विपन्नलाई प्राविधिक शिक्षा पढाउँदै इलाम नगरपालिका

  • पुस १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम / प्राविधिक शिक्षा प्रदान गरेर स्वरोजगार बनाउने उद्देश्यले इलाममा बिपन्न परिवारका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा दिन थालिएको छ । इलाम नगरपालिकाले नगरका विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क पढाउन शुरु गरेको हो । ग्रामीण क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ प्राविधिक शिक्षा अध्ययनमा सहयोग गरेको नगर प्रमुख केदार थापाले बताए ।

उनले भने–‘प्राविधिक शिक्षाले विद्यार्थीहरु स्वरोजगार बन्न सकून भन्ने हाम्रो अभिप्राय हो, सोही अनुरुप हामीले प्राविधिक शिक्षा सञ्चालन गरेका हौं ।’इलाम नगरपालिकाले नगर क्षेत्रका २४ जना विद्यार्थीलाई अध्ययन गराउने योजना भएपनि पहिलो चरणमा १४ विद्यार्थी छनोट गरिएको जनाएको छ ।

निःशुल्क अध्ययन गर्न आवश्यक शुल्क नगरपालिकाले सिधै प्राविधिक शिक्षालयमा भुक्तानी गर्ने प्रमुख प्रशासकिय अधिकृत गणेशकुमार खड्काले बताए । उनले भने–‘प्राविधिश शिक्षामा लाग्ने आवश्यक शुल्क विद्यार्थीहरुलाई नलिई नगरपालिकाले प्राविधिक शिक्षालयलाई सिधै भुक्तानी गर्नेछ, विद्यार्थीहरुलाई कुनै भार नै पर्दैन ।’

निःशुल्क अध्ययन गर्न छनोट भएकामध्ये सिभिल इञ्जिनियरमा ४ जना, वन विज्ञानमा ३ जना, पशु विज्ञान १, फार्मेसीमा ४ जना र बालिविज्ञामा २ जना रहेका छन् । विद्यार्थीले नगरपालिकाको लगानीलाई सदुपयोग गर्नुपर्ने नगर उप–प्रमुख विष्णु दाहालले बताइन् । उनले भने–‘नगरपालिकाले विपन्न विद्यार्थीहरुलाई स्वरोजगार बनाउन लगानी गरेको छ, यो लगानीको प्रतिफल विद्यार्थीले लिनेमा हामी विश्वस्त छौं ।’ प्राविधिक शिक्षा निःशुल्क अध्ययनको काम इलामको साखेजुङस्थित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयमा हुँदै आएको बताइएको छ ।

नगरपालिकाले प्राविधिक विषय अध्ययन गर्ने १४ विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था पछि उनीहरूले कम्तीमा १ वर्ष नगरपालिकामा सेवा गर्नुपर्नेछ । विद्यार्थीलाई नगरले इलाम नगरपालिका १ मा रहेको रत्नकुमार बहुप्राविधिक शिक्षालयमा छात्रावृत्तिको व्यवस्था गरी यो सुविधा दिएको हो । नगरका १२ वटा वडाबाट दुई जनाका दरले २४ जना विद्यार्थीको कोटा रहे पनि १४ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । विद्यार्थीलाई निःशुल्क अध्ययनका लागि नगरले यो वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन नगरप्रमुख थापाले जानकारी दिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved