समाज

    Showing ५,५७१-५,५८० of ७,१४८ items.
  • औलियाबाबाको १३ औं वार्षिक साधारण सभा

    चतरा / बराहक्षेत्रस्थित औलिया बाबा बचत तथा ऋृण सहकारी संस्थाले चालू आर्थिक वर्षमा २ करोड ७२ लाख ३३ हजार १ सय ४६ रुपैयाँ ३३ पैसा कारोबार गरेको छ ।सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभामा लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिका संयोजक शान्तिराम खतिवडाले ४४ लाख ९ हजार ५ सय २ रुपैयाँको आय विवरण प्रस्तुत गरे ।सहकारीले चालू आर्थिक वर्षमा १७ लाख ६२ हजार ५ सय रुपैयाँ शेयर पुँजी वृद्धि गर्दै ७५ लाख १ सय रुपैयाँ पुर्याएको छ । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रमेशकुमार विष्टले चालू आवसम्म आइपुग्दा सहकारीले ४ करोड ६ लाख ८ सय ४९ रुपैयाँ ७८ पैसा निक्षेप सङ्कलन गरेको बताए ।चालू आ

    • प्रकाशित मितिः पुस ११, २०७९
    • ६६३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सातौँ वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर

    विराटनगर / विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले आफ्नो सातौ बार्षिको अवसर पारेर आइतबार रक्तदानसँगै निःशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी शिविरको आयोजना गरेको छ ।अस्पतालको प्रांगरणमा भएको रक्तदान कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको स्पार्क हस्पिटलका बजार व्यवस्थापक सञ्जिव कोइरालाले बताए । उनका अनुसार रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस्, संकलन भएको रगतले विरामीलाई राहत पुगोस् भन्ने उद्देश्यले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै बार्षिकोत्सवको अवसर पारेर हस्पिटलले हाजोर्नी तथा नशासम्बन्धी निःशुल्क परीक्षण गरेको छ । विशेषज्ञ चिकित्सकद

    • प्रकाशित मितिः पुस ११, २०७९
    • ७०९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिब तथा असहायलाई सहयोग

    धरान  / धरान उपमहानगरपालिका वडा नं. ३ ले आफ्ना वडामा रहेका गरिब, असहाय तथा सुत्केरी महिलालाई लक्षित गरी सहयोग प्रदान गरेको छ ।वडाले गरिब तथा असहायलाई जाडोको समयमा ओढ्नका लागि कमल वितरण गरेको छ भने सुत्केरी महिलाहरुलाई ५ हजार बराबरको खाद्यन्न वितरण गरेको हो । वडाले निर्णय नै गरेर वडामा रहेका ३० जना गरिब तथा असायहरुलाई कम्बल वितरण गरेको हो । जाडोको समयमा उनीहरुलाई सहज होस तथा सुत्केरी महिलालाई लक्षित गरी उनीहरुको सहजताको लागि सहयोग गरिएको धरान वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्ले बताए । समाग्री वितरणका लागि वडाले संयोजक नै तोकेको छ । वडाकी दलित सदस्य शोभा विश्वकर्मालाई वितरणको संयोजक तोकि

    • प्रकाशित मितिः पुस ११, २०७९
    • ६२५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कर्मचारी कल्याण समाजको अध्यक्षमा राईले उमेद्वारी दिने

    धरान / धरानस्थित बीपी कोइरालाको कर्मचारी कल्याण समाजको आगामी हुने निर्वाचनमा अध्यक्षमा प्रतिष्ठानका कर्मचारी महेश्वर राईले उमेद्वारी दिने भएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर समाजको अध्यक्षमा उमेद्वारी दिने बताएका हुन् । प्रतिष्ठानको प्रशासन शाखाका कार्यरत राईले आफू अध्यक्षमा निर्वाचित भए कर्मचारीहरुलाई एकताबद्ध बनाएर अघि बढ्ने बताए । उनले विगतमा प्रतिष्ठानका निकायहरुले पूर्णता नपाउँदा प्रतिष्ठानका काम बारबाहीमा समस्या भएको बताउदै अहिले त्यस्तो अवस्था नभएको बताए । उनले भने–‘अहिले सिनेटका सबै पदाधिकारीले पूर्ण पाएको छ, कासका मेम्बर पनि कम्प्लिट भइसकेका छन्, पदाधिकारी पन

    • प्रकाशित मितिः पुस ११, २०७९
    • ६७३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुझाव दिएर सरकारको दायित्व पूरा हुँदैन

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ । केही समययता बढेको चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट जोगिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ । सम्भावित जोखिमबाट जोगिन आप्mना नागरिकहरूलाई पहिले नै सचेत गराउनु स्वाभाविक छ । यस अर्थमा सरकारको यो आग्रहलाई सकारात्मकरूपमा लिन सकिन्छ तर के सर्वसाधारणलाई चिसोको जोखिमबाट जोगिन आग्रह गर्दैमा सरकारको दायित्व समाप्त हुन्छ ? यो महत्वपूर्ण प्रश्न हो ।  पक्कै पनि नागरिकलाई चिसोबाट जोगिन सतर्क गराएर मात्र सरकारको दायित्व पूरा हुँदैन । चिसोबाट जोगिन शरीरका सबै भाग ढाक्ने गरी बा

    • प्रकाशित मितिः पुस ११, २०७९
    • ५८६ पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • बार्गेनिङ गर्ने शान्ता विरुद्ध प्रहरीमा उजुरी

    विजयपुर / महिला सञ्जालको नाम लिएर विभिन्न घटनामा पैसाको बर्गेनिङ गर्ने गरेको कुरा बाहिर आएपछि महिला सञ्जाल धरानले  शुक्रबार पत्रकार सम्मेलन गरी त्यस्ता कुनै घटनामा आफुहरुको संलग्नता नरहेको स्पस्ट पारेको छ । धरान १४ की शान्ता खड्काले मुद्दा मिलाइदिने भन्दै पिडित पक्षसँग पैसाको बार्गेनिङ गरेको घटना सार्वजनिक भएपछि महिला सञ्जाल धरानले खड्का सञ्जालमा आबद्ध नरहेको पनि स्पस्ट पारेको छ । पत्रकार सम्मेलन पश्चात महिला सञ्जालले बार्गोनिङको विषयमा प्रहरीमा निवेदन दिएको छन् । महिला सञ्जाल धरानले शुक्रबार इलाका प्रहरी कार्यालय धरानमा खड्का विरुद्ध निवेदन दिएको हुन् । धरान १७ मा मृत्यु

    • प्रकाशित मितिः पुस १०, २०७९
    • ८२२ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • फोहोरमैला व्यवस्थापन प्रणाली घर

    धरान \  नेपाल पर्यटन वोर्ड र साँगुरीगढी गाउँपालिका धनकुटाको संयुक्त लागत साझेदारिमा साँगुरीगढीका विभिन्न ६ वटा पर्यटकीय स्थानमा फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको जीविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) अन्र्तगत साँगुरीगढी गाउँपालिकासँगको लागत साझेदारिमा उक्त पर्यटकीय स्थानहरुमा फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । फोहोरमैला व्यवस्थापन प्रणाली घर निर्माण भएसँगै ती क्षेत्रमा हुने फोहोरहरुलाई व्यवस

    • प्रकाशित मितिः पुस १०, २०७९
    • १,१९४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड सङ्क्रमणप्रति बेलैमा सजग बनौँ

    छिमेकी देशहरूमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएकोले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । इसाई धर्मावलम्बीहरूको महत्वपूर्ण चाड क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षमा भीडभाड हुनसक्ने भन्दै त्यस अवधिमा सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको समाचार प्रकाशमा आएको छ ।  हुन पनि चीनमा कोभिडको सङ्क्रमण पुनः विस्फोटक रूपमा बढेको र त्यसलाई व्यवस्थापन गर्न चीनलाई ठूलो सकस परिरहेको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रसारण गर्न थालेका छन् । चीनमा कोभिडको सङ्क्रमण दरसँगै मृत्युदर पनि अत्यधिक बढिरहेको

    • प्रकाशित मितिः पुस १०, २०७९
    • ५७९ पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • सडकको पोलमा बति जठान वडा बासि खुशीले दङ्ग

    माेरङ /मोरङ को सुनवर्सि नगरपालिका ५ स्थित टुकुवामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आए पछि अहिले निर्वाचित वडा अध्यक्षको काम देखेर खुशीले दङ्ग भएका छन । बिगत ५ बर्ष अगाडिका वडा अध्यक्ष राजेन्द्र प्रसाद दासले आफ्नो वडा भित्रको केही स्थानमा उनले आफ्नो पाटिका कार्यकर्ताहरुको घर अगाडि मात्रै सडक बत्ती लगाएका थिए । तर अहिले नेकपा मओवादीबाट बिजय भएर आएका युगेश्वर प्रसाद ठकुरले छोटो समयमा आफ्नो वडा भित्र रहेका सडका विजुलि पोलमा ३ सय भन्दा बढि बत्ती  लगाएर आफ्नो वडाका जन्ता लाई उज्यालो सडकमा हिड्ने बनाएका छन । अहिले सडकमा बत्ती झलमल भए पछि रातको समयमा पनि निर्धकका साथ स्थानियहरु हिड्न पाएकोमा आफूह

    • प्रकाशित मितिः पुस ९, २०७९
    • ८३५ पटक पढिएको
    • " रबिन्द्र बराल"
  • चर्को ब्याजदरका विरुद्ध व्यवसायी धर्नामा

    मोरङ \ निर्वाचनका कारण केही दिन आन्दोलन रोकिएको आन्दोलन व्यवसायीहरुले पुनः थालेका छन् । विगतदेखि नै राष्ट्र बैंकले लिएको चर्को व्याजदरका विरुद्ध आन्दोलनम उत्रिएिका उनीहरुले निर्वाचनका समयमा केही समय रोकेका थिए । पुन ः विहीबारबाट उनीहरुले आन्दोलनलाई निरन्तता दिएका हुन् । विहीबारबाट शुरु गरिएको आन्दोलन अन्गर्तत पहिलो दिन व्यवसायी तथा उद्योगीहरुले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएका छन् । उनीहरु संंयुक्त रुपमा आन्दालित बनेका हुन् । विहीबार भएको धर्ना कार्यक्रममा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जन बढी

    • प्रकाशित मितिः पुस ९, २०७९
    • ७५३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved