संविधानमा उल्लेख गरिएका ज्येष्ठ नागरिकको अधिकार: ‘कागजमै सीमित’

  • आश्विन ५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । संविधान, ऐन र नियमावलीहरुमा ज्येष्ठ नागरिकका लागि राम्रा कुरा उल्लेख गरिएकोे भए पनि व्यवहारमा लागू नगरेकोे ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् ।

विश्व अल्जमाइर दिवसको पूर्व सन्ध्यामा मंगलबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले संविधान, ऐन र नियमावलीहरुमा जेष्ठ नारिकका लागि राम्रा कुराहरु ल्याएको भएपनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो पोखेका हुन् ।

ज्येष्ठ नागरिक मिलन केन्द्रका उपाध्यक्ष कुमारबहादुर कार्कीले ज्येष्ठ नागरिकका लागि संविधानमा उल्लेख गरिएको स्वास्थ्य सम्बन्धी हक, सुरक्षण र पहुँचको कुरा व्यवहारमा लागू नभएका बताए । उनले भने–‘सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवामा सुविधा गराउने कुरा संविधानमा उल्लेख छ, यस्तै नेपाल सरकारले सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनीले कम्तिमा दुई वटा सीट सुरक्षित राख्ने र पचास प्रतिशत भाडा लिने भन्ने कुरा उल्लेख छ, तर हामी बसमा चढ्यौ भने सिट त हैन उभिएर गन्तव्यसम्म पुग्नुपर्ने हुन्छ ।’

उनले राज्यले मात्र हैन परिवार र समाजबाट समेत ज्येष्ठ नागरिकहरु अपहेलित हुने गरेको बताए । उनले भने–‘ जेष्ठ नागरिकलाई राज्य, समाज र परिवारले काम नलाग्ने भन्ने दृष्टिले हेर्ने गरेको छ, ज्येष्ठ नागरिकले विगतमा दिएको योगदान भुलेर दुव्यर्वहार सहनुपर्ने अवस्था आएको छ ।’

उनले नयाँ पुस्तालाई ज्येष्ठ नागरिकप्रति सम्मान गर्ने भावना जागृत गराउनुपर्ने आवश्यकता रहेको बताए ।

यस्तै केन्द्रकी अध्यक्ष सरला कायस्थले ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकका लागि धेरै काम गरेको बताइन् । उनले स्वास्थ्यको पहुँच ज्येष्ठ नागरिकमा नभएका बताउदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अलग्गै ै ढंगबाट उपचार गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्–‘अशक्त जेष्ठ नागरिकलाई बीपीले मात्र सबैले छुट्टै उपचारको व्यवस्था गर्नुपर्छ, यात्रा गर्दा सहज ढंगबाट यात्रा गर्न पाउनुपर्छ, यो हाम्रो अधिकार हो, यसबाट हामी बञ्चित छौं ।

अल्जमार दिवस प्रत्येक बर्ष सेप्टेम्बर २१ मा मनाउने गरिएको छ । यो रोगको न्यूनिकरण गर्ने उद्देश्यले आयोजना गरिदै आएको दिवसको मुख्य उद्देश्य यसको निराकणका लागि सचेतना फैल्याउने हो ।

मनसिक रोग विभागका प्रमुख प्रा.डा. धनरत्न शाक्यले ज्येष्ठ नागरिकलाई सहज स्वास्थ्यको समस्या भएको स्वीकारे । उनले अन्य रोगजस्तै अल्जाइमर रोग अहिले ज्येष्ठ नागरिका लागि समस्या बन्दै गएको बताए । उनले भने–‘अल्जाइमर रोग लागेकाहरुलाई आफैले राखेका सामानको हेक्का नहुने, आफ्नो परिवार र घर समेत विर्सिने, यदाकदा आफ्नै कपडाको बटम लाउन विर्सिने जस्ता गतिविधि व्यक्तिमा देखिने गर्छ, यो रोगलाई न्यूनिकरण गर्न हरेक ५० बर्ष भन्दा माथिका व्यक्तिले शरीरिक र मानसिक गतिविधिमा अअनिवार्य सहभागी गराउनुपर्ने हुन्छ ।’

हेर्दा सामान्य देखिए पनि अल्जाइमर रोग दिनप्रतिदिन बयाबह बन्दै गएकोले यो रोगबाट सचेत हुन आवश्यक रहेको उनको भनाई थियो ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved