मोरङ/ विराटनगर विमानस्थल बिस्तारका क्रममा लिएको जग्गा मुआब्जाको काम सुस्त बने पछि स्थानीयहरु आक्रोशित बनेका छन् । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवार मर्कामा परेका छन भने २०७७ को चैत महिनामा १४ सय कित्ता जमिन अधिग्रहणका लागि रोक्का गरिएको छ । समयमै बजेट आउने र आफुहरुले मुआब्जा पाउने आशामा बसेका विमानस्थल पिडितहरु सरकारले बजेटको ब्यवस्था नगर्दा र स्थानीय प्रशासनले अधिग्रहणको काम अघि नबढाउँदा आक्रोशित बनेका छन् । विराटनगर बिमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षक
धरान/ धरान उपमहानगरपालिकाकी उपमेयरको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । समितीले चाडपर्व नजिकिदै गर्दा बजार अनुगमनलाई तिब्र पार्छ । गत आइतबार र सोमबार पनि सधै झै चाडपर्वलाई लक्षित गरि धरान उपमहानगरपालिकाले अनुगमन गरेको छ । अनुगमनका क्रममा व्यवसायीहरुकोे व्यवसायीक प्रमाणपत्र हेरिएको थियो भने मासु पसल मापदण्ड अनुसार सञ्चालन छ या छैन भन्ने विषयमा केन्द्रित भएर अनुगमन गरिएको थियो । अनुगमन समितिले धरानका अधिकांश व्यवसायीक फर्महरुमा अनुगमन गर्ने गर्छ । तर जतिपटक अनुगमन गरे पनि गुणस्तरीयतामा भने कहिल्यै सुधार आएको पाइदैन । तर अनुगमनकर्ताले भने विगतको भन्दा सुधार भएको दाबी गर्ने गर्छन् । मासु
धरान/ नेपालीहरुको चाडपर्व धमाधम भित्रिदै छ । जति जति जाडपर्वहरु नजिक आउछ त्यति त्यति कृषि बजारको चहलपल पनि उत्तिकै बढ्ने गरेको छ । अझ दशै तथा तिहार जस्ता चाडपर्व तीन चार महिना अगाडिदेखि नै खसी बोककाको कारण उच्च हुने गरेको छ । तर यस बर्ष भने कारोना महामारीका कारण ंसंक्रमण न्यूनिकरण गर्ने भन्दै कृषि बजार नै बन्द गरेपछि कृषि बजार सुनसान छ भने साप्ताहिक रुपमा लाग्ने पशुहाट समेत सुनसान बनेको छ । धरानस्थित कृषि बजारमा प्रत्येक हप्ता लाग्ने पशुहाट अहिले सुनसान छ । विगतमा चाडपर्व नजिकै निक्कै चहलपहल बढ्ने यो बजार कोराना संक्रमणकै कारण सरकारले समेत बजार लगाउन बन्द गरेपछि बजार नै सुनसानझै देखिएको
रंगेली / मोरङको रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएको पाँच महिना बितिसक्दा समेत मर्मत हुन नसकेको भन्ने बिषयमा धरानबाट प्रकाशित कोशीपत्रमा शुक्रबार समाचार सम्प्रेषण भएपछि शुक्रबार नै नगरपालिकाले ध्यानाकर्षण भएको भन्दै सूचना जारी गरेको छ । यस रंगेली नगरपालिका बाट रंगेली बजार क्षेत्र भित्र सुरक्षाका दृष्टिकोणले जडान गरिएको सि.सि.टि.भि हाल विद्युतिय पोल सिफटिङ्गले गर्दा सेवा अवरोध रहेकोमा नगर पालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कोशीपत्रमा प्रकाशित समाचारमा मोरङको रंगेलीमा सिसी क्यामारा विग्रिएर थन्किदा समेत सम्बन्धित पक्षको ध्यान नजादा सुरक्षामा चुनौति थपिएको भन्दै सम
धरान/ धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारको विषयमा अख्तियारले चासो देखाउदै खातापाता चेक गर्न थालेपछि प्रतिष्ठानका चारै जना पदाधिकारीे हतास मनस्थितिमा रहेका छन् । लामो समयदेखि प्रतिष्ठानकै कर्मचारी, चिकित्सक, विद्यार्थी, शिक्षक, नर्स लगायतले संयुक्त संघर्ष समिति गठन गरेर चारैजना पदाधिकारीले भ्रष्टाचार र अनियमितता गरेर प्रतिष्ठानलाई तहसनहस बनाएको भन्दै राजीनामा माग गरेपछि मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा जा“चबुझ तथा छानविन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा पुन ः अख्तियारले छापा मारेर खातापाता चेक गर्न
रंगेली/ सात महिना देखि बिग्रिएको सिसि क्यामरा मर्मत नहुँदा मोरङको रंगेली नगरपालिकामा सुरक्षामा चुनौती थपिदै गएको छ । भारतीय सिमा नजिकै रहेको रंगेलीमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सिसि क्यामेरा जडान गरिए पनि सात महिना देखि बिग्रीएको छ । अहिले सम्म मर्मत नहुँदा रंगेलीको सुरक्षाको जोखिम पनि बढ्दै गएको छ । नगरपालीकाले नगरभित्र ८० लाख बराबरको लागतमा ९ बटै वडामा सिसि क्यामेरा जडान गर्ने योजना अनुसार ५ स्थानामा क्यामेरा जडान गरेको थियो । ४० स्थानमा क्यामेरा जडान गर्ने योजना अनुसार बजारको कालीमन्दिर, भोटुवावु चोक, रंगेली बसपार्क, डाईनिया जाने बाटोको मोरिया पुल र भन्सार छेउमा ज
इटहरी/ खोलाको जग्गा मिचेर घर बनाएको भन्दै स्थानीयलाइ कार्यकक्षमा थुनेर बिवादमा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीलाइ कांग्रेसका कार्यकर्ताहरुले कार्यालय प्रवेशमै रोक लगाएका छन् । असोभनिय हर्कत सुधार्न नेपाली कांग्रेस इटहरीले सुझाव दिदै बिहीबार उपमहानगर अघि दर्जनौ संख्यामा भेला भएका कांग्रेसका कार्यकर्ताहरूले मेयर बिरूद्ध आन्दोलनको घोषणा समेत गरेका छन् । कांग्रेसका कार्यकर्ताहरुले मेयर चौधरीले सार्वजनिक रुपमा माफि नमागे सम्म कार्यकक्षमा प्रवेश गर्न नदिने अडान लिएका छन् । कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा सार्वजनिक जग्गा खोजि गर्ने भन्दै स्थानीय नागरिकलाइ अनावश्यक दुख दिएको कांग
धरान/ भौगोलिक अवश्थाको परिक्षण नगरी बनाइएको विजयपुरको सेल्फी रोड सामान्य वर्षाले पनि भत्काइदिएको छ । धरान १ रेडक्रस देखि धरान १४ विजयपुर चौकसम्म पुग्ने सडक बुधबार राति आएको सामान्य बर्षाले भत्काएको हो । सडक निर्माणसंगै सेल्फी रोडले परिचितसडक रेडक्रसको घुम्तीदेखि माथिको सडक भत्किएको छ । भौगोलिक अवस्थाको परीक्षण नभई बनेको सडक भएका कारण भत्किएको हुन सक्ने स्थानीयहरु बताउँछन् । पाँच महिना अगाडि निर्माण सम्पन्न भएको सडकको भौगोलिक अवस्थालाई ख्याल नगरी निर्माण गरिएकाले पहिरो गएको धरान १३ का स्थानीय रमेश अधिकारी.बताउँछन् । उनले निर्माणसंगै अनुगमन नहुँदा समस्या आएको उनको भनाई छ । रेडक्रसदेखि आद
मोरङ/ प्रदेश राजधानी घोषणा भएको दुई वर्ष कटि सक्दा पनि प्रदेश नं. १ को नामकरण टुंगो नलाग्नु विडम्बना रहेको भन्दै विपक्षी गठबन्धनले सरकारको आलोचना गरेका छन् । पटक पटक छलफल र बहस भए पनि अहिले सम्म प्रदेश नामाकरण नटुंग्याउनु दुखद रहेको भन्दै प्रदेशका नागरिकहरुले पनि सरकारको कटाक्ष गरिरहेका छन् । मुख्यमन्त्री शेरधन राईले विभिन्न कार्यक्रमहरुमा प्रदेशको नामाकरण चाडै टुंगो लाग्ने बताए पनि संसदमा भने जोडदार रुपमा उठ्न नसकेको उनीहरुको आरोप छ ।०७६ वैशाख २३ मा मुख्यमन्त्री राईको नेतृत्वमा रहेको सरकारले प्रदेशको राजधानी टुङ्गो लगाएको थियो । तर प्रदेश सरकार गठन भएको तीन वर्ष बितिसक्दा पनि प्रदेशको न
इटहरी/ सार्वजनिक जग्गा खोजि अभियानमा लागेको भन्दै दबंग शैली अपनाएका इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरी बुधबार पुनः आलोचित बनेका छन् ।सार्वजनिक जग्गा भन्दै नीजि जग्गामा ब्यवसायीले बनाएको पर्खालमा डोजर लगाएर बिवादमा तानिएका चौधरीले बुधबार खोलाको जमिन मिचेर घर बनाएको भन्दै एक सेवाग्राहीलाइ कार्यकक्षमा थुनेपछि पुनःआलोचित बनेका हुन् । इटहरी ४ आइतबारे स्थित याम प्रसाद ढकाललाइ नगर प्रहरी लगाएर पक्राउ गरि कार्यकक्षमा बोलाएर थुनेका हुन् । ढकालले इटहरीको आइतबारे स्थित नक्सा पास नगरी खोलाको जग्गा मिचेर घर बनाएको भन्दै मेयर चौधरीले कार्यकक्षमा बोलाइ थुनेका थिए । कार्यकाल सकिन केहि महिना ब