धरान/ रोट्रयाक्ट क्लब अफ धरान घोपाले शनिबार सडक बालबालिका र विपन्न क्षेत्रका बासिन्दाहरूलाई चिसोबाट बच्न “सेयर द वार्मथ” परियोजना अन्तर्गत जाडोको लुगा संकलन गरी वितरण गरेका छ । कार्यक्रमको सुरुवात “फरक रूपमा सक्षम घर” छाताचोकबाट भएको थियो । करिब ३० जना (पुरुष र महिला) लाई एक जोडी पोशाक, स्वेटर, ज्याकेट तथा अन्य लुगा प्रदान गरिएको थियो । पछि प्रयोग गर्न सकिने थरि थप कपडाहरु “फरक रूपमा सक्षम घर”लाई प्रदान गरिएको थियो । लुगाहरू वि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरू, विभिन्न संकायहरू र रोटेरियनहरूबाट सङ्कलन गरिएको थियो ।
इलाम/ बालबालिका र बयस्कहरुको मनोरञ्जनको लागि इलाम नगरपालिकाले साढे चार करोडको लगानीमा फनपार्क÷चिल्ड्रेन पार्क निर्माण गरेको छ । चार करोड ५७ लाख ४१ नौ सय ७७ रुपैयाँको लागानीमा फनपार्कको निर्माण पुरा भएको छ । नगर विकास कोषको तीन करोड ३५ लाख ३० हजार ऋण र इलाम नगरपालिकाको एक करोड २२ लाख फनपार्क निर्माणमा लगानी गरिएको छ । नगर विकास कोषले दुई वर्ष सुहलियत सहित २० वर्षमा साँवा ब्याज भुक्तानी गरिसक्नुपर्ने गरी ऋण उपलब्ध गराएको हो । इलाम नगरपालिकाले नगर विकास कोषलाई पहिलो किस्ता बापत २४ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । नगरपालिकाले ३६ किस्तामा कोषको सावा ब्याज भुक्तानी गरिसक्ने ल
धरान/ उपचार सेवा समेत लथालिङ्ग बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षा पनि चुनौतीपुर्ण बन्दै गएको छ । उपचारमा चिकित्सकले लापार्बाही गरेकै कारण विरामीहरुले समय समयमा आन्दोलन समेत गर्ने गरेका छन् । पछिल्लो समय उपचारमा मात्र हैन प्रतिष्ठानको सुरक्षामा समेत चुनौती थपिदै गएको छ । सुरक्षा संयन्त्र कमजोर भएकै कारण प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी तथा कुरुवाका वार्डबाटै मोवाइल हराउने, पैसा हराउने तथा सामान ल्याएको झोला समेत गायव हुने मात्र हैन पार्किङमा राखेका मोटरसाइकल, स्कुटी समेत चोरी हुने क्रम रोकिएको छैन । केही दिन अघि प्रतिष्ठानको तल्लो विल्डिङ वार्डमा विर
मोरङ । मोरङ बिराटनगर महानगरपालिका १३ नहर स्थितबाट लागुऔषध सहित २ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उप(महानगर पालिका १५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् । हिजो बेलुकी ५ बजे CRV जतुवाबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
रंगेली/ मोरङको सुनवर्सी नगरपालिका र धनपालथान गाउँ पालिका लाई लुथरन समुदायिक कल्याण समाज द्वारा मेडिकल तथा सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । लुथरन विश्व फेडेरेसनको आर्थिक सहयोग तथा एल.सी. डब्लू एसको सहयोगमा सुनवर्षी नगरपालिकाको अमरदहमा र धनपालथान गाउँपालीकामा लैङगीक तथा वालमैत्री हेन्डस स्टेशन तथा केन्ट वाटर प्युरिफाइर, सर्जिकल ग्लोब्स, पल्स अक्सिमिटर, सेनिटाइजर, एम एल.थर्मल, हयाण्ड सेनिटाइजेसन मेसिन, सैनिटाइजेसन फगिंग मेसिन, सर्जिकल मास्क, के एन मास्क, साबन, झ्याण्ड बास, याण्ड बास, पीपीइ सेट गरि ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यति धरासायी छ भन्ने बीपीमा गएर त्यहाका वार्डहरुमा रहेका सामग्रीलाई हेर्दा पर्याप्त हुन्छ ।एकातिर विरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन्, अर्को तिर प्रतिष्ठानको भौतिक संरचनाहरु दिनप्रतिदिन धरासायी हुँदा समेत कसैलाई चासो छैन । प्रतिष्ठानमा सञ्चालित मेडिकल वार्ड, सर्जिकल वार्ड, हाडजोर्नी विभाग, आखा विभाग, नाक कान घाटी विभाग लगाएतका वार्डहरुमा राखेका सामाग्रीहरु जीर्ण बन्दै गएका छन् । वार्डहरुमा विरामीलाई सहजताका लागि प्रयोग गरिने उपकरणका लागि जोडिएका विजुलीका प्लगहरु समेत अधिकांश विग्रएर दुलो परेको अवस्थामा छन् । विरामीलाई चेकजाँचका ल
धरान/ लागूऔषध सहित धरानबाट ३ जना पक्राउ सुनसरी । सुनसरी धरान उपमहानगरपालिका १५ निराजनवस्तीबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका २४ बर्षीय दिपेश राई, विशाल राई र २६ बर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् । शुक्रबार (हिजो) राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नाइट्रोजन ७० ट्याव्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल, एभिल ११ एम्पुल र नगद रु ३६ हजार ५सय सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।
विराटनगर । विराटनगरको गोल्डेन अस्पतालमा उपचार गरेबापतको रु. २१ हजार तिर्न नसक्दा एक जना बिरामीले अस्पताल परिसरमै आत्महत्या गरेका छन् । उनले अस्पतालको तीन तल्लामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन । मोरङको धनपालथान गाउँपालिका– १ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले उपचार गरेको खर्च तिर्न नसकेपछि आत्महत्याको बाटो रोजेका हुन । मृतकका पाँच वर्षीय छोरा,चार वर्षिय छोरी र श्रीमती छन् । पैसा नतिरेकै कारण अस्पतालले मण्डलाई बन्धक बनाएर रोको थियो । घर जान नपाएको र रकमको समेत अभाव भएका मण्डल एक्कासि अस्पतालको तीन तल्लामाथिबाट शुक्रबार हाम फालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको टाउको र शरीर
मोरङ। मोरङ बिराटनगर महानगपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउपालिका १ का ३० बर्षीय सुजित पौडेल रहेका छन् । शुक्रबार (आज) पौने २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध लुपिजेसिक ८ एम्पुल ,डाईजाल्याब ८ एम्पुल , एभिल ८ एम्पुल, फेनारगन ८ एम्पुल र DIALEX-DC १ बोतल पक्राउ गरेको हो । पक्राउ परेका पौडेलको ईलाका प्रहरी कार्यलय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
विराटनगर/ लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले जोड दिएका छन् । उनले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए । सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबार विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुरुवात गर्दै मन्त्री यादवले सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाई हुने भएकाले आ–आफ्नो तहमा सवै निकायले अभियान सञ्चालन गर्नुपर्ने बताए । “घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ अभियान शुरुवात गर