समाज

    Showing 5,481-5,490 of 6,724 items.
  • सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यू

    उदयपुर। उदयपुरको चौदण्डीगढीमा गुडिहरेको टिप्पर सँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका ५ मा भएको दुर्घटनामा परी सोही नगरपालिका १ का २५ वर्षीय गंगाराम चौधरीको मृत्यु भएको हो । आइतबार बिहान ९ बजे चौदण्डीगढी–५ भित्रि सडक खण्डमा प्रदेश १–०२–००१ क ३८९६ नम्वरको टिपरलाई स।१० प ८७९८ नम्वरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा टिपर संग ठोकिइ दुर्घटना हुँदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यू भएको हो । सोही मोटरसाईकल पछाडि सवार भएकी गंगारामकी श्रीमती २४ बर्षिया संगिता चौधरी समेत घाईते भएकिमा फत्तेपुर अस्पतालमा उपचार भईरहेको छ । उक्त टिपर र चालक सुनसर

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 689 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनाबाट १ को मृत्यु, १ घाईते

    सुनसरी/ सुनसरीको बर्ज गाउँपालिकामा दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बर्जु गाउँपालिका –२ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल एक आपसमा ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–६ का २२ बर्षिय रंजित चौधरी रहेका छन । शनिबार दिउँसो पौने ३ बजे को।२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु(१ का ४५ बर्षिय चमरु ऋषिदेवलाई ठक्कर दिंदा दुबै जना घाईते भएका थिए ।घाइते दुबैको उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको मृत्यु भएको इलका प्रहरी कार्यालय दुहबीले जनाएको छ । हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीले थप अन

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 670 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण: संरक्षण गर्न धराने एकताबद्ध

    धरान/ चालिस वर्ष अघि खरिद गरेको जग्गामा मोही दाबी गरेका यज्ञ बहादुर क्षेत्रीको नाममा मालपोत तथा भुमिसुधार कार्यालयले मोही नामसारी गरिदिए पछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा संरक्षण गर्न सरोकारवाला पक्षहरु एकताबद्ध भएका छन् । खरिद गरेको वर्ष देखिनै क्याम्पसले भोगचलान गर्दै आएको जग्गामा एकाएक मोही दाबी गर्दै आए पछि क्याम्पसका प्राध्यापक, कर्मचारी सहित विद्यार्थी, धरानका नागरिक समाज मालपोत तथा भुमिसुधार कार्यालयको निर्णयको विरुद्धमा एकताबद्ध भएका छन् । क्याम्पसको तर्फबाट बुधबार उच्च अदालतमा पुनरावेदन बुझाउन जाने कार्यक्रममा समेत सहभागि हुने प्रतिबद्धता जनाएका छन् । मोही जग्गा प्रकरणब

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि बजारमा पुनः परशुराम

    धरान । धरान–१३ स्थित कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः परशुराम कटुवाल निर्वाचित भएका छन् । कृषि उपज बजार स्थलको सभा हलमा शनिवार सम्पन्न निर्वाचनमा तिन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवाल सहित ५ जना सदस्यहरू निर्वाचित भएका हुन् । कार्यसमितीको सदस्यहरुमा भक्ति कुमार राई ९विनोद०, रमेशकुमार शाह कृषक समूहबाट झुमा देवी राई, राजेश मेहेता, पदम लिम्बु निर्वाचित भएका छन् । सम्बन्धित वडाका वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य भएका छन् । कृषि बजार व्यवस्थापन समितिको निर्वाचनका लागि कृषि विभागबाट निर्वाचन अधिकृत छेदी प्रसाद यादव र मतदान अ

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 663 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उर्लाबारीमा दुई वडा थप हुने

    मोरङ/ भूगोल र जनसंख्याको आधारमा मोरङको उर्लाबारी नगरपालिकामा दुई वडा थप गर्नेमा स्थानीय राजनितिक दलहरु सहमत भएका छन् । । राज्य पुनर्संरचना अनुसार उर्लाबारी नगरपालिकामा तत्कालीन राजघाट गाविस र मधुमल्ला गाविसको वडा नं. ७, ८ र ९ मिसाएर नगरपालिका घोषणा गरिएको थियो । अब ९ वटा वडालाई बढाएर ११ वटा बनाउन दलहरु एकजुट भएका हुन् । उर्लाबारी नगरपालिकाको आयोजनामा शुक्रबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकमा वडा संख्या बढाउने सहमति जुटेको हो । नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा बसको बैठकले हाल ९ वटा वडा रहेको उर्लाबारीमा र त्यसका लागि वडा वडामा गएर छलफल चलाउने निर्णय भएको छ । मधुमल्लाबाट समायोजन भएको हा

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 552 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विमानस्थल निर्माण कार्य तत्काल अघि बढाउन प्रधानमन्त्री देउवा सँग माग

    धनकुटा/ धनकुटाको बेलाहारा विमान स्थल (एयरपोर्ट) निर्माण कार्य तत्काल अघि बढाउन नेपाली कांग्रेस धनकुटाको टोलिले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा प्रधानमन्त्रीलाई भेटेर टोलिले बेलाहारा एयरपोर्ट निर्माण कार्य तत्काल अघि बढाउन माग गरेको हो । जिल्लाको विकास र समृद्धीका लागि ७ बुँदे सुझाव पत्र बुझाउदै धनकुटालाई पर्यटन र कृषिको हवको रुपमा विकास गर्न, बेलहारा डाँडामा एयरपोर्ट निर्माण कार्य तत्काल शुरु गर्न, धनकुटा अस्पतालाई स्तरोन्नती गर्दै शिक्षिण अस्पतालको रुपमा स्थापना गर्न र सात वटै पालिकामा १–१ वटा सुविधा सम्पन्न अस्पताल निर्माण

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 1,064 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लखन थापा पार्क बनेन: पार्कमा ओपन जिम निर्माण

    धरान/ धरान उपमहानगपालिकाले गुरु योजना बनाएका अधिकांश योजनाहरुको भौतिक संरचना समयमै बन्न नसक्दा अन्य परियोजनामा परिणत भएका छन् । तत्कालीन मेयर ध्यानबहादुर राईले २१ बर्ष अघि धरान १७ मा सप्तरंगी पार्क बनाउने योजना अगाडि सारे, सोही अनुरुप त्यहा भौतिक संरचना निर्माण भए तर आधा पनि काम नहुँदै काम रोकियो । यस्तै तत्कालीन मेयर मनोजकुमार मेन्याङ्गवोले १९ बर्ष अगाडि धरानको भानुचौकमा रहेको सब्जी बजारलाई हटाएर सपिङ्ग कम्प्लेक्स बनाउने योजना अगाडि सारे, त्यो पनि पुरा हुन नसक्दा अहिले ट्याक्सी, टेप्पोको स्टेन बनेको छ । सपिङ कम्प्लेक्स बनाउने योजना तुहियो । यस्तै ५ बर्ष अघि धरान वडा नम्बर १३ वडाकार्यालय

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेफाले होमस्टेको प्रचारप्रसारमा सरकार उदासीन

    धरान/ मोरङ आकर्षक पर्यटकीय गन्तव्य स्थल मोरङको जेफाले होम स्टेको प्रवद्र्धनमा सरकार उदासीन रहेको होमस्टे व्यवसायीहरुको गुनासो छ । उनीहरुले होमस्टे पर्यटन प्रवद्र्धनको एउटा पाटो भएपनि सरकारले होमस्टे प्रवद्र्धनमा उदासीनता देखाएकै कारण फस्टाउन नसकेको आरोप लवगाएका छन् । जेफालेमा एकदिनमा ५० जनालाई खाना खुवाउने र बास बस्ने होमस्टेहरु रहेको स्थानीय जेफाले होमस्टे सामुदायिक व्यवस्थापन समितिका सचिव भीम ठकुरीले बताए । उनले भने भने–‘जेफालेमा रहेका होमस्टको भविष्य राम्रो छ, तर तीनै तहका सरकारको यसमा ध्यान पुग्न सकेको छैन ।’ शुरुमा जेफालको विकास गर्न जिल्ला समन्वय समिति धनकुटा, जि

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 942 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • एकसय ७१ वर्ष पछि गोर्खेमा भेटियो धनेस

    इलाम/ इलामको सूर्याेदय नगरपालिका–१, गोर्खेको सिमढापमा होमराई धनेस (रिफुज नेक्ड हर्नबिल) भेटिएको छ । दुर्लभ पन्छिको रुपमा रहेको धनेस एकसय ७१ वर्ष पछि इलाममा भेटिएको हो । वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले तस्बिर खिचेपछि नेपालमा एकसय ७१ वर्ष पछि भेटिएको खुल्न आएको हो । गोर्खे सिमढापको करिब १ हजार ३ सय मिटर उचाईमा देशमै पहिलोपटक यो चरा क्यामेरामा कैद भएको खरेलको भनाई छ । उनले भने, ‘मैले पनि ४–५ वर्षदेखि खोजिरहेको थिए ।’ धनेश प्रजातिमा घाँटी रातो हुने यो चरा नेपालमा सन् १८५० यता देखिएपछि चरासम्बन्धी किताबहरूको पहिलो पृष्ठबाटसमेत यसको तस्बिर हटाइसकिएको छ । चरा भेटिएको

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 810 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • बसको ठक्करबाट १ जनाको मृत्यु १ घाईते

    झापा/  झापाको कमल गाउँपालिका–५ स्थित पुर्व पश्चिम राजमार्गमा दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बस र मोटरसाईकल आपसमा ठोक्दिा मोटरसाइकल चालक बराहक्षेत्र १० का २२ वर्षीय अभिषेक यादव को मृत्यु भएको हो । हिजो (बुधबार)बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको नम्वरको बसले बिपरित दिशाबाट आउदै गरको प्र.१.०२.०४८ प ३०८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका यादव र सोही स्थानका २५ बर्षिय राम कुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार भईरहेकोमा यादवको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका–२ का सोम बह

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 582 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved