मोरङ / सहरका बीच भागमा अव्यवस्थित रुपमा छरिएर रहेका तारहरुलाई विराटनगर महानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । महानगरले पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको हो । सोमबार विराटनगरमा केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिनेछ । अटेर गर्ने कम्पनीको तार काट्ने उपमहानगरपालिकाले जनाएको छ । विराटनगरको सौन्दयर्तामा ह्रास आएको भन्दै महानगरले यस्तो निर्णय गरेको हो । गत असोज १३ गते पनि बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइए
काठमाडौं / दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवद्र्धनमा समेत ध्यान दिन थालेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रवद्र्धन र खेलाडीहरुको मनोवल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको हो । हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य शहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो । गल्फ खेलको प्रवद्र्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि आफूहरुले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिनुभयो । खुकुरी रमले खेलहरुको प्रवद्र्धनका लागि यस्ता इभेन्टहरुमा सहका
धरान / आगामी पौषको अन्तिम सातामा हुन लागेको खुकुरी एमेन्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न टाइटल प्रायोजकले ११ लाख दिने सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच सो सम्झौता भएको हो । धरान गल्फ क्लबको कार्यालयमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा खुकुरी रम उत्पादक प्रालिर्ले क्लबलाई एक वर्षको लागि ११ लाख रुपैया दिने सम्झौता भएको खुकुरी रमको असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानले जानकारी दिए । यो सम्झौत
धरान / धरान उपमहानगरपालका वडा नं. १४ लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा धरान उपमहानगरपालिकाले गुरुयोजना बनाएर अगाडि सारेको छ । यहाँ रहेका मठ मन्दिरको संरक्षण, सरसफाई, पर्यटक आउने वातावरण सिर्जना गर्ने लगायतका कुराहरु यसभित्र पर्छन् । पर्यटकलाई सहजताका लागि धरान १४ को वडा कार्यालय छेउमा सूचना केन्द्र समेत बनेको छ । तर मन्दिर आसपासमा रहेका फोहोर भने हत्तपत्त उठ्दैन ।जसले गर्दा धार्मिक पर्यटकीय क्षेत्रमा आएका धार्मिक पर्यटकहरु नाक थुनेर हिड्ने गरेका छन् । विजयपुरमा नेपाल लगायत भारतसम्मका धार्मिक पर्यटक आउने गर्छन् । उनीहरु यहाँ आउँदा विजयपुरमा रहेको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा
मोरङ / प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार सपथ लिएका छन् । उनीसँगै तीन जना विना विभागीय मन्त्रीले सपथ लिएका हुन् । नेकपा एमाले संसदीय दलका नेता कार्कीले मुख्यमन्त्रीको शपथ लिएपछि तीन जना मन्त्री नियुक्त गरी मन्त्रीमण्डल विस्तार गरेका हुन् । नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, जसपाकी निर्मला लिम्बू र राप्रपाका भक्ति सिटौलाले मन्त्रीको शपथ लिएका हुन् । उनीहरू तीनैजनाको मन्त्रालय तोकिएको छैन । उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए । मुख्यमन्त्रीमा नियुक्तिसँगै सपथ लिइसकेपछि कार्मीले प्रदेशप्रति जनताको टिप्पणी र आलोचनलाई सच्चाएर लाने बताएका छन । उनले प्रदेशप
हाम्रो देशमा आकर्षक लक्ष्य निर्धारण गरिन्छन् तर ती लक्ष्यअनुसार योजना निर्माण नहुँदा अथवा योजना कार्यान्वयन नहुँदा लक्ष्य प्राप्त हुन नसकेका थुप्रै उदाहरण छन् । हरेक वर्ष कृषिलाई प्राथमिकतामा राख्ने गरिन्छ । आवधिक योजनामा पनि कृषि क्षेत्रलाई महत्वका साथ हेर्ने गरिएको छ तर कृषि क्षेत्र र किसानको अवस्थामा भने कुनै सुधार भएको देखिँदैन । किसानहरूले लागत मूल्य पनि प्राप्त गर्न नसक्ने अवस्था छ । कतिपय कृषि क्षेत्रबाट नै पलायन भएका छन् । परम्परागत र निर्वाहमुखी कृषिमा परिवर्तन हुन नसक्दा कृषि क्षेत्रको अवस्था जहाँको त्यहीँ छ । धरान उपमहानगरपालिकाले पनि वडा नं ४, ५ र ६ मा पर्ने दानाबारी र पानबारी तथा
धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिकालाई स्थानीय, प्रदेश र संघले समेत पर्यटकीय स्थलको रुपमा लिने गरेको छ । अँग्रेजी महिनालाई लक्षित गरी भर्खरै सम्पन्न भएको भेडेटार खाना महोत्सव बढी भन्दा बढी पर्यटक भित्र्याउने र साँगुरीगढीलाई पर्यटकीय स्थल बनाउने उद्देश्यका साथ सम्पन्न भएको छ । तर यस्ता उद्देश्यलाई सामान्य भन्दा सामान्य कुराले समेत प्रभाव पार्ने गर्छ । सुनसरीको धरानजस्तै साँगुरीगढीलाई पनि पर्यटन प्रवद्र्धनको विकासमा खानेपानी समस्याले बाधा पु¥याउने निश्चित देखिएको छ ।पानी अभावकै कारण साँगुरीगढी गाउँपालिकाको गोलखाडी, आस्कोटमा खानेपानीको चरम समस्या छ । खानेपानी समस्याकै कारण उनीहरुको दिनच
बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका २ चतरामा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २ करोड २८ लाख भन्दा बढी मुनाफा भएको जनाएको छ ।संस्थाले शुक्रबार २४ औ बार्षिक साधरण सभा तथा २५ औं स्थापना दिवशका अवसरमा सो बराबरको नाफा भएको जनाएको हो । २०५५ सालमा स्थापना भएको सहकारीले शुक्रवार आफ्नो शेयर सदस्य , बचतकर्ता , सरोकारवालाहरुको उपस्थितिमा २४ औं बार्षिक साधरण सभा तथा २५ औं स्थापना दिवस सम्पन्न गरेको थियोे । संस्थामा ४ हजार ९ सय ८७ जना सदस्यहरु रहेका छन । संस्थाकोथा भरौल सेवा केन्द्र , महेन्द्रनगर सेवा केन्द संचालनमा रहेका छन् भने आगामी बर्षमा प्रकाशपुरमा समेत सेवा केन्
धरान /धरानस्थित पेन्सन वितरण कार्यालयले शनिवार आफ्नै हाताभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भारतीय राजदूतावास अन्तर्गतको पेन्सन वितरण कार्यालयले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चुलिदै गएको रगत अभावको परिपूर्ति गरी थोरै भएपनि विरामीलाई सहज होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा २ सय ८३ पिन्ट रगत संकलन भएको पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले बताए । उनले भने–‘हामीले मानवीय सेवा अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरेका हौ, भारतको आजादीको अमृत महोत्सव अन्तर्गतकै कार्यक्रम यो कार्यक्रम
धरान / जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकललाई नियन्त्रण गर्न थालेको छ । कार्यालयले स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकलले ध्वनी प्रदुषण गरेको भन्दै जनगुनासो आएपछि नियन्त्रण शुरु गरेको हो । प्रयास थालेयता कार्यालयले १ सय भन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिई त्यसमा प्रयोग गर्ने साइलेन्सर पाइप परिवर्तन गर्न लगाएको छ । कम्पनीले निर्माण गरेको साइलेन्सर पाइपलाई परिवर्तन गरी बढी आवाज दिने साइलेन्सर पाइप प्रयोगमा बृद्धि हुँदा अस्पताल, विद्यालय एरिया लगायतमा असर पुगेको गुनासो आएपछि नियन्त्रण शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी