गल्ती गर्ने कर्मचारी गाली खाने वडाध्यक्ष (हातपात गरेको भनिएको भिडियो सहित)

  • असोज ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर/ धरान उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष विवेक राईले सफाइ चालकले मापसे गरेर सवारी साधन चलाएकोले सम्झाएको बताउदै कुटपिट गरेको समाचार भ्रामक भएको बताएका छन् ।
वडाध्यक्ष राईले सफाई चालक राजेश थापा मगरमाथि कुटपिट गरेको आरोपका विषयमा धरान १० पुतली लाइनमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको प्रष्टीकरण दिएका हुन् । उनले भने–‘सफाइ चालक थापा मगरमाथि कुटपिट गरेको समाचार आएको छ, वास्तविकता त्यो होइन, मापसे गरेर सवारी साधन चलाएकोले उनलाई सम्झाएको मात्र हुँ ।’

उनका अनुसार सोमबार विहान ७ः३० बजे वडा नं. १० पुतलीलाइन, सैनिक चौकमा उपमहानगरफालिकाको फोहोर बोक्ने गाडी अस्वभाविक रुपमा कुदाएको खबर आएपछि आफू त्यस ठाउँमा पुगेको बताए । उनले भने–‘मैले त्यहाँ पुगेर सफाइ चालक थापालाई सोधपुछ गर्दा उल्टै मलाई धम्क्याए, मलाई मादक पदार्थ सेवन गरेको स्पष्ट भएपछि सवारी साधन तिब्र गतिमा नकुदाउन सम्झाए, शुरुमा त उनले आनाकाना गरे, पछि रक्सी खाएको स्वीकार गरें ।’

उनले हातपात नगरी हातपारे गरे भनेर आएको समाचारप्रति खेद प्रकट गरे । उनले भने–‘उनले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको भिडियो सार्वजनिक सञ्जाल फेसबुकमा समेत आएको छ, मैले धेरै सम्झाएपछि उनले माफी मागेका छन्, कुरै नबुझी एकतर्फी समाचार आउनु राम्रो होइन । उनले वास्तविकता नबुझी एकतर्फी कुरा सुनेर मेयर हर्कराज साम्पाङले धरान १० को फोहोर नउठाउनु भन्ने दिएको अभिव्यक्तिप्रति पनि गम्भीर आपत्ति जनाए । उनले भने–‘नगरपालिकाको सफाइ चालकले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउदा उल्टै कारबाही गर्नुपर्नेमा चालकलाई पश्रय हुने गरी एकतर्फी दिएको मेयरको अभिव्यक्ति ठीक हैन, यसलाई मेयरले सच्याउनुपर्छ ।’

सफाइकर्मी थापाले भने वडाध्यक्ष राईले फोहोर नउठाएको विषयलाई लिएर कुटपिट गरेको भन्दै उपमहानगरपालिकामा उजुरी समेत हालेका थिए । उनले वडाध्यक्षलाई कारबाही नगरेसम्म सरसफाइको काम नगर्ने बताएका थिए ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved