समाज

    Showing 5,121-5,130 of 6,724 items.
  • तीर्थ नगरीको छैठौं साधारण सभा सम्पन्न

    यातायात व्यावसायीहरु सङ्गठित बराहक्षेत्र १ स्थित तीर्थनगरी वचत तथा ऋृण सहकारी संस्थाले छैठौं वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको छ । आर्थिक वर्ष ०७७/७८ सालको सेयर पुँजीमा २० लाख ९९ हजार ३ सय रुपैयाँ वृद्धि गर्दै सहकारीले चालू आर्थिक वर्षमा कुल ६५ लाख ४१ हजार रुपैयाँ सेयर पुँजी निर्माण गरेको सार्वजनिक गरेको छ । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्द मगरले वित्तीय कारोबार, सामाजिक कार्यक्रम, उद्यमशीलता, व्यावसायिक कार्यक्रम र भावी लक्ष्यबारे जानकारी गराए।चालू आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष मगरले ६ करोड ८१ लाख ७७ हजार २ सय ७८ रुपैयाँ ५० पैसा निक्षेप सङ्

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 533 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भेडेटार फुड फेस्टिबल सुरु पर्यटक भित्र्याउने मुख्य लक्ष्य

    धरान /‘भेडेटार प्रकृतिको गहना पर्यटक भिœयाउने चाहना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा फूड फेस्टिवल सुरु भएको छ । ३ दिनसम्म सन्चालन हुने १० औं भेडेटार फुड फेस्टिबल स्थानीय जातीय, सांस्कृतिक खानेकुराका परिकार, स्थानीय कृषि उत्पादन प्रदर्शनमा केन्द्रित रहने छ । राष्ट्रिय कलाकार र स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुतिसहित आयोजना भएको फेस्टिवलमा भेडेटार हेली टुर, जिप लाइन तथा प्याराग्लाइडिङको पर्यटकले मनोरन्जन लिन सक्ने आयोजक होटल एसोसियसन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन लिम्बुले बताइन् । उनले भनिन्–‘कोरोनापछिको

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 659 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण :पारिवारिक विवादले मुद्दा लम्बियो

    धरान /धरान ११ स्थित स्वस्तिका चोकमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको जग्गा विवादमा मुद्दाका प्रमुख पक्ष सहमत भए पनि पारिवारिक सहमति हुन नसक्दा मुद्दा अनिर्णित बनेको छ । अदालतबाट तोकिएको पेशी बारम्बार स्थगित हुँदै आएको छ । मुद्दा हेर्न नभ्याइने र झगडिया बीचको समय अनुकूल नभएका कारण पनि तेस्रो पटकसम्म पेशी स्थगित भएको छ । चौथो पेशी आइतबार रहेको छ । क्याम्पस प्रशासन र दाबी गरिएका मोही पक्षका बीचमा सहमतिको सर्वपक्षीय छलफलमा ठोस सहमति हुन प्रयास भए पनि टुङ्गो लाग्न सकेको छैन । मुद्दाका प्रमुख पक्ष यज्ञबहादुर क्षेत्री क्याम्पसको जग्गा दाबी गर्ने पक्षमा छैनन् तर उनी आफैले परिवारलाई मिलाउन सकेका छैन

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 669 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यार्थीलाई प्रतिवेदन लेखन प्रशिक्षण

    धरान / धरान–१२ स्थित सुनाखरी एकेडेमीले कक्षा ११ मा अध्ययनरत् आप्mना विद्यार्थीहरूलाई बिहीबार प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिएको छ । प्रशिक्षण लिएका विद्यार्थीहरूलाई शुक्रबार भ्रमणमा लगिने र सोही भ्रमणबारे प्रतिवेदन लेख्न लगाइने एकेडेमीका प्राचार्य मिलन राईले बताए । विद्यार्थीले लेखेका प्रतिवेदनमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथोलाई पुरस्कार पनि प्रदान गरिने एकेडेमीका निर्देशक प्रदीप राईले जनाए । उनीहरूलाई महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले सहजीकरण गरेका थिए । त्यस क्रममा विद्यार्थीहरूलाई प्रतिवेदनको अर्थ, महत्व, उद्देश्य, ढाँचाजस्ता विषयमा जानकारी दिइएको

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 1,034 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको गौरव आयोजनाभित्र कालोपत्रे प्राथमिकतामा

    धरान / धरानलाई कालोपत्रे सडकको सहर भनेर चिनिएको छ । धरान उपमहानगरपालिकाले धरानका हरेक वडाका मुख्य सडक, गल्ली गल्ली कालोपत्रे गरेको छ । तर केही यस्ता वडाहरु छन् भर्खरैमात्र कालोपत्रे बनेका छन् । धरानका अन्य वडा कालोपत्रे हुँदा नभएका वडाहरुमा बर्षादमा हिलो, हिउँदमा धुलो उडेर हैरान भएका थिए । कालो पत्रे भएसँगै अहिले उनीहरुले राहतको सास फेरेका छन् ।धरानको नगर गौरवको आयोजना अन्तर्गत धरानको सबै वडामा कालोपत्रे बनाउने धरान उपमहानगरपालिकाको योजना छ । यही योजना अनुसार धरान १६ नौलो बस्तीमा समेत लामो समयपछि कालोपत्रे सम्पन्न भएको छ । विगतमा कालोपत्रे सडक नहुदा धुलो र हिलोले सास्ती भोगेका सर्वसाधारणहरुल

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योगी व्यवसायीहरुद्वारा प्रधानमन्त्रीसँग भेट

    मोरङ / वार्ताका लागि काठमाण्डौ पुगेको उद्योगी व्यवसायीहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको छ । लमो समयदेखि बैंकले लिएको चर्को व्याजदरका विरुद्धमा चरणबद्ध आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरु अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि आवहान गरेपछि उनीहरु मंगलबार काठमाण्डौ पुगेका थिए । काठमाण्डौ पुगेर बुधबार पहिलो चरणको छलफल गरेका उनीहरुले छलफल सकारात्मक ढगबाट अगाडि बढेको थियो । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको नेतृत्वमा काठमाण्डौ पुगेका उनीहरुले विहीबार भने प्रधानमन्त्री दाहाललाई भेटेर बैंकिङ समस्या निराकरणका लागि अनुरोध गरेका थिए ।सघका अध्यक्ष रिजालले चर्क

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 673 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २२ औ आहा रारा गोल्डकप धरानको विजयी सुरुवात

    धरान / पोखरामा बिहीबाट सुरु भएको २२ औ आहा रारा गोल्डकपको उद्घाटन खेलमै धरानले विजय शुरुवात गरेको छ । प्रतियोगितामा सहारा क्लब पोखरालाई १–० गोल अन्तरले हराउदै धरान फुटबल क्लब बिजयी बनेको हो । पूवाद्र्धको ५ मिनेटमै डिबक्स नजिकै पाएको फ्री किकलाई धरान फुटबल क्लबका जर्सी नम्बर ७ का प्रकाश बुढाथोकीले सिधै जाली चुमाएका थिए । प्रकाशको फ्री किक नै धरानको जीतका लागि निर्णायक बन्यो । प्रतियोगितामा तर्फका खेलाडीहरुले गोल गर्ने अवसर धेरै पाए पनि गोल गर्न सकेका थिएनन् । खेल को म्यान अफ दि म्याच पनि प्रकाश भए उनले नगद ८ हजार र ट्रफी प्राप्त गरेका छन । २२ औ गोल्डकपमा १० टिम सहभागी रहेका छन । शुक्रबा

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 456 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुन्तलाको कारोबार बढ्यो

    विजयपुर / पूर्वमा रहेको पहाडी जिल्लामा उत्पादन हुने सुन्तलाले यो वर्ष निकै राम्रो बजार भाउ पाएको छ । सुन्तलाको मूल्य वृद्धिसँगै गत वर्ष औसत १ सय १० रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष औसत १ सय २५ रुपैयाँ प्रति केजी बिक्री हुने गरेको छ । पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने सुन्तला धरानस्थित कृषि बजारबाट दैनिक ४५ देखि ५५ मेट्रीक टन कारोबार भइरहेको छ । गत आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा १ हजार ५ सय ५० मेट्रीक टन (औसत १७ करोड रुपैयाँ बराबर) को कारोबार भएको सुन्तला चालू आर्थिक वर्षदेखि हालसम्मको औसत प्रति केजी १ सय १० रुपैयाँले बृद्धि भएको छ । १ हजार ६ सय ८० मेट्रीक टनको (करिब २१ करोडको कारो

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 714 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • बालबालिका हेरचाहसम्बन्धी प्रदेशस्तरीयअन्तरक्रिया कार्यक्रम सम्पन्न

    इटहरी /  सुनसरीको इटहरीस्थित एसओएस बालग्राममा बालबालिकाको हेरचाहसम्बन्धी प्रदेशस्तरीय अन्तर्कि्रया कार्यक्रम सम्पन्न भएको छ । एसओएस बालग्राम इटहरीको आयोजनामा आपतकालीन अवस्थामा वैकल्पिक हेरचाहमा रहेका बालबालिकालाई पुर्‍याउनुपर्ने सहयोगसम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको हो । एसओएस बालग्राम इटहरीको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता एसओएस बालग्राम इटहरीका निर्देशक देवचरण चौधरीले गर्नुभएको थियो भने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीताकुमारी चौधरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा इलाम, झापा, सुनसरी, मोरङलगायत प्रदेश नं. १ का विभिन्न जिल्लामा बालगृह सञ्चालन गर्दै आएका

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 1,024 पटक पढिएको
    • "अभिमन्यु अभिजित"
  • बर्जु तालमा आन्तरिक पर्यटकको घुइँचो

    सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ६ मा रहेको बर्जु तालमा पछिल्लो समय आन्तरिक पर्यटक आउन थालेका छन् । जाडो मौसमसँगै वनभोज खानेहरु पूर्वका विभिन्न स्थानबाट आउन थालेको आसपासका स्थानीयहरु बताउँछन् । स्थानीयहरुका अनुसार बर्जुतालको प्रचारप्रसार भएसँगै पछिल्लो समय पर्यटकीय गन्तव्य स्थल बन्दै गएको हो । धार्मिक पौराणिक महत्व बोकेको बर्जताल प्रदेश १ को सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र भएकोले पनि ु तालमा हेर्न र वनभोज खानकै लागि पूर्वका विभिन्न स्थानबाट आएको स्थानीयहरु बताउँछन् । यहाँ आउनेृहरुलाई तालको रमणीय प्राकृतिक सौन्दर्यसँगै ताल घुम्नका लागि बोटको समेत ब्यवस्था गरेकाले पूर्वका विभिन्न स्थानब

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 1,577 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved