महानगरको अनुगमन १७ रुपैयाँको पानी ५० रुपैयाँमा बिक्री

  • पुस १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको पाइएको छ ।
विराटनगर महानगरपालिकाको अनुगमन टोलीले अनुगमन गर्दा १७ रुपैयाँमा खरिद गरेको पिउने पानी ५० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको हो । महानगरका आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ग्राहकपिच्छे मूल्य फरक लिने गरेको समेत भेटिएको छ ।

मदिरामा पनि ९० प्रतिशत नाफा लिएर बिक्री गर्ने गरेको भेटिएको महाशाखा प्रमुख पौडेलले जानकारी दिए ।
अनुगमनका क्रममा भान्सामा फोहोर भेटिएको, पुरानो तेल प्रयोग गरिएको, कुकले सरसफाइ नगरी खाना तयारी गर्ने लगायतका कमजोरी फेला पारिएको उनले बताए ।

अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ड) बमोजिम कसुर देखिएका कारण सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ङ) अनुसार तत्काल २० हजार जरिवाना गरेको छ । उपभोक्ताबाट एयरपोर्ट रोडमा सञ्चालित रेष्टुरेन्ट र होटलहरुले अत्यधिक मूल्य लिने गरेको गुनासो आएपछि अनुगमन गरिएको पौडेलले प्रस्ट्याए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved