समाज

    Showing 5,531-5,540 of 6,725 items.
  • स्थानीय सरकार खेलकुद गतिविधिमा सक्रिय

    धरान/ धरानलाई फुटबल खेलमा मिनी ब्राजिलको रुपमा चिनिने गरिन्छ । विभिन्न खेलहरुमा धरान अग्रस्थानमै रहेको छ । थप धरानको खेलकुदको विकासमा स्थानीय तहहरुले जोड दिएका छन् । स्थानीय स्तरको विकासको एउटा पाटो खेलकुद रहेको भन्दै स्थानीय तहको पनि वडावडाबाट टोलस्तरीय प्रतियोगिता हुन थालेका छन् । करिब तीन दशक देखि धरान उपमहानगरपालिका वडा नं. १७ ले प्रत्येक बर्ष सञ्चालन गर्दै आएकोे गोधुली फुटबल प्रतियोगिताबाट धरानको फुटबल खेलको विकास भएको पाइन्छ । गोधुली पश्चात शुरु भएको मोफसलकै सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन भएको बुढासुब्बा गोल्डकप पनि दुई दशकभन्दा लामो समय भइसकेको छ । क्लबले आफ्नो बलबुताले भ्याएस

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 1,107 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ

    झापा । झापाको दुई छुट्टाछुट्टै ठाउँबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधरमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका ६ बजे बसपार्क एरियाबाट ईलाम नगरपालिका-१० का ३६ बर्षिय बिराज शिवालाई २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियो। यस्तै, बुद्धशान्ति गाँउपालिका-३ बाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले चैनपुर नगारपलिका-११ संखुवासभाका ३० बर्षिय दिपक तामाङ, २८ बर्षिय रोशन तामाङ र पाँचथर फिदिम नगारपालिका- ४ की १९ बर्षीया संगीता तामाङलाई ब्र

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 880 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोटरसाईकल चोरीमा संलग्न पक्राउ

    झापा। झापा बुद्धशान्ति गाँउपालिका-३ स्थित बुद्ध चोकबाट मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम पशुपतिनगर नगरपालिका(३ का २५ बर्षिय पासाङ तामाङ रहेका छन् । मंसिर २१ गते राती ईलामको रोङ गाँउपालिका-३ कुटिडांडाका रोहित राईको आँगनबाट मे ९ प ५२१० नम्बरको कालो रङको १५० सि.सि. पल्सर मोटरसाईकल चोरी भएको खबर प्राप्त हुनसाथ खोजतलास गर्दै जाँदा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलिले हिजो बिहान साढे ९ बजे तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 681 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • काँकडभिट्टा नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात

    झापा/ पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड बढीको कोदो नेपाल आयात गरिएको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन, भदौ, असोज र कात्तिकमा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । गत वर्ष सोही अवधिमा रु चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो । क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तरखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताए । उनले गत वर्षको तुलनामा यस वर्ष ४० म

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 629 पटक पढिएको
    • "रासस"
  • ओमिक्रोन संक्रमण नियन्त्रणमा उच्च तयारी

    मोरङ/ कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण नियन्त्रणका लागि प्रदेश १ सरकारले विगतमा भन्दा राम्रो तयारी गरेको सामाजिक विकास मन्त्री जयराम यादवले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालावीच गरिएको प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिईसकिएको उनले बताए । प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि वेडहरु थप गरिएको उनले बताए । मन्त्री यादवले भने, &lsqu

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 729 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यातायात कार्यालयमा मन्त्रीको छड्के जाँच

    विराटनगर/ प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले सुनसरी स्थित यातायात कार्यालयमा ‘सरप्राइज’ अनुगमन गरेका छन् । बुधबार मन्त्रालयको सानो टिम लिएर अपरान्ह यातायात कार्यालय पुगेका उनले सेवाग्राहीसंग परिचय नदिइकनै सेवाको गुणस्तर र अनि भोग्नु परेको समस्याबारे जानकारी लिएका हुन । कार्की यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति थियो । कर्मचारीहरु आफ्नै सुरमा काम गरिरहेका थिए । कार्कीले इटहरीको हलगडा स्थित यातायात कार्यालयको र गैसारस्थित सवारी चालक अनुमति पत्र वितरण तथा नवीकरण हुने कार्यालयको निरीक्षण गरेका हुन । मन्त्री कार्कीले आफै विभिन्न फाँटमा पुगेर

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 838 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेली बिद्युत प्राधिकरणको लापरबाही

    रंगेली । विगत दुई महिना देखि विभिन्न प्रजातीका लहराले ११ हजार भोल्ट रहेको ट्रान्सफर्मर घेरिदा समेत नेपाल बिद्युत प्राधिकरण रंगेलीले सफाइ नगर्दा दुर्घटनाको जोखिम बढेको छ । रंगेली नगरपालिका ७ स्थित खानेपानी जाने बाटोमा पर्ने ११ हजार भोल्ट रहेको ट्रान्सर्फमर बिगत दुई महिना देखि लहराहरु झेलिएको छ । ट्रान्सर्फमरनै छोपि सक्दा समेत प्राधिकरण मुखदर्शक बनिरहेको छ । ट्रान्सर्फमर चारैतिरबाट हरियो लहराले घेरिएका कारण जुनसुकै बेलामा पनि ठुलो दुर्घटना हुने अवश्था रहेको छ । प्राधिकरणले मेनलाईनका तारहरुले घर, रुख छुईसक्दा पनि सफाइ नगरेको स्थानीय राजेश आचार्यले बताए । प्राधिकरणको लापरबाहीले गाउँ घरमा केटाके

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 886 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण: विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता

    धरान । करोडौं मूल्य पर्ने महेन्द्र बहुमुखी क्याम्पस धरानको शिक्षक आवास र छात्रवास रहेको जग्गा जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयले मोहीको नामसारीे फैसला गरेपछि क्याम्पसका विद्यार्थीहरु आन्दोलित बनेका छन् । उनीहरुले क्याम्पसको जग्गा संरक्षण गर्नका लागि संयूक्त विद्यार्थी समिति गठन गरि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । समितीले मंगलबार धरानका राजनितिक दल, जनप्रतिनिधि, क्याम्पस प्रशासन तथा सरोकारवाला व्यक्तिहरु सँग बहस गरेको छ । क्याम्पस प्रशासनले आफ्नो जग्गा संरक्षण गर्न नसकेको संयूक्त विद्यार्थी समितिको आरोप छ । उनीहरुले क्याम्पसको जग्गा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि घोषणा ग

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 803 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण: भुमिसुधारको फैसला बदनियतपुर्ण

    धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न मोहीको नाममा नामसारी गर्न फैसला गरिदिए पछि सुनसरी स्थित भुमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीको मिलेमतो रहेको आरोप लागेको छ । एउटा सरकारी कार्यालयले अर्को सरकारी कार्यालयको जग्गाको मोही नामसारी गरिदिन सम्बन्धित निकायलाई जानकारी नदिई गरिएको फैसला बदनियत पुर्ण देखिएको क्याम्पसका प्राध्यापकहरु बताउँछन् । क्याम्पसको जग्गा हडप्न धरानका जग्गादलालीहरुको ठुलो गिरोहनै लागेको उनीहरुको भनाई छ । गिरोहलाई सरकारी निकायनै लागेको प्राध्यापकहरुको भनाई छ । करिब तिन वर्ष अघि मोही कट्टा गरि पाउँ भनेर क्याम्पसले निवेदन दिए पनि बदनियत पुर्ण ढंगले मोहीको नामसार

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 1,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सावरी दुर्घटनामा १ जनाको मृत्यु

    झापा। झापा मेचीनगर नगरपालिका १२ मा राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका २ का ३५ बर्षिय भिम प्रसाद पौडेल रहेका छन् । सोमबार राती पौने ९ बजे बिग्रेर बाटो छेउमा रोकी राखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि घाईते भएका मोटरसाईकल चालक पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 838 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved