धरान/ सरकारले लकडाउन १० दिन थप गरि जेठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ । मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १० दिन लम्ब्याएको हो। सरकारले यसअघि थपेका लकडाउन बैशाख २५ बिहीबारबाट सकिँदै थियो । चैत ११ बाट सुरु भएको लकडाउन बिहीबार ४५ दिन पूरा हुँदैछ।
कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद रासीद छन् । उनीहरु अस्पतालमा भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ । रिर्पोट नेगेटिभ आएकोले सबैलाई बुधबार नै डिस्चार्ज गरिएको कोशी अस्पतालकी कार्यबहाक मेडिकल सुपरिडेन्डेन्ट संगीता मिश्रले बताएकी छन् । उनीहरु सबै अब विराटनगर रानीको एउटा मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्नेछन् । त्यहाँ १० वटा वेडरुम र १० वटा शौचालय भएको कोठा तयार गरिएको छ । उदयपुरको भुल्केस्थित म
सीमा जोडिएको छिमेकी देश भारतमा लकडाउनको अवधि लम्ब्याइएकाले नेपालमा पनि लकडाउनले निरन्तरता पाउने भएको छ । कोरोनाभाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा लगाइएको लकडाउन फेरि थपिने भएको हो । पछिल्लो पटक वैशाख २५ गतेसम्मको लागि घोषणा गरिएको लकडाउन फेरि थप्न लागिएको हो । आज (बुधबार) बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउ कति दिन थप्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ । अहिले नेपालमा लकडाउन खोल्दा भारतबाट नेपला प्रवेश हुनसक्ने भएकाले पनि लकडाउनको अवधि थप्नुको विकल्प नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताए । हिजो मंगलबार बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण
प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार ३ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षणाको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल १ ह
नेपालगञ्जमा सोमबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो। नेपालगञ्जमा शुक्रबार र आइतबार गरि जम्मा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यो सहित नेपालगञ्जमा मात्र संक्रमितको संख्या २३ पुगेको छ। यो सँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ ।
सामुदायिक तथा निजी विद्यालयहरुले गत चैत्र ५ गते सम्पन्न गरेको शैक्षिक सत्र २०७६ को परीक्षाफल सामाजिक सञ्जाल फेसबुक पेजमार्फत प्रकाशन गरेका छन् । कोरोना भाइरसको संक्रमणको विषम परिस्थितिमा परीक्षाफल प्रकाशित गर्नुपर्ने विद्यालयहरुको कर्तव्य रहेकाले नतिजा प्रकाशन गर्नुपरेको वराहक्षेत्रस्थित हिमालयन इङ्लिस स्कुलका प्रिन्सिपल आलोक श्रेष्ठले जानकारी दिए । चतरास्थित हिमालयन इङ्लिस स्कुलसँगै, वराह राइजिङ स्टार इङ्लिस स्कुल, आइरिस वराह एकेडेमीलगायतका विद्यालयले फेसबुकमार्फत परीक्षाफल प्रकाशित गरेका छन् ।स्थानीय केही सामुदायिक विद्यालयहरुले समेत फेसबुक पेजमार्फत् परीक्षाफल प्रकाशित गरिरहेका छन् । कक्
धरान । कोरोना संक्रमितको उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने भएकाले धरानलाई पनि सरकारले रेड जोनमा राखेको छ । सरकारले गरेको वर्गिकरण अनुसार संक्रमण भित्रिने संवेदनशिल क्षेत्रको रुपमा धरान तथा सुनसरीलाई नै घोषणा गर्ने भएको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पताल संचालन हुने धरान र नेपाल भारत सिमाना जोडिएकाले सुनसरी जिल्लालाई नै रेडजोन घोषणा गरिने तयारी रहेको छ । नेपालका ७७ जिल्लाहरु लाई ४ क्षेत्रमा वर्गिकरण गरी सरकारले कोरोना भाइरस संक्रमण भित्रिने सम्भावना रहेका १४ जिल्लामा १५ दिन थप लकडाउन लम्व्याउने र अन्य जिल्लामा वर्गिकरण अनुसार आंशिक रुपमा खुकुलो ग
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गए पछि सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो । नेपालगञ्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ । नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन् । जसमा १६ जना उपचारपछि घर फर्किएका छन् । पछिल्लो समय भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमा भएको नेपालमा लकडाउन हटाउँदा स
धरान /नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार दिउँसोनै नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान । लकडाउनको सदुपयोग गर्दै धरान उपमहानगरपालिकाले रोकिएका योजनाका भौतिक पुर्वाधारका कामहरु सुचारु गरेको छ । धरान उपमहानगरपालिकाले धरान स्थित कोशीराजमार्ग अन्र्तगतको भोटेपुल क्षेत्रमा सडक बिस्तारको कामलाई सुचारु गरेको हो । कोरोना संक्रमणको रोकथामका लागि घोषणा गरेको लकडाउनका कारण बन्द रहेको धरान ८ स्थित बरगाछी देखि भोटेपुल सम्मको सडक बिस्तारको काम अघि बढेको छ । संघीय सरकारको भौतिक योजना तथा पुर्वाधार मन्त्रालय अन्र्तगतको सडक विभागले निर्माण शुरु गरेको केही दिनमै देशमा लकडाउनको घोषणा गरेको थियो । जिल्ला प्रशासनसँगको समन्वयमा सुरू गरिएको सडक खण्डका साथ–साथै धनकुटे रोडको खाल्डाहरू पुर्ने