब दिएभने बल्ल पाउनुपर्ने हक न्यनुतम मिलापत्रमा टुंग्याईदिन्छ ।

सुनसरीको ईटहरी स्थित सिटीजन्स बैकमा कार्यरत सुरक्षा गार्ड शिवकुमार बानियाँ सुरक्षा जस्तो संबेदनशिल जिम्मेवारी निर्वाह गर्नेहरुको पेशा नियुक्त गर्ने कम्पनी र रोजगारदाताको शोषण अनि नियमनकारी निकायको बेवास्ताले गर्दा निरिह र निकृष्ट बन्न पुगेको बताउँछन । उनका अनुसार जीवन जोखिममा हालेर सुरक्षा दिने गार्डहरु हाम्रो धनजनको सुरक्षा दिने जिम्मेवार व्यक्तिहुन भनेर कसैले महशुस गर्दैनन बरु मामुली कामदार भनेर होच्याउँछन । बानियाँ भन्छन, ‘अरु त अरु सेवाग्राहीहरुले समेत यो मुला गार्ड त हो नि’ भनेर होच्याउने गरेका छन ।’

आर्दश सेक्युरिटीका सेक्युरेटी गार्ड रामेश्वर चापागाँईका अनुसार नीजि कम्पनीहरुले सुरक्षागार्डहरुलाई संगठित हुनबाट पनि रोक लगाउने गरेका छन । कुनै संघ संगठनमा लागेमा जागिरबाट हात धुनुपर्ने भएकोले धेरै जना खुलेर संगठनमा लाग्न चाहदैनन । ग्रेटफुल सेक्युरिटी मार्फत विराटनगरको भाटभटेनी मलमा खटिदै आएका ब्रिजमोहन उराव बिचौलियाका रुपमा प्रस्तुत हुने सुपरभाईजर र कमाण्डरहरुले आवाज उठाएमा हातपात गर्ने, सरुवा र निलम्बन गर्ने अवस्था भोग्नुपरिरहेको सुनाउँछन । कमाण्डो सेक्युरिटीका नेत्रबहादुर कार्की सुरक्षा गार्डहरुको सञ्चय कोष अझै काटिने नगरेको केही कम्पनीमा काटिए पनि पैसा कम्पनीले नीजि खातामा जम्मा गर्ने र उल्टै व्याज तिरेर आफनो पैसा लिनुपर्ने बाध्यता सुनाउँछन ।
कमाण्डो सेक्युरिटीका सुरक्षा गार्ड नेत्रबहादुर कार्की सरकारले भरपर्दो नियमनकारी निकायबाट सुरक्षा गार्डहरुको अवस्था अनुगमन गरेर कम्पनी र रोजगारदाता विचको सम्झौता पत्र सार्वजनिक गराउनुपर्नेमा जोड दिन्छन । उनी भन्छन, ‘कम्पनीहरुले प्रतिबद्धता अनुसार नियम पालना गरे नगरेको बुझने र के कतिमा कसरी सम्झौता भएको छ भनेर अनुगमन गरिदिने कुनै निकाय नै भएन यसैले हामी शोषणमा परिरहन बाध्य भैरहेका हौ ।’

हुनपनि संघीय सरकार मातहत रहेको श्रम तथा रोजगार कार्यालय कहिल्यै कम्पनीहरुको अनुगमनमा जाँदैन । नत जिल्ला र पालिकाहरुमा कुन कुन र कहाँ कहाँका कम्पनी छन र तीनमा को–को कति सुरक्षा गार्ड कार्यरत छन् भनेर कसैले अभिलेख पनि राखेको छैन । गैरसरकारी सँस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाल संघ, प्रदेश र पालिका तहका सरकारहरुले श्रम तथा रोजगार शाखा स्थापना गरेर सुरक्षागार्डको अवस्था बुझने, अनुगमन गरेर सम्झौता सार्वजनिक गराउने अनि कानुन उल्लंघन गर्नेहरुलाई श्रमऐन अनुसार कार्वाही थाल्नुपर्ने बताउँछन ।

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको श्रम शाखा सुरक्षा गार्डको अवस्था र समस्याबारे मौन छ । प्रदेश १ मा रहेका पालिकाहरु पनि बेखवर छन । विराटनगर महानगरपालिका समाजिक महाशाखा प्रमुख पुनम दहाल महानगर भित्र दर्ता भएका कम्पनीहरु मात्र आफुहरुले अनुगमन गर्न पाउने भएकोले सेक्युरिटी कम्पनीहरुलाई कानुनी दायरामा ल्याउन नसकेको बताउँछन ।
हालसम्म कम्पनी रजिष्टारको कार्यालय काठमाण्डौमा दर्ता भएका सेक्युरिटी कम्पनीहरुले बिभिन्न प्रदेशका बिभिन्न जिल्लामा नियुक्त गरेका सुरक्षा गार्डहरु खटाउने गर्दछन । तर ती कम्पनीहरु जिल्ला प्रशासन र स्थानीय पालिकामा सूचीकृत हुदैनन ।

अखिल नेपाल टे«डयुनियन महासंघ प्रदेश १ का उपाध्यक्ष उपेन्द्र रायका अनुसार प्रदेश १ मा विराटगोरखा, आर्दश ,ग्रेटफुल, जिफोर्स, गरुड, सुर्दशन, हिमालय, लायन्स लगायत करिब ७५ वटा कम्पनीहरु मार्फत २० हजार सुरक्षा गार्डहरु कार्यरत छन । उनीहरु घर, पसल, होटल उद्योग देखी बैक र बित्तिय संस्था, सुपरमार्केट मात्र नभएर सरकारी सँस्थानहरुमा समेत खटिएका छन । सबै कम्पनीहरुले रोजगारदातासँग सम्झौता गर्दा सरकारको नियम अनुसार श्रमऐन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुपर्छ । सम्झौता लुकाएर उनीहरुले नियुक्त गरेका सुरक्षागार्डहरुको शोषण गरिहेका छन । कार्यरत सुरक्षा गार्डहरुले कम्पनी र रोजगारदता विच कति पारिश्रमिकमा सम्झौता भएको र सुबिधाहरु के के दिने शर्त छ भन्ने कहिल्यै जानकारी नै पाउदैनन । दुबैतर्फको कमिसनको कारणले सम्झौता लुकाउने गरिन्छ ।

निजी सुरक्षा गार्डहरुले नत सार्वजनिक बिदा पाउँछन नत दसै खर्च र अन्य सुबिधाहरु । हक खोजेमा रोजगारदाता र कम्पनी मिलेर कामबाटै निकालिदिने गरेका छन । कम्पनीहरुले अझै सुरक्षा गार्डहरुलाई सामाजिक सुरक्षा कोषमा लगेका छैनन । हजारौमा सेक्युरिटी राख्ने कम्पनीहरुले मुश्किलले एक दुई सय जनाको नाम मात्र समाजिक सुरक्षा कोषमा दर्ता गराएका छन ।

कोभिड संक्रमणले गर्दा प्रदेश १ मा बैकमा कार्यरत तीन जना सुरक्षा गार्डको मृत्यु भयो । कम्पनीले समाजिक सुरक्षा कोषमा सुचिकृत नगरिएकोले हालसम्म कसैले पनि क्षतिपुर्ति पाएका छैनन । मुद्दा दर्ता गराएकोले सुनसरीको ईटहरी स्थित सुरक्षा गार्ड गंगाबहादुर तामाङको परिवारले बल्ल रकम पाउने भएका छन । तर कम्पनीले न्युनतम रकम दिएर मिलापत्र गर्न बार्गेनिङ गरिरहेको छ ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघ प्रदेश १ का अध्यक्ष टेकनारायण श्रेष्ठ र कोभिड संक्रमण कालमा सयौ सुरक्षा गार्डहरुले जागिर गुमाए । तर उनीहरुले नत विमाको वापतको रकम पाएका छन नत कम्पनीबाट कुनै राहत र क्षतिपुर्ति । राज्यले नयाँ श्रमऐन लागू गरेपछि खुसी भएका सुरक्षा गार्डहरु व्यवहारमा कार्यन्व्यन नहुँदा हिस्स परिरहेको बताउँछन । उनी भन्छन, ‘हामी सेक्युरिटी मजदुरहरु अझै राज्य, रोजगारदाता र कम्पनीहरुको तेहोरो शोषणमा परिरहेका छौ, हाम्रो समस्या नियमन गरिदिने कुनै निकाय नै भएन ।’

नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) प्रदेश १ अध्यक्ष किशोर धमलाका अनुसार प्रदेश नम्बर एकमा एमाले, माओबादी र काँग्रेस पार्टी निकटले सेक्युरिटी संगठनहरु गठन गरेका छन । तर कम्पनी र रोजगारदाताको भयले गर्दा सुरक्षागार्डहरु खुलेर संघर्षमा आउदैनन । त्यसैले समस्या समाधानमा कम्पनीहरुले युनियनहरुलाई वास्ता गर्ने गरेका छैनन । बरु सेक्युरिटी व्यवसायी संघ बनाएर शोषण गर्ने कम्पनीहरु युनियनहरु भन्दा बलियो बनेका छन् । जिफन्ट अध्यक्ष धमला भन्छन, ‘सेक्युरिटी मजदुरहरु खुलेर संगठित हुन नचाहेकै कारण व्यवसायीहरुले युनियनलाई अटेर गर्ने गरेका हुन, मजदुर संगठित भए उद्योग प्रतिष्ठानहरुमा झै श्रमऐन कार्यान्वयन गराउन सहज हुन्छ ।’

व्रिज इन्टरनेशनल कन् ...

धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली ...

धरानमा ब्राउन सुगरसह ...

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगर ...

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

ताप्लेजुङ र पाँचथरमा ...

ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले ल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved