माल पाएर चाल नपाउने सम्बन्धित निकाय: जीर्ण बन्दै सामुदायिक भवन

  • आश्विन ३१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ धनकुटाको सदरमुकाममा जुनसुकै कार्यक्रम गर्ने उपयुक्त थलो हो सामुदायिक भवन । यस भवनमा राजनीतिक पार्टीका सभा सम्मेलन, साँस्कृतिक कार्यक्रम, विवाह, पार्टी लगायत खेलकुदका इन्डोर प्रतियोगिता तथा विभिन्न सामाजिक संघ संस्थाको कार्यक्रमहरु यही सामुदायिक भवनमा हुने गर्छन् । तर मर्मत सम्हारमा चासो नदेखाउदा पछिल्लो समय सामुदायिक भवन जीर्ण बन्दै गएको छ । मर्मत गर्न भने कसैले चासो देखाएका छैनन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै छ । निर्वाचनको सम्पूर्ण गतिविधि यही भवनमा हुने गर्छ । उमेद्वारको मनोनयमदेखि मतगणनासम्म यही भवनमा हुने गरेको छ । यो बाहेक राजनीतिक दलका सभा सम्मेलन, साँस्कृतिक कार्यक्रम, विवाहका पाटी, उत्सव, खेलकुदका इन्डोर प्रतियागिता तथा विभिन्न सामाजिक संघ संस्थाको कार्यक्रमहरु समेत हुने यो भवन प्राय ः खाली रहँदैन ।

तर पछिल्लो समय यो भवन जीर्ण बन्दा समेत मर्मत र रंगरोगनमा कसैको ध्यान पुग्न नसकेको कर्मचारी भुपेन्द्रबहादुर कार्की बताउँछन् । उनले भने–‘यस भवनमा धनकुटामा हुने सबै खालको कार्यक्रम हुने गर्छ, मंसिर र माघ महिनामा यो भवनमा विवाह बढी हुन्छ, पार्टीको कार्यक्रम लगायत यही भवनमा हुन्छ, प्रत्येक निर्वाचनमा यो भवन निर्वाचन प्रयोजनका लागि प्रयोग गरिने गरिएको छ, तर यो भवन जीर्ण बन्दै गएको छ, कसैलाई वास्ता छैन ।’

तत्कालीन नगर विकास योजनाले २०३५ सालमा भवन निर्माण गरेको हो । भवनको क्षमता .३ सय जनासम्म अट्न सक्ने रहेको छ । भवनमा स्टोर, चेन्जिङ रुममा बाहिरी कमाउन्टले घेरिएको छ । भवनको भित्ताको प्लस्टर उक्किन, चर्किन थालेको छ, नियमित सरसफाई नहुँदा शौचालय दुर्घन्धित बनेको छ, भवन भित्रको लाइटिङ सिस्टम विग्रन थालेको छ । कार्यक्रम गर्दा इको सिस्टम नआओस भनेर भित्तामा पराल राखिएको छ, संरक्षणको अभावले भित्तामा राखिएको पराल उक्किन थालेको छ भने भु्ईको ढकाल समेत उक्किन थालेको छ । त्यसबेला महंगोमा खरिद गरी राखिएको फर्निचर सबै भत्किएर काम नलाग्ने अवस्थामा पुगेका छन् । २५ बर्ष यतादेखि यो भवनको मर्मत सम्हार हुन सकेको छैन । सामुदायिक भवनका पूर्व कर्मचारी गोविन्द श्रेष्ठले विगतमा राम्रो भएपनि पछि यो भवन जीर्ण बनेको बताए । उनले भने–‘हरेक कार्यक्रममा प्रयोग हुने भवन निर्माणमा सम्बन्धित पक्षले ध्यान सकेकै छैन ।’

धनकुटा नगरपालिकाले नया भवनसँगै जीर्ण भवन मर्मत सम्भार आवश्यक रहेको जनाएको छ । नया भवनको लागि जग्गाको खोजी भइरहेको र पुरानो भवन समेत मर्मत सम्हार गर्न तयारी गरिएको नगरप्रमुख चिन्तन तामाङले बताए । बजेट अभावका कारण मर्मत सम्हार हुन नसकेको उनलृे बताए । उनले भने–‘हामी बजेटको व्यवस्थापन गर्दै र्छौं, चाडै नै यो भवनको मर्मत सम्हारमा जुट्ने छौं ।’ उनले यो सँगै अत्याधुनिक नया भवन निर्माणमा नगरपालिकाले योजना अगाडि बढाएको र यसको लागि उपयुक्त जग्गा खोजीमा नगरपालिका लागेको बताए ।
नगर विकास समितिको स्वामित्वमा रहेको यो भर्खरैमात्र धनकुटा नगरको स्वामित्वमा आएको छ । सामुदायिक भवन प्रयोग गरे वापत प्रतिदिन दुई हजार भाडा दर निर्धारण गरिएको छ । पार्किङ सुविधासहितको सुविधासम्पन्न सामुदायिक भवन मर्मत सम्भारको अभावल जीर्ण हुँदा समेत सम्बन्धित पक्षले ध्यान नदिँदा स्थानीयहरु अचम्मित बनेका छन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved