समाज

    Showing 5,371-5,380 of 6,724 items.
  • सुनसरीमा ५ लाख ३४ हजार ७ सय ६५ मतदाता

    धरान । आगामी बैशाख ३० गते हुने निर्वाचनमा प्रदेश नं १ मा ३३ लाख ४७ हजार मतदाता निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेश नं १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाताले मतदान गर्न पाउने भएका हुन् । आयोगका अनुसार १६ लाख ९९ हजार ८ सय पुरुषले प्रदेश नं. १ मा मतदात गर्न पाउने भएका छन् भने १५ लाख ३३ हजार १ सय ५८ जना महिलाले मतदान गर्न पाउने भएका हुन् । कुल मतदातामध्ये प्रदेश १ मा २३ जना मने अन्य रहेका छन् । आयोगका अनुसार प्रदेशभरि १ हजार ८ सय ७७ वटा मतदानस्थल रहनेछ भने मतदान केन्द्रको संख्या ४ हजार ५१ वटा हुनेछ । यसैगरी जिल्ला

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 931 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस युनियनद्वारा सञ्चारकर्मीलाई दुर्घटना वीमा

    इटहरी/ नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ । सोमबार प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहाल (दिनेश) ले दुर्घटना बीमामा सम्झौता गरेका हुन् । यसअघि अघिल्लो वर्षपनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो । तर, यसवर्ष जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनि

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 911 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय सरकारको विकास समीक्षा: वराहक्षेत्रमा केही प्रगति, केही सुधार

    धरान/ जनप्रतिनिधिलाई धारे हात लाउनु पर्ने धेरै विषय छ्न । यी निकम्मा भए भन्नलाई पनि त्यत्ति मुख बारी रहन पर्दैन । सन्चार र सूचनाको तीव्र विकासको युगमा छिपाएर छिप्ने वा लुकाएर लुक्ने कुरा पनि छैनन् । कोरोनाको तीव्र सङ्क्रमण र बेमौसमी बाढीको वितण्डामा केही जनप्रतिनिधिको भूमिका आलोचनायोग्य बन्यो । छरपष्ट प्रकृतिको बजेटलाई वडादेखि नगरसम्मका योजनामा एकीकृत गर्न नसक्नु, वितरणमुखी नीतिलाई निरन्तरता दिनु, आफ्ना पार्टीकालाई काखी च्याप्नु, अर्काकालाई ढिम्किनै नदिनु र मिलाउदा मिल्नेसम्मको प्रवृत्ति देखाउनु यिनीहरुको असफलताको द्योतक बन्यो । यी तथ्यलाई पुष्टि गर्न नगरका पाँच वर्षका बजेट जोड्ने र भएका

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 1,344 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठानको सिनेट बैठक रोक्न सर्वोच्चको आदेश

    धरान/ धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चैत्र २० बोलाइएको सिनेट बैठक तत्काल नबस्ने भएको छ । दर्तासर्वाेच्च अदालतले आइतबार अल्पकालीन अन्तरिम आदेश दिँदै बैठक नबोलाउन आदेश दिएको हो । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाहले गत चैत्र १०मा सिनेट बैठक रोक्न माग गर्दै रिट दर्ता गराएका थिए ।उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले आईतबार यस्तो आदेश दिएको हो । सर्वोच्चले चैत २० को सिनेट बैठक रोकेर २१ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वाेच्चको यस्तो आदेश सँगै विपीका पदाधीकार त्तकाल कार्वाही हुन बाट ज

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 1,152 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छोरी जन्मनसाथ १२ हजार

    धरान । खोटाङको हेलसी तुवाचुङ नगरपालिकाले लैङ्गिक असमानतार्ला हटाउन उदाहरणीय काम शुरु गरेको छ । नगरपालिकाले छोरा र छोरीमा विभेद नहोस् भन्ने उद्देश्यले छोरी जन्मिनासाथ १२ हजार रुपैयाँ प्रदान गर्न थालेको छ । नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रमअन्तर्गत १२ हजार बालिकालाई उक्त रकम दिने गरेको हो । नगरपालिककाले १२ हजार प्रदान गर्ने भएपनि एकै पटक भने दिने गरेको छैन । प्रदान गरिने रकम चार बर्षभित्रमा १२ प्रदान गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसका लागि छोरीको नाममा बैंकमा खाता खोल्ने र आमा गर्भवती हुँदा नियमित स्वास्थ्य परीक्षण गरेको र बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा सुत्केरी

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 831 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय निकायमा युवाहरुको सहभागीता हुनुपर्ने माग सहित झापामा र्‍याली

    झापा। स्वतन्त्र युवा समूह मेचीनगर-१२ ले शनिबार युवा मिलन तथा बृहत शान्ती र्‍याली कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय निकायमा युवाहरुको उपस्थिति हुनु पर्ने मागसहित सो र्‍यालीको आयोजना गरिएको हो । र्‍यालीमा १ सय ५० भन्दा बढी स्थानीय युवाहरुको उपस्थिति रहेको थियो । र्‍यालीमा हामी युवा एक हौँ, , नेपाली जनता एक हौं, युवाहरुलाई प्रोत्साहन गर, अबको पालो युवाको जस्ता नारा लगाएर वडा परिक्रममा गरिएको स्थानीय युवा दुसान्त कोइरालाले जानकारी दिए । मेचीनगर नगरपालिका वडा नं(१२ कालिझोडाको खेल मैदानबाट सुरु भएको र्‍याली वडाका विभिन्न स्थानहरुको परिक्रमा गर्दै सहरेडाँगीमा पुगेर कोणसभामा प

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 1,201 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको खानेपानी समस्या : चुनाबी एजेण्डा

    धरान । स्थानीय चुनाव नजिकिएसँगै दलहरुले धरानको खानेपानी समस्या देख्न थालेका छन् । केही समय अगाडि धरानमा खानेपानी समस्या भएको भन्दै नेकपा एमालेले चारकोशे जंगलमा रहेको पम्पिङ क्षेत्रमै गएर अनुगमन ग¥यो । उसले खानेपानी उत्पादनमा समस्या नभई वितरण प्रणाली अवैज्ञानिक भएको निष्कर्ष निकाल्यो । पछिल्लो समय नेकपा मओवादी केन्द्र धरान नगर कमिटीको नयाँ कार्यसमिति चयन भएसंगै सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा पूर्ण वैठक सम्पन्न गरी धरानको समस्याको विषयमा सार्वजनिक धारणा बाहिर ल्यायो । सुकुम्बासी समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अराजकता, खानेपानी समस्या समाधान लग

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 1,604 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुविधाको खोजी गर्दै बसाई सर्ने रोकिएन

    धरान । पहाडी क्षेत्रका सर्वसाधारण सुविधा खोज्दै तराईका सुविधायुक्त सहरमा बसाई सर्ने क्रम बढ्दै गएको छ । यातायातको पहँुच नपुगेको, विरामी हुदा अस्पताल नहुँदा समस्या भोग्नुपर्ने, सुखसयलमा जीवनयापन गर्नकै लागि गाउँ छोडेर तराई लगायत राजधानी बसाई सर्ने गरेको पाइएको छ । लालीगुराँस नगरपालिका बसन्तपुरका दिपेन्द्र घिमिरे ५ बर्ष अगाडि राजधानी काठमाण्डौ बसाई सरे । ५ बर्ष कोरिया बसेर आएका उनको बसन्तपुरमा अहिलेको याक होटल सञ्चालन गरेको घर हो । बसन्त माविबाट एसएलसी पास गरेर कोरिया गएका उनी कोरियामा मनग्गे आम्दानी गरेपछि काठमाण्डौ सरेका हुन् । अहिले उनले काठमाण्र्डाैको गोंगवुमा शर्मा होटल सञ्चालन गर्दै आएका

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 1,147 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • प्रदेश स्तरिय दलित अधिकार ऐन बनाउन माग

    धरान । प्रदेश स्तरिय दलित अधिकार ऐन निर्माण गर्न प्रदेश १ का जनप्रतिनिधीहरुले माग गरेका छन । प्रदेश १ को पहिलो भेलामा सहभागी जनप्रतिनिधिहले तुरुन्तै दलित अधिकार ऐन निर्माण गर्न सरकार र सांसदहरुसँग माग गरेका हुन्। ५७ औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस ९ २१ मार्च० को अवसरमा बिराटनगरमा भएको प्रदेश १ का जनप्रतिनिधिहरुले प्रदेशमा दलित अधिकार ऐन नहुँदा बजेट निर्माण र कार्यक्रम परिचालनमा दलितहरुको सहभागी हुन नसकेको बताएका छन् । उनिहरुले जातिय विभेद र छुवाछुत व्यवहारमा उन्मुलन हुन नसकेको र दलितहरुको शीप र क्षमता बृद्धि गराउन संरचना निर्माण नभएको गुनासो गरेका छन् । सोमबार र मंगलबार विराटनगरमा

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 1,249 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा २ दिनमा ४ जना झुन्डिएको अवस्थामा फेला

    धरान । पछिल्लो २ दिनमा धरानमा ४ जना झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।शनिबार र आइतबार गरि २ दिनमा धरानमा ४ जना मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यलय धरानका अनुसार धरानका बिभिन्न वडामा चार जना झुण्डिएको अवस्थामा मृत भेटिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शनिबार साँझ एक जनाको शव भेटिएको हो भने आइतबार ३ जनाको शव भेटिएको हो । घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टमका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार साँझ धरान ५ देवीगाउँकी १८ बर्षीया समिक्षा थापा आफ्नै घरको कोठाको झुण्डिएर मृत अवस्था

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 1,448 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved