झापा/ पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे चार किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलमा रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत आजभोलि ओइरो लाग्न थालेको छ । विगत पाँच वर्षअघिसम्म बाटो, बिजुली बत्ती नपुगेको धाममा यतिबेला करोडौँको लगानीमा भौतिक पूर्वाधार तयार भएका छन् । धाम क्षेत्रभित्र आवास, संस्कृति विद्यालयको भवन र मठमन्दिरका ठूला ठूला भवनसमेत बनेका छन् । दश वर्षअघि ९महाराज० पण्डित नन्दकिशोर भारद्वाजले सानो कुटीमा बसी दुईचारवटा गाईपालन सुरु गरेपछि मन्दिरको महत्व बुझेका र पण्डितसँग भेटघाटका लागि मात्र सर्वसाधारण सो क्ष
धरान । धरान उपमहानगरपालिकाभित्र विस्तारै डेंगु संक्रमण फैलिन थालेपछि उपमहानगरको सर्कुलर अनुसार वडामा रहेका स्वाथ्य उपशाखाबाट यसको रोकथामका उपायका विषयमा सचेतना कार्यक्रम शुरु हुन थालेका छन् । विगतका बर्षहरुमा धरानमा डेंगु संक्रमण भयावह बनेको यथार्थलाई महसुस गरी शुरुवाति चरणमा यसको नियन्त्रणका लागि धरान उपमहानगरपालिका वडा नं.१५ ले सचेतना कार्यक्रमसहित सरफाई कार्यक्रम गर्न थालेको हो । ‘गत बर्ष यही समयमा धरानमा डेंगु संक्रमण भयावह बन्यो । त्यसबेला नियन्त्रणका लागि अनेक उपाय गरियो । नियन्त्रणको प्रयास ढिलो भएकोले समस्या आएको थियो, वडाध्यक्ष नरेश इवारमले बताए । उनका अनुसार त्यसबेला धरानस्थि
धरान । मोरङको रतुवामाई नगरपालिका–५ मा रहेको सुनवर्सी उच्च माध्यमिक विधालयले आफनो नाममा रहेको जग्गा बिक्री गरेको खुलासा भएको छ । २०६७ सालमा विद्यालयले आवश्यक पुर्वाधार निमार्ण गर्ने भन्दै विद्यालय व्यवस्थापन समितिमा निर्णय गराएर ३९ घरपरिवारलाई नेपाली कागजमा तमसुक वनाएर विद्यालयले रकम लिदै जग्गा विक्री गरेको पाइएको हो । विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष भगत राम शर्मा र विद्यालयका प्रधानाध्यापक वुद्धि वहादुर अधिकारीले आफुहरुलाई जग्गा विक्री गरेको स्थानिय हरिप्रसाद प्रधानले बताए । विद्यालयका प्रधानाध्यपक तथा विद्यालय व्यवस्थापन समितिले विद्यालयको मातहतमा रहेको १ विघा ७ कठा १४ धुर
धरान । स्वास्थ्य सेवाको सुधारको माग राखी पटक पटक अनसनमा बस्दै आएका डा. गोविन्द केसीले पछिल्लो समय भर्दौ २७ गतेदेखि धनगढीबाट अनसन शुरु ग रेका छन् । १९ पटकसम्म अनसन बस्ने सरकारसँग वार्ता गर्ने तर माग पूरा नहुने नियति भोग्दै आएका डा. केसीले यसपटक पनि सरकारसँग सात बुँदे माग राखी अनसन शुरु गरेका हुन् । अनसन शुरु गरेको ९ दिन वितिसक्दा पनि राज्यले केसीको मागमा गम्भीरता नदेखाएको भन्दै उनको माग र जीवनरक्षाको माग गर्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरुले केसीको मागलाई समर्थन गर्दै असोज २ गते धरानको भानुचौकमा द्विप प्रज्ज्वलन गरेका थिए । प्रतिष्ठानमा भएका अराज
धरान । संविधान, ऐन र नियमावलीहरुमा ज्येष्ठ नागरिकका लागि राम्रा कुरा उल्लेख गरिएकोे भए पनि व्यवहारमा लागू नगरेकोे ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् । विश्व अल्जमाइर दिवसको पूर्व सन्ध्यामा मंगलबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले संविधान, ऐन र नियमावलीहरुमा जेष्ठ नारिकका लागि राम्रा कुराहरु ल्याएको भएपनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो पोखेका हुन् । ज्येष्ठ नागरिक मिलन केन्द्रका उपाध्यक्ष कुमारबहादुर कार्कीले ज्येष्ठ नागरिकका लागि संविधानमा उल्लेख गरिएको स्वास्थ्य सम्बन्धी हक, सुरक्षण र पहुँचको कुरा व्यवहारमा लागू नभएका बताए । उनले भने–&l
विजयपुर/ धरान उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष विवेक राईले सफाइ चालकले मापसे गरेर सवारी साधन चलाएकोले सम्झाएको बताउदै कुटपिट गरेको समाचार भ्रामक भएको बताएका छन् ।वडाध्यक्ष राईले सफाई चालक राजेश थापा मगरमाथि कुटपिट गरेको आरोपका विषयमा धरान १० पुतली लाइनमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको प्रष्टीकरण दिएका हुन् । उनले भने–‘सफाइ चालक थापा मगरमाथि कुटपिट गरेको समाचार आएको छ, वास्तविकता त्यो होइन, मापसे गरेर सवारी साधन चलाएकोले उनलाई सम्झाएको मात्र हुँ ।’ उनका अनुसार सोमबार विहान ७ः३० बजे वडा नं. १० पुतलीलाइन, सैनिक चौकमा उपमहानगरफालिकाको फोहोर बोक्ने गाडी अस्वभाव
धरान । प्रत्येक भाद्र २९ लाई बालदिवस मनाउने गरिएको छ । यस बर्ष पनि नेपालमा बालदिवस भव्यताका साथ मनाइयो । यस बर्ष “बाल मैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ बालदिवस मनाइएको छ । सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकाको लागि यो नारा समय सान्दर्भिक भए पनि ग्रामीण क्षेत्रमा बस्नेहरुका लागि यो नाराले सार्थकता नपाएको भान हुन्छ । सहरी क्षेत्रमा बालदिवस मनाइरहदा पहाडी ग्रामीण क्षेत्रका विद्यार्थीहरुमा अझै पनि समस्या रहेको छ । उनीहरु घण्टौ हिडेर विद्यालय पुग्न बाध्य छन् । विहानभरि काम गरेर हतार हतार विद्यालय जानुपर्ने बाध्यता छ । धनकुटाको महालक्ष्मी नगरप
धरान । राज्यले हरेक क्षेत्रमा फरक क्षमता भएकाहरुहरुको सेवा सुविधालाई प्राथमिकतामा राखेर काम गर्ने नीति बनाए पनि बनाएको नीति व्यवहारमा लागू गर्न सकेको छैन । उनीहरुले अहिले पनि सेवा प्रदायक कार्यालयमा गएर सहज रुपमा सेवा लिन पाएका छ्रैनन् । तर धरान उपमहानगरपालिका वडा नं १४ ले वडासम्म आउन नसक्ने भिन्न क्षमता भएकाहरुलाई घर घरमा पुगेर राष्ट्रिय परिचयपत्रको फर्म भरिदिएको छ । धरान १४ की प्रभा तुम्बाफ्े केही समय अगाडि दुर्घटनामा परिन् । दुर्घटनापछि उनी हिड्डुल गर्न सक्दिनन् । बल्लतल्ल वैसाखीको सहाराले उनी घर बाहिर भित्र गर्न सक्छिन् । राज्यले राष्ट्रिय परिचयपत्र बनाउने नीति नै ल्याइसकेपछि राष्ट्रिय प
धरान । सामुदायिक वन क्षेत्रभित्र जथाभावि फोहोर फालेको विषयमा बाँझगरा सामुदायिक वन उपभोक्ता समितिले दिएको अल्टिमेटम सकिएसँगै नगरपालिका र समितिबीच सोमबार छलफल भएको थियो । फोहोर व्यवस्थापन गर्न बाँझगरा वन समुह र धरान उपमहानगरपालिकाबीच धरानः फोहोर व्यवस्थापनबारे बाँझगरा सामुदायिक वन उपभोक्ता समुह र धरान उपमहानगरपालिकाबीच १० बुँदे निर्णय भएको छ । समूका उपाध्यक्ष कुमार भारतीले सोमबारसम्म दिएको अल्टिमेट सकिए लगतै १० बुँदे नगरपालिकासँग भएको छलफलले १० बुँदे निर्णय गरेको बताए । लामो समयदेखि वन क्षेत्रमा फालिएको फोहोरका विषयमा धरान उपमहानगरपालिकालाई फोहोर नफाल्न र फोरलाई व्यवस्थित गर्न चेतावनी दिँदै आ
धरान । भूमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति इलामले १९ परिवारलाई धनिपुर्जा वितरण गरेको बताएको छ । चुलाचुली गाउँपालिकाका १९ परिवारलाई पुर्जा वितरण गरेको बताएको हो । आयोगले असोजभित्रै दुईसय परिवारलाई पुर्जा वितरण गर्ने तयारी रहेको समेत जनाएको छ । जग्गा सम्बन्धि पहिले बनेका आयोग समितिहरुले अपुरो छाडेको काम पूरा गरेर लालपुर्जा वितरणको चरणमा पुगेको समितिका विज्ञ सदस्य श्याम खड्गीले बताए । ‘२०५२ सालमा बनेको आयोगले जग्गा दिने निर्णय गरेको थियो, तर धनिपुर्जा दिइएको थिइएन’, विज्ञ सदस्य खड्गीले भने,‘भोग चलन सम्बन्धित व्यक्तिको नै थियो, तर काम पुरा नहुँदा स्वामित्व कायम भएको थि