समाज

    Showing 5,341-5,350 of 6,724 items.
  • असार १ गते दखि आइतबर विदा नहुने

    धरान। सरकारले केही समय अघिदेखी आइतबार दिँदै आएको विदालाई कटौटी गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको हो । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । सरकारको उक्त निर्णयको आलोचना भइरहेको बेला सरकरले आफ्नो पुरानो निर्णय फिर्ता लिने भएको हो ।

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 1,250 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युवा व्यवसायीहरुद्वारा रक्तदान कार्यक्रम

    धरान । धरानका युवा व्यवसायीहरुले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । धरान १ मा रहेको जनता ग्यारेजका सञ्चालक सुदिप राई र अमित साहले नेपाल रेडक्रस सोसाइटी सुनसरीसँग समन्वय गरेर रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । धरान उपमहानगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाध्यक्ष यज्ञप्रसाद आचार्य (द्वारिका) को प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा ६५ पाउन्ट रगत संकलन भएको थियो । रगतको अभावमा विरामीले तड्पिनु नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक अमित साहले बताए । उनले भने–‘थोरै भएपनि सहयोग पुगोस् भनेर हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका हौ, गत बर्ष पनि हामील

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 1,012 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा ग्यास भरेका टेम्पो सञ्चालन हुन थाले: वातावरण प्रदुषण रोक्न सहयोग पुग्ने अपेक्षा

    धरान । आइतबार विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी वातावरण दिवस मनाइयो । धरानमा समेत विभिन्न संघ संस्थाले एक दिन व्यस्त सहर बजार सरसफाइ गरेर मनाए । वास्तवमै भन्ने हो भन्ने विश्व वातावरण दिवस व्यवहारिक भन्दा पनि औपचारिकतामात्र सीमित हुने गरेको छ । यसलाई व्यवहारिक रुपमा उतार्ने काम गरिएको छैन । धरानमा भने फोहोरबाट सिओजी ग्यास उत्पादन गरेर व्यवहारिक रुपमै वातावरण स्वच्छ राख्ने प्रयास भएको छ । लामो समयदेखि निर्माणाधीन धरानको फोहोर प्रशोधन केन्द्रबाट बायो ग्यास उत्पादन शुरु गरिएको छ । धरान ६ पानबारीमा सञ्चालन भएको सो केन्द्रबाट फालिएको फोहोरबाट ग्यास उत्पादन गरेर वातावर

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 1,484 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरको नाला सफाइमा मेयर कोइरालाको चासो : वर्षा सुरु हुनुअगावै सबै नाला सफा गर्न निर्देशन

    धरान । बर्षाद् लागेसँगै विराटनगर महानगरपालिका डुबानमा पर्ने गरेको छ । बर्षा लाग्नु अगावै डुबानको समस्याबाट मुक्त हुन उपमहानगरपालिकाले पूर्व शतर्कता अपनाउन थालेको छ । यसै क्रममा महानगरपालिकाले नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको छ । यसपटकको वर्षामा विराटनगरलाई डुबानमुक्त बनाउने लक्ष्यका साथ नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको महानगरले जनाएको छ । पहिलो चरणमा ठूला नाला सफा गर्ने र त्यसपछि साना नाला सफा गर्ने गरी काम सुरु गरेको महानगरले जनाएको छ । मेयर नागेश कोइरालाले वर्षा सुरु हुनु अगावै विराटनगरका सबै नाला सफा गर्न दिर्नेशन दिएका छन् । उनले नाला सफा गरिरहेको स्थलमै पुगेर निरीक्षणसमेत गरे

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 746 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चियाको उत्पादन र बजारीकरणमा ध्यान दिन सुझाव

    धरान । संघीय सरकारले चियाको क्षेत्रमा बजेट विनियोजन नगरेको भन्दै स्थानीय सरकारले चियाको उत्पादन र बजारीकरणमा योजना बनाएर अघि बढ्नुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् । सरकारले ल्याएको बजेट भाषणमा नगदे बाली र कृषिजन्य उत्पादनलाई मात्र बजेट विनियोजन गरेको र दुवैमा चिया नपर्ने भन्दै स्थानीय सरकारले बजेट विनियोजन गरेर काम गर्नुपर्नेमा जोड दिएका हुन । केन्द्रीय चिया सहकारी संघले आयोजना गरेको स्थानीय सरोकारवाला निकायहरूसँग उत्कृष्ट अभ्यास तथा सिकाइहरूको जानकारी भावी सहकार्यका साथै गुणस्तरीय चिया उत्पादनको लागि तालिम प्राप्त जनशक्तिहरूको परिचालन विषयक अन्तर्क्रिरया कार्यक्रममा बोल्दै चियाको विकास

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 1,148 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • विराटनगरको विकासमा सहयोगी बन्न लायन्सलाई मेयरको आग्रह

    धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सामाजिक कार्य गर्दै आएको लायन्स क्लबलाई सहयोग गर्न आग्रह गरेका छन् । लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासका लागि सहयोग गर्न लायन्स क्लबलाई आग्रह गरेका हुन् । विराटनगरको विकासमा सामाजिक संघसंस्थासँगै निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गर्दै विकास लागि महानगरसित हातेमालो गर्न मेयर कोइरालाले आग्रह गरे । ‘महानगरको एक्लो प्रयासले विराटनगर सफा, सुन्दर, समृद्ध र हरियाली बनाउन कठ

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 886 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तरीको चर्को व्याज प्रकरण: ‘हामीले न्याय पाएनौं, उठीबास हुने बेला भयो’

    धरान । घर खेत नै राखेर चर्को मिटर व्याज लिएर ऋण असुल्दै आएकासप्तरीको खडग नगरपालिका ७, कल्याणपुर का ६७ बर्षीय रामदेव साहका कारण उठीबास हुने बेला भएको भन्दै सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । घरखेत राखेर ऋण लिएका उनीहरुले ऋण तिरिसक्दा समेत आफूहरुको घर जग्गा फिर्ता नदिएको भन्दै भावविह्वल बनेका छन् । विहीबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले आफूहरुलाई प्रहरी प्रशासन, समाज कतैबाट सहयोग नपाएको गुनासो गरे । ऋाफूले कमाएको जायजेथो फर्काउन गाह«ो हुने देखेपछि उनीहरुले संघर्ष समिति ठन गरेर आन्दोलन गर्ने भएका छन् । समितिका संयोजक छेदीलाल पासवानले इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 1,152 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशीपत्र दैनिकका निवर्तमान कार्यकारी सम्पादक कार्यपालिकाको सदस्यमा निर्वाचित

    धरान । कोशीपत्र राष्ट्रिय दैनिकका निवर्तमान कार्यकारी सम्पादक दिनेश गजमेर धरान उपमहानगरपालिकामा सोमबार भएको निर्वाचनबाट कार्यपालिकाको सदस्यमा निर्वाचित भएका छन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध गजमेर प्रेस चौतारी नेपाल सुनसरीका सचिव समेत रहेका थिए । उनीसँगै कार्यपालिकाका वहुमत संख्या एमालले जितेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य निर्वाचित कार्यपालिकाका सदस्यहरुमा महिलातर्फ सावित्रा परियार (५८), देवीमाया विश्वकर्मा (५६), विनिता बज्रचार्य (५६), रविना गुरुङ (५५) र सिर्जना नेपाल (५४) निवार्चित भएका छन् । गठबन्धनबाट उमेद्वार बनेका महिला सदस्यमा रहिसा कसजु ४५, रिता सुन्दास

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 882 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेट वक्तव्य: धरानमा डाटा सेन्टरदेखी धरान बिराटनगर रेल सञ्चालनसम्म

    सुनसरी/ सरकारले आइतबार प्रतिनिधिसभामा अर्थिक वर्ष ७९÷८० मा १७ खर्ब ९३ अर्ब, ८३ करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ । जस अनुसार प्रदेश नं. १ मा महत्तकांक्षी बजेट सार्वजनिक गरिएको छ । सुनसरीको चतरादेखि सगरमाथा द्रत मार्ग निर्माणदेखि धरानमा डाटा सेन्टर स्थापना गर्नेसम्मका कुरालाइ बजेटमा समेटिएका छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको सरकारको बजेट वक्तव्यमा यस्ता धेरै महत्वकांक्षी योजनाहरुलाई अगाडि सारेको छ जस अनुसार उदयपुरमा विमानस्थल निमार्ण गर्ने, भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने बजेट वक्तव्यमा उल

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 1,239 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हाम्रो पेशा संकटमा पर्दैछ’

    ‘मैले पञ्चे बाजा बजाएको मैले थाहा पाएदेखि नै हो, मैले अहिलेसम्म निरन्तर बजाउदैआएको छु, यो पेशा अझै छोड्न मन लाग्दैन, तर मेरा छोरा नातिले बजाउनै छाडे ।’ यो भनाई तेह्रथुम लाली गुरास नगरपालिकाका छविलाल दर्जीको हो । पुस्तौदेखि अंगाल्दै आएको पञ्चे बाजा बजाउने पेशा अहिले आएर भने पछिल्ला पुस्ताले बजाउनै छाडेपछि उनी चिन्तित बनेका हुन् । आइतबार धरान ७ शुक्रपथमा पञ्चेबाजा मध्येको सनाई बाजा बजाउदै घर घर हिड्दै सहयोग माग्दै आएका उनले आफू बाचुन्जेल बजाउन नछोडने बताए । उनले भने–‘विहेमा यही बजाएर छोराछोरी, नाति सबै हुर्काए, पढाए, अहिले छोरा छोरी लाखापाखा लागे, सबै यो पेशा छोडेर अन्य

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved