लालीगुराँसले अर्गानिक खेती प्रणालीलाई अँगाल्यो "पहिलो चरणमा तीन वडामा काम सुरु"

  • पुस १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / रसायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेको बेला तेह्रथुमको लालीगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल शुरु गरिएको छ । रसायनयुक्त खानेकुराको प्रयोगले मानव स्वास्थ्यलाई असर गर्ने भन्दै नगरपालिकालाई अर्गानिक कृषि उत्पादन क्षेत्र बनाउन अभियान थालिएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज नेपाल तेह्रथुमले लालीगुरास नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउने अभियान शुरु गरेका छन् । नगरपालिकाले सहभागितामूलक प्रांगरिक गुणस्तर निर्धारण प्रणाली प्रवद्र्धन कार्यविधि नै बनाएर काम गरिरहेको लालीगुराँस पालिकाका सामाजिक विकास अधिकृत रामकृष्ण निरौलाले बताए ।

उनले भने–‘कृषकहरुले बढी रसायनिक मल प्रयोगसँगै किटनास औषधि बढी प्रयोग गर्ने गरेको कारणले यसका कारणले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पारेको छ, यसलाई रोक्नका लागि हामीले तीनवटा बस्ती लालीगुरास नगरपालकाको वडा नं १ को डोपकिले क्षेत्र, वडा नं.७ को च्याक्चे क्षेत्र र वडा नं. ९ को काँडे क्षेत्रलाई नमूनाको रुपमा लाली गुराँस नगरपालिका प्रांगरिक कृषि अगाडि बढाउनुपर्छ भनेर कार्यक्रम अगाडि बढाइएको हो ।’

नगरपालिकास्थित वडा नं. १ को डोपकिले, वडा नं. ७ को च्याक्चे र तीनजुरे बस्ती वडा नं. को ओखरबोटे बस्तीमा यो कार्यक्रम लागू भएर विभिन्न कार्यक्रमहरु सञ्चालनमा छन् । लाली गुरास नगरपालिकाले अर्गानिक सम्बन्धी कार्यविधि निर्माण गरिसकेकाले यसलाई सहज गराउन दलित सचेत नेपाल तेह्रथुमले सहजीकरण गरिरहेको कार्यक्रम निर्देशक कुमार विसंखेले बताए ।

उनले भने–‘रसायनिक मल र विषदीको प्रयोगले माटोको अम्लियपना र माटोको उर्वरा शक्ति ह्रास हुँदै गइरहेको छ, रसायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरा शक्ति कमजोर हुँदै गइरहेको छ भने अर्कोतर्फ मानव स्वास्थ्य पनि दिनानुदिन बिग्रदै गएको छ ।’

उनले प्रयो्ग गरिरहेका रसायनिक विषादीलाई कम गर्दै अर्गानिकतर्फ जानुपर्छ भन्ने अभिप्रायले नै अगाडि बढेको विसंखेले जानकारी दिए । नगरपालिकाका कृषकहरुले स्थानीय स्तरमा उपलब्ध प्रांगरिक मल, गाइभैसीको मुत्र र जैविक विषादीको प्रयोगबाट रोगकिरा पहिचान तथा व्यवस्थापन गर्दै आएका छन् ।

उनीहरुले तीतेपाती, असुरो, खरानी, गाइभैसीको मुत्रको प्रयोग गरेबाट खेतीबालीमा लाग्ने रोग किरा नियन्त्रण गरी स्वच्छ उत्पादन बढाउने काम गरिरहेका छन् । रसायनिक मल र विषादीका लागि लाग्ने लगानी र स्वास्थ्यमा पर्ने असर न्यूनिकरणका लागि प्रांगरिक खेतिमा जोड दिन थालिएको स्थानीय बासिन्दा टंकमाया खड्का बताउँछिन् ।

उनले भनिन्–‘पाँच बर्ष भयो खेति गर्दा विषादी लाउन छोडेको, पहिला पहिला लाउँदा टाउको दुख्ने, रिंगटा लाग्ने, हातखुट्टा सुनिने भएपनि लाउन छोडेका हौं ।’ परम्परागत ज्ञान तथा सीपलाई सापेक्ष रुपमा प्रयोग गरी प्रांगरिक कृषि प्रणालीलाई अंगीकार गर्दा प्रति इर्का भूमिबाट अधिक उत्पादन हुनुका साथै सो क्षेत्रको पर्यावरण तथा वातावरण सन्तुलन राख्न सहयोग पुग्ने लालीगुरास नगरापालिकाका मेयर अर्जुनबाबु माबुहाङले बताए ।

प्रांगरिक खेति प्रणालीको महत्व र फाइदा पुगिसकेका लालीगुरास नगरापालिकाका कृषकहरुले् आलु, बन्दा, साग, मोटरकोसा र अन्य उत्पादनमा यो प्रविधि प्रयो्ग गर्न थालिसकेको मेयर माबुहाङले बताए ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved