पुसको अन्तिम सातादेखि गोधुली रनिङ कप

  • पुष १२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /मोफसलकै सबैभन्दा पुरानो र धरानको फुटबल प्रतियोगितामा महत्वपूर्ण भूमिका खेल्दै आएको अन्तर वडास्तरीय गोधुली रनिङ कपको २३ औं संस्कार पौषको अन्तिम सातादेखि हुने भएको छ ।
आयोजक गाधुली क्लबले दिएको जानकारी अनुसार गोधुलीकोे २३ औं सँस्करण यही पुष ३० गतेदेखि हुने भएको हो ।

आयोजक क्लबका उपाध्यक्ष सतिष केसीका अनुसार प्रतियोगिता पुष ३० देखि माघ १४ गतेसम्म सम्पन्न हुने भएको छ । धरान १६ रंगशालामा हुन लागेको प्रतियोगिताका लागि २० वटै वडा कार्यालयहरुलाई पत्रचार गरिसकेको बताए । उनले भने–‘हामीले प्रतियो्गिता गर्ने निर्णय गरेसँगै वडा कार्यालयहरुलाई पत्राचार गरिसकेका छौं ।’

उनका अनुसार गत बर्षको सँस्करणमा वडा नं ७ बाहेकका १९ वटा टिमले सहभागिता जनाएको बताए । तर यस पटक भने २० वटै वडाले सहभागिता जनाउने बढी सम्भावना भएको उपाध्यक्ष केसीले जानकारी दिए । उनले भने–‘गतब र्ष ७ नं वडा बाहेक १९ वडाले गोधुली रनिङ कपमा सहभागिता जनाएका थिए, त्यसबेला वडा नं १६ विजेता भएको थियो भने वडा नं १३ उपविजेता भएको थियो ।’ उनका अनुसार प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले नगद ७५ हजार नगदसहित ट्रफी पाउनेछन् ।

यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले १५ हजार, सर्वाधिक गोलकर्ताले नगद ७ हजार ५ सयसहित ट्रफी पाउने भएका छन् । अन्यमा वेष्ट डिफेन्स, वेष्ट स्ट्राइकर, वेष्ट गोलकिपर, वेष्ट मिडफिल्ड, वेष्टकोचले पनि जनही नगद ५ हजार ५ सय पाउने उपाध्यक्ष केसीले जानकारी दिए ।

कार्यपालिकाका सदस्य एवम नगर खेलकुद विकास समितिका संयोजक सुवास राईको को स्मृतिमा आयो्जना गरिदै आएको सुवास राई सुपर गत बर्ष गोधुली कपका क्वार्टरफाइनल पुग्न सफल ८ टिमलाई समावेश गरेर उपमहानगरपालिकाले सुपर ८ प्रतियोगिता पनि आयोजना गरेको थियो । यस पटक पनि बजेट विनियोजन गरिएको उपाध्यक्ष राईले जानकारी दिए ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved