‘आत्मज्ञानले नै शान्ति आउँछ’

  • कार्तिक ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विश्वमा नै अशान्ति फैलिएको बेला आत्मज्ञान प्रचार संघ धरानले धरानका प्रवुद्ध व्यक्तिलाई भेला गराई शान्ति प्राप्तिबारे जानकारी गराएको छ ।
धरान २ रत्न रोडमा रहेको होटल युवेरीमा आयोजित कार्यक्रममा आत्मज्ञानका प्रवद्र्धक प्रेम रावतको प्रवचन प्रोजेक्टरमार्फत देखाइएको थियो ।

उनले दिएको प्रवचन जीवन दर्शनसँग सम्बन्धित रहेको थियो । उनले भनेका थिए–‘मानिस शान्ति खोज्न अरु ठाउँ जान्छ, शान्ति आफैभित्र हुन्छ, खोजिरहनु पर्दैन ।’

सानै उमेरदेखि शान्तिको खोजीमा हिड्दै शान्तिको बारेमा जानकारी दिदै आएका उनले ८ बर्षकै उमेरबाट शान्तिको खोजी गर्दै शान्तिका बारेमा सबैलाई बुझाउदै हिडेका थिए । उनले शान्तिका विषयमा भनेका कुरालाई त्यहाँ उपस्थित सबैले मनन गरेका थिए ।

 

IMG_20221022_140517

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रजिष्ट्रार प्रा.डा. विक्रम श्रेष्ठले शान्तिका लागि राउतले दिनुभएको प्रवचन जीवनमा लागू गर्दा जहिल्यै शान्ति हुने बताए । धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले प्रवद्र्धक राउतले सुन्दर संसारको परिकल्पना शान्तिबाट हुन्छ भन्ने कुरा सन्देशमार्फत रावतले सन्देश दिएको बताए । शान्ति बाहिर छैन, शान्ति आफैभित्र छ भन्ने कुरा सन्देशमार्फत प्राप्त भएको प्रदेश नं. १ का पूर्व प्रदेश प्रमुख डा. गाबिन्द तुम्बाम्फेले बताए । सबैले यस्ता सन्देश सुन्न आवश्यक रहेको बताउदै यस्ता प्रवर्चनमा विश्वमा धमेलिएको शान्ति फर्काउन सहज हुने बताएका छन् ।

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved