महिलाहरुमा स्तन क्यान्सर भयावह: ‘सचेतनाको कमी र लाजका कारण स्वास्थ्योपचार नै गराउदैनन्’

  • कार्तिक ६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । स्तन क्याम्पर महिला विशेष गरेर महिलामा हुने रोग हो । यो रोग लागेपनि धेरै महिलाहरुलाई रोगको विषयमा थाहा नहुँदा धेरै महिलाहरुले ज्यान गुमाउनु परेको छ । तर शुरुमै यसको उपचार गर्न सके रोग निको हुने चिकित्सकरुले सुझाएका छन् ।

सामान्य हेलचेक्र्याईले महिलाहरुमा हुने स्तन क्यान्सर भयावह अवस्थामा पुगको भन्दै सो सम्बन्धी सचेतनात्मक ¥यालीको आयोजनासँगै त्यसबाट ग्रसित महिलाहरुलाई समावेश गरेर सबैको आत्मबल बढाउने गरिएको कार्यक्रममा चिकित्सकहरुले यस्तो बताउका हुन् । 

रोटरी क्लब अफ धरान फुटहिल्सले धरानमा आयोजना गरेको सचेतना कार्यक्रममा रोग लागेर निको भएका विरामीहरुले उपस्थित भएर समयमै उपचार र आत्मविश्विास भए यो रोग निको हुने विश्वास सबैलाई दिलाए । धरान १० की सविना राईले १० बर्ष अगाडि स्तन क्यान्सर भएको अनुभव सुनाउदै अहिले स्वास्थ्यमा चुस्त दुरुस्त भएको सुनाइन् । उनले भनिन्–‘शुरुमा मलाई केही थाहा भएन, दाहिने स्तनमा गाठा देखिएको थियो, पछि प्रतिष्ठानमा चेक गराउन जाँदा स्तन क्यान्सर भएको पाएँ, क्यान्सर भएपनि मलाई गाउँ समाजले धेरै डर त्रास देखाए, तर म आत्मविश्वास लिएर निरन्तर उपचार गराईरहें, अहिले मलाई त्यस्तो छैन, म पूरै ठीक छु ।’

उनले आफ्नो बाबालाई पनि क्यान्सर भएर वित्नु भएको स्मरण गर्दै समाज र छिमेकीले आत्मबल गिराउने खालका कुरा गर्दा केही हदसम्म हतोत्साहित बनाए पनि पछि यसले केही फरक नपरेको बताइन् । उनीमात्र हैन सहभागी अन्य तीन जनाले समेत आफूहरुले यो रोगलाई सामन्य देखे पनि समाज तथा छरछिमेकले मानसिक रुपमा त्रास बढाउने काम गर्ने गरेको बताए । चिकित्सकको व्यवहारले रोग निराकरणमा ठूलो सहयोग पुग्ने बताउदै उनीहरुले उपचारका क्रममा नर्स तथा चिकित्सकले पु¥याएको सहयोगको खुलेरै प्रशंसा गरे ।
प्रतिष्ठानमा स्तन क्यासरको उपचार गराउदै आउनु भएकी स्तनरोग विशेषज्ञ डा. एसोसिएस्ट प्रोफेसर डा.शारदा खड्काले शुरुवाती फेजमै यसको उपचार गर्न सके यो निको हुने बताइन् । उनले समाज, तथा छरछिमेकको कुरा नसुनी चिकित्सकको सल्लाह अनुसार उपचार गर्न पनि सबैलाई सुझाव दिइन् । उनले भनिन–‘स्तन क्यान्सरको पहिलो र दोस्रो स्टेजमै उपचार गराउन पाइयो भने निको हुन्छ, शंका लागेको थाहा पाउने वित्तिकै घरमा नबसी सम्बन्धित चिकित्सकलाई देखाइहाल्नुपर्छ ।’

उनले क्यान्सर भएको थाहा हुँदा हुँदै पनि धेरै महिलाहरु समयमै उपचार नगराउने, हेलचेक्र्याइ गर्ने गरेका कारण पनि धेरै महिलाहरुले ज्यान गुमाउनु परेको बताइन । उनले भनिन्– ‘थाहा भए पनि अस्पताल नजाने, घर परिवारलाई बढी समय दिने, समयमा उपचार नगराउने, उपचार गराउन लाज मान्ने गर्दा योगबाट महिलाहरुलाई गम्भीर अवस्थामा पुग्ने गर्छन । यस्तो काम राम्रो होइन शंका लाग्ने वित्तिकै उपचार गराइहाल्नुपर्छ ।’ उनले खानपान, शारीरिक व्यामलाई जोड दिन सके स्तन क्यान्समात्र हैन सबै खालका क्यान्सरहरु नलाग्ने बताइन् ।

यस्तै सचेतना कार्यक्रममा क्यान्सर कसरी थाहा पाउने भन्ने विषयमा र यसको उपचारको विधिका विषयमा प्रतिष्ठानकी डिपार्टमेन्ट अफ प्याथोलोजीकी चिकित्सक डा. अञ्जु प्रधानले जानकारी दिएकी थिइन् । नेपालमा बर्षेनी २६ हजार क्याम्सरकाविरामी थपिने गरेको तथ्यांक छ । डा. खड्काका अनुसार प्रतिष्ठानमा उपचारमा आएका १ सय विरामीमध्ये सरदर ६ जनामा क्यान्सर देखिएको छ । स्तन क्यान्सर सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा बढी पाइएको छ । सचेतनाका कमी आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरुमा उपचारको पहुँच नपुगेको चिकित्सकहरु बताउछन् । डा.खड्का भन्छिन्–‘आर्थिक अभावकै कारण पनि धेरै महिलाहरु उपचारमा आउँदैनन्, राज्यले १ लाख रुपैया प्रदान गरेको छ, त्यो पर्याप्त छैन, सबै महिलाहरुलाई स्वास्थ्यको पहुँच बढाउन राज्यले बढी भन्दा बढी सहयोग गर्नुपर्छ ।’

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved