विराटनगर/ कोरोना संक्रमणका कारण यो वर्ष पनि विराटनगरमा श्रीकृष्ण रथयात्रा गरिएन । हरेक वर्ष जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण मन्दिरबाट रथयात्रा निकाल्ने चलन थियो । कोरोना महामारीका कारण मंगलबार विराटनगरमा खटयात्रा निकालिएको छ । विगतमा ठूलो संख्यामा दर्शनार्थी भेला भई रथ तान्ने र पूजाआजा गरिन्थ्यो । रथलाई नगर परिक्रमा गराउन हजारौं भक्तजन सहभागी हुने गर्दथे । तर, विगत वर्ष झैं यो पटक पनि रथयात्रा सम्भव नभएपछि खटयात्रा निकालिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । अध्यक्ष बाबुराजा ओझाले धार्मिक परम्परालाई निरन्तरता दिनकै लागि खटयात्रा निकालिएको बताए । यो पटक तीनपैनी चोकस्थित राधा
उदयपुर/उदयपुरको बेलका नगरपालिका क्षेत्रमा सप्तकोशी नदी अन्तरगत पर्ने नदी उकास जमिनमा कबुलियती वन बनाउने सरकारी निर्णय भूमाफियाहरुले जग्गा कब्जा गर्दै आएका कारण अन्यौलमा परेको छ । सप्तकोशीले धार परिर्वतन गरी पुर्व तर्फबाट बग्न थालेपछि नदी उकास जमिन अन्तरगत निस्किएको करिब आठ हजार हेक्टर जमिनमध्ये अधिकांश जमिन भूमाफियाको अतिक्रमणको चपेटामा परेको छ । जमिन मध्ये नेपाल सरकारको मन्त्री परिषद्ले १ सय ७६ दशमलव २३ हेक्टर जमिनमा कबुलियती वन बनाउन निर्णय गरे पनि जग्गा कब्जा गर्दै आएकाहरुको दवावका कारण सरकारी निर्णय अन्यौलमा परेको हो । गत जेठ ६ गतेको मन्त्री परिषदको वैठकले सप्तकोशी नदीको उकास जमिन मध्ये
इटहरी/ नेपाल सरकारको गृह मन्त्रालयले कोरोनाबाट जोखिम मानिएका जिल्लाहरूमा निषेधाज्ञा जारी गर्दै मानिसहरूलाइ भिडभाड एवम सभा सम्मेलन गर्न निषेधित गरे पनि सुनसरीमा भने प्रहरी प्रशासनकै संरक्षणमा दैनिक जसो सभा सम्मेलन हुदै आएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ । सोमबार पुनः भदौ २२ गते सम्मलाई निषेधाज्ञा घोषणा गरेको छ । तर निषेधाज्ञाको अवज्ञा गर्दै बहालवाला मन्त्रीनै सभा सम्मेलनमा सक्रिय भइरहेको छन् । सरकारका प्रवक्ता एवम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की गत भदौ १० गते देखि आफ्नो निर्वाचन क्षेत्र रहेको सुनसरी क्षेत्र नम्बर ४ भि
बराहक्षेत्र/ पर्यटन प्रवद्र्धन गर्न सप्तकोशीमा पानीबोट संचालनका लागि प्रदेश नं १ सरकारले १३ लाख रुपैयाको लगानीमा बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ९ लाई पानीबोट दिएको थियो । सप्तकोशीमा पानीबोट संचालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य लिए पनि अहिले बोट कोशी नदिमा डुब्दै गएको छ । प्रदेश सरकारको अनुदानको बराहक्षेत्रले दुरुपयोग गरेको छ । बराहक्षेत्रले न त पानीबोटको सदुपयोग गर्न सक्यो, न त कुनै लाभ लिन सकेको छ । कोशी डुब्दै गए पनि स्थानीय सरकारले नदेखे झै गरिरहेको छ । पानीबोट अनुदानमा पाएको २ बर्ष बिति सक्यो तर अहिले सम्म संचालन हुन सकेको छैन् । स्थानीय सरकारले संरक्षण गर्न नसक्द
इटहरी । मोरङको लाटि खोलामा आएको बाढिले फोक्लेन टापु जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । केहि दिन यता परेको अविरल वर्षाका कारण खोलाले धार परिवर्तन गर्दै डिल भत्काउन थालेपछि फोक्लेन टापु जोडने झोलुङ्गे पुल जोखिममा परेको हो । खोलाले मोरङको सुन्दरहरैंचा ५ स्थित पुलको डिल भत्काउन थालिसकेको छ भने जोखिम पनि त्यतिकै बढाएको छ । पुलको बिषयमा थप अध्ययन गर्न सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरे सहितको टोलिले अनुगमन गरेको छ । स्थानीयबाट बहावले पुल तर्फ कटान गर्न थालेको स्थानीयले गुनासो गर्न थाले पछि रोकथामको काम सुरू गरिएको वडाध्यक्ष रामप्रसाद रिजालले जानकारी दिए । प्
विराटनगर । प्रदेश १ सरकारले अनधिकृत रुपमा सवारी साधन खरिद गरेको पाइएको छ । खासगरी बिलासी गाडी खरिद र यसको प्रयोगमा प्रदेश सरकारको मोह उजागर भएको छ । अघिल्लो सरकारले विभिन्न मन्त्रालय र निकायहरुको लागि सवारी साधन खरिद बढाएको पाइएको हो । यस विषयमा महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको छ । प्रदेशसभा सचिवालय, लोकसेवा आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय र मातहतका निकायका लागि भन्दै सरकारले सवारी खरिदमा मात्र रु. ७६ करोड ७४ लाख १ हजार खर्च गरेको छ । प्रदेश सरकार, सार्वजनिक खर्चको मितव्ययिता सम्बन्धी मापदण्ड निर्देशिका २०७५ मा मुख्यमन्त्रीलाई गाड
धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले पदबाट राजिनामा दिएपछि अन्य पदाधिकारी दबाबमा परेका छन् । प्रतिष्ठानका चिकित्सक , कर्मचारी,नागरिक दबाब समूह तथा सरोकारवालाले झण्डै तीन महिना देखि ‘विपी सुद्धिकरण अभियान’ को आन्दोलन चर्काइरहेका छन् । सोही आन्दोलनको दबाबमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाई प्रतिष्ठानको मुद्धालाई फास्ट ट्रयाकबाट हेर्न निर्देशन दिएको छ । सरकारले गठन गरेको कार्यदललेपनि पदाधिकारीलाई पदमुक्त गर्नु पर्ने आशयको प्रतिबेदन बुझाएपछि पदाधिकारीमाथि राजीनामाको दाबाब परेको थियो । स्रोतका अनुसार अख्तियार दुरु
विराटनगर/ विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई राम्रो अस्पतालमा लगिदिने भन्दै बिचौलियाको काम गरेर ठगी गर्ने दश जना पक्राउ परेका छन् । “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन” भन्ने अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि लग्ने बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसरी अस्पताल जान प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न बाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण न
धरान/ पशुमा लाग्ने रोगको निराकरणसंगै पशुपालक कृषकको जीवन स्तर उकास्ने उद्देश्यले स्थापित धरान स्थित पशु सेवा शाखाको स्वरुप परिवर्तन भयो, तर सेवाको प्रकृति भने पुरानै शैलिमा छ । नगरमा भएका पशु कृषकको समस्या समाधानार्थ सञ्चालनमा आएको पशु सेवा शाखा विगतमा संघीय सरकार मार्फत सञ्चालन थियो । तर संघीयता आएसँगै अहिले स्थानीय सरकार मातहत सञ्चालन भइरहेको छ । तर पनि कामको प्रकृति भने पहिला जस्तो थियो अहिले पनि उस्तै नै छ । नेपाल सरकार मातहतको पशु सेवा शाखाले धरान उपमहानगरपालिकाभित्र रहेका पशु कृषकहरुलाई आइ पर्ने समस्याको समाधानका लागि संचालनमा छ । शाखा १५ बर्ष अगाडि संघीय सरकार मार्फत धरान ८ बरगाछ
धरान/ बेपत्ता भएको एक महिना पछि कुहिएको अवश्थामा शव भेटिएका धरान ५ का प्रदीप सुब्बाको मृत्यु प्रकरणमा मुछिएका एक जना पुर्पक्षका लागि थुनामा गएका छन् । गत जेठ ५ गते धरान–४ को बैदाङ खोपमा सडेको अवस्थामा उनको शव भेटिएको थियो । उनको मृत्यु प्रकरणमा इलाका प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । तिन जना मध्ये एक जनालाई सुनसरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । सुब्बाको शव भेटिएको तिन महिना पछि दोषि कारवाहीमा परहेका हुन् । मृतक प्रदीपको परिवारले दिएको उजुरीको आधारमा पक्राउ परेका ५४ वर्षीय जन्तरे भनिने राम बहादुर राईलाई अदालतले सोमबार भएको फैसलाबाट पुर्पक्षका लागि थु