मेहनत गर्नसके नेपालमा नै बन्न सकिन्छ स्वरोजगार

  • कार्तिक १, २०७९
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर/ स्वदेशमै मेहनत गरे विदेश जानुपर्दै भन्ने उदाहरण पेश गरेका छन् सुनसरी झुक्काका कैलाश बुढाथोकीले ।
कुनै समय गाउँका सबै विदेश गएर पैसा कमाएर आउँदा बुढाथोकीलाई पनि विदेश गएर पैसा कमाउने इच्छा लागेको थियो । तर उनको सपना पूरा हुन नसकेपछि गाउँमै स्वरोजगार भएर रमाएका छन् ।
उनले विदेश जानका लागि राहदानी बनाए, राहदानी पश्चात मेनपावरमा बुझाए, तर उनको विदेश जाने इच्छा मेडिकल गर्ने वित्तिकै ‘ब्रेक’ लाग्यो । सानोमै निमोनिया भएका उनको मेडिकलमा छातीमा दाग देखाइदियो, त्यसपछि उनले विदैेशिक रोजगारीमा जाने सपना छोडिदिए । स्वदेशमै केही गर्ने प्रण गरे । उनी भन्छन्–‘मेडिकलमा फेल भएपछि मैले गाउँघरमै व्यापार शुरु गरे, ०७२ सालमा जस्तो लाग्छ मलाई, मैले सब्जीको व्यापार शुरु गरे, त्यसबाट केही लाभ हुन थालेपछि व्यापारमा मेरो ‘रस’ भिज्यो ।

त्यसपछिका दिनमा उनले व्यापारलाई निरन्तता दिँदै गए । सब्जीको व्यापारबाट फाइदा हुँदा हुँदै उनले फेरि नयाँ व्यवसाय शुरु गरे । बुढाथोकी भन्छन्,–‘म गाउँबाट धरान २० तरहरामा बसाई सरेर आए, मैले त्यसबेला वैकल्पिक व्यापार गर्ने सोच बनाए, जोरजाम गरेको रकम जम्मा तीन लाख थियो, त्यसबाट उखु पल्ने मेशिन किनेर तराहराको पानी पियामा जुस बेच्न थाले ।’ जुस पेलेर बेच्न थालेपछि परिवार पाल्न कुनै समस्या नभएको बुढाथोकी बताउछन् । उनले अहिले परिवारको लालनपालनसँगै तीन सन्तानलाई पनि शिक्षा दिएको बताए । उनले भने–‘मैले उखु पेलेर जुस पेलेर परिवारमात्र पाल्ने काम मात्र गरिन तीन सन्तालाई राम्रै शिक्षा दिक्षा दिन सकेको छु, म सन्तष्ट छु ।’

उनले कमाई गर्न विदेश जानै नपर्ने बताए । मेहनत गरे स्वदेशमै विदेशभन्दा राम्रो कमाई हुने बताए । उनले भने–‘नेपालीहरु विदेश कमाउन जान्छन्, कतिले राम्रो कमाए पनि धेरैजसोले विदेशमा दुःख पाउँछन्, तर विदेशजतिको परिश्रम गरे नेपालमै राम्रो कमाई हुन्छ ।’

उनले युवाहरुलाई विदेश भन्दा स्वदेशमै काम गरेर आत्मनिर्भर बन्न सुझाव दिएका छन् । सानो व्यापारले पनि घरपरिवारसँगै रमाएर मनग्गे कमाउन सकिने उनको तर्क छ । उनी भन्छन्–‘युवाहरु विदेश पलायन हुनु स्वदेशका लागि राम्रो होइन, स्वदेशमै केही गर्नुपर्छ भन्ने मेरो मान्यता हो, स्वास्थ्यको कारण विदेश जान नसकेपछि म धेरैलाई यही कुरा भन्ने गरेको छु ।’

अहिले उनको पसलमा धरानबाट पूर्व पश्चिम जाने सवारी साधनले रोकेर जुस किनेर खाने गरेको उनी सुनाउँछन् । उनी भन्छन्– ‘मेरो व्यापार जँगलको बीचमा छ, लामो दुरीका तथा धरान, इटहरी,विराटनगर,झापा लगायत आवजावत गर्ने बस ,बाइक र स्कुटरका यात्रूहरुलले जुस खाने गरेका छन ।’

उनले एक पटकमा १५ देखि २० विटासम्म उखु खरिद गरेर ल्याउने गरेको बताए । व्यापार फस्टाएकै कारण उखुको मात्र हैन फलफूलको जुस समेत विक्री गर्न थालेका छन् । उनी भन्छन्–‘ मउखु पूर्वको वितामोडबाट आफै ल्याउँछु, एउटा विटामा २० देखि २५ केजी तौल हुन्छ, दैनिक २ हजार ५ सयदेखि ३ हजार ५ सय सम्म आम्दानी गर्छु ।’

तर दुई बर्ष भने उनलाई व्यवसाय गर्न धेरै समस्या भयो । विश्वव्यापी कोरोना समयमा २ लाख ५० हजार भन्दा बढी घाटा भएको बुढाथोकी सुनाउछन् । उनी भन्छन्–‘कोरोनाको समयमा धेरै समस्या भयो, सबैतिर ठप्प हुँदा जुस विक्री नै भएन त्यो बेला धेरै घाटा भयो ।’

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved