धरान / धरान बास्केटवल संघको आयोजनामा फागुन ५ गते देखि हुन लागेको दोस्रो प्रदेश १ अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताका प्रविधिक टिमका लागि धरान ९ स्थित मेहेर कलेक्सनले दश थान जर्सी प्रदान गरेका छन । मेहेर कलेक्सनका सञ्चालक मेहेरलाल श्रेष्ठले आइतबार आफ्नै पसलमा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलाई करिव १५ हजार रुपैया वरावरको जर्सी हस्तान्तरण गरेका थिए । कलेक्सनले २०५८ साल देखि खेलकुदका सामग्री होलसेल र रिटेल गर्दै आइरहेको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा प्रदेश १ बाट पुरुष तर्फ १२ टिम र महिला तर्फ ८
दुहबी / सुनसरीको दुहबी नगरपालिका विकासको आधार कृषि, उद्योग, प्रविधि, पर्यटन, खेलकुद र व्यापरको उत्थान गर्ने मुल उद्धेश्यले दुहवी नगरपालिकाके १२ औं नगरसभा दुहबी नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।नगरसभालाई सम्बोधन गर्दै दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेलले नगरको बिकास र समृद्धिलाई सुशासन पारदर्शिता र समुन्नतिका अधार प्रस्तुत गर्ने बताइन । नगरसभामा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले हालसम्म भएका नगरका हरेक कार्यक्रम र प्रस्ताव सर्वसम्मत रुपमा पारित हुँदै आएकोमा कार्यपालिका र नगर सदस्यहरुलाई धन्यबाद दिए । कार्यपलिकाका सदस्यहरु, १२ वटै वडाका वडा अध्यक्षहरु सदस्यहरु
धरान / सुनसरीको धरान उपमहानगर पालिका २० लाई वेसारजोनको रुपमा विकास गरेर लाने धरान उपमहानगरपालिकाको योजना छ । सात वर्ष अगाडि त्यो क्षेत्रलाई बेसार जोन घोषणा गरिएको थियो । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा स्थानीय सरकार तथा व्यवसायीहरुले विष्णुपादुकालाई बेसार जोनको रुपमा विकास गर्ने योजना अगाडि सारेका थिए तर सोही अनुसार काम भने अगाडि बढ्न सकेन । साविकको विष्णुपादुका गाविस र अहिले धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुका अदुवा र बेसारको बढी खेती हुने स्थानको रुपमा लिइएको छ । विष्णुपादुकामा ३ सय ५० भन्दा बढी घरधुरी रहेका छन् । बेसारमात्र एक घरले वार्षिक रुपमा ८ देखि १० क्विन्टल उत्पादन गर्छ
धनकुटा / धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटामा खेलकुदको गतिविधिलाईलाई चलायमान बनाउँन सबै लाग्नुपर्ने बताएका छन् । उनले यसका लागि नगरमा खेलकुद गतिविधि बढाउन सम्बद्ध संघसस्थाहरुलाई आग्रह गरेका छन् । धनकुटामा सम्पन्न सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिता समापन कार्यक्रममा बोल्दै मेयर तामाङले गतिविधिलाई बढाउन विभिन्न संघ संस्थालाई आग्रह गरेका छन् । मेयर तामाङले खेलकुद विकासले मात्र समग्र नगरपालिकाको विकास हुने बताउँदै खेलकुदका गतिविधि बढाएर खेल पर्यटनको विकास गर्न सकिने बताए । उनले भने–‘खेलको गतिविधिलाई बढाए मात्र खेल पर्यटनको सम्भावना हुन्छ, खेलकुद गत
विजयपुर/ तीन महिनाभित्रमा निर्माण सम्पन्न गर्ने योजना लिएर धरान १५ सेउती बगरमा रिजर्ब ट्यांक र फिल्टर निर्माणको शनिबार शिलान्यास गरिएको छ । ४६ लाख लागत अनुमान गरिएको सो ट्याङ्की निर्माणका लागि हर्क साम्पाङ सपोर्ट कमिटी युकेले ३० लाख २३ हजार ६ सय २४ रुपैया सहयोग गर्ने भएको छ । ट्याङ्कीको शिलान्यास धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई र हर्क साम्पाङ सपोर्ट कमिटी युकेका सह संयोजक प्रेम लिम्बुले संयुक्त रुपमा गरेका छन् । भालुखोलाको पानी सञ्चित गर्ने उद्देश्यले गोर्खा वेल्फेयर ट्रष्टको प्राविधिक सहयोगमा ७५ हजार लिटरको ट्याङ्की रहने मेयर साम्पाङले बताए । अपुग रकम श्रमदान तथा निर्माण
धनकुटा / खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । संद्दीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको होे । नगरको सदरमुकाम जितपुर बजारको १६ किमी दक्षिणमा रहेको अरुण नदीबाट साढे सात किमी भर्टिकल लिफ्टिङ गरेर उक्त खानेपानी आयोजना सञ्चालनमा आउन लागेको हो । कूल लागतमध्ये १४ करोड बराबर ठेक्का भिमेश्वर आरयू मैनाली जेभी काठमाडौँले पाएको छ भने बाँकी रकमको काम उपभोक्तामार्फत हुनेछ । विसं २०७८ चैतमा सम्झौता भई निर्माणको ठेक्का पाएकोे जेभीले तोकेको समयमा काम
धरान / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले समाजसेवा गर्ने संस्थामा राजनीति गर्नु नहुने बताएकी छन् ।मन्त्री चौधरीले नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको ४८ औ जिल्ला सभाको उद्घाटनका अवसरमा बोल्ने क्रममा रेडक्रस जस्तो संवेदनशील संस्थामा राजनीति गर्नु नहुने बताएकी हुन् । मन्त्री चौधरीले रेडक्रसको केन्द्रीय कार्यालयमा अहिले गञ्जागोल भएको बताउँदै विशुद्ध सामाजिक संस्थामा लागेको यो संस्थामा यस्तो हुनु राम्रो नभएको बताइन् । उनले सामाजिक कार्यका लागि नेपाल सरकारले रेडक्रसलाई ठूलो अधिकार प्रदान गरेको बताउँदै रेडक्रसलाई ऐन, कानुनभित्र ल्याउन नसके विकराल अवस्था सिर्जना हुने बताइन् ।
धरान / हिन्दु वैदिक सनातन धर्ममा ब्रतबन्ध गरेपछिमात्र कर्म चल्ने मान्यता छ । तर यस्ता सामाजिक संस्कारहरु पछिल्लो समय खर्चिलो र भड्किलो हुँदै गएको छ । कम खर्चमा पनि गर्न सकिन्छ भन्ने मूल अभिप्राय बोकेर विगतदेखि नै विजयपुर आध्यात्मिक मञ्च सुनसरीले सामाजिक संस्कारभित्र पर्ने ब्रतबन्ध, छेवर र गुन्युचोली सामूहिक रुपमा गर्दै आएको छ । यस वर्ष भने मञ्चले ब्रतबन्ध मात्र गरेको छ ।सामाजिक संस्कारभित्र पर्ने ब्रतबन्ध, छेवर र गुन्युचोली हिन्दु धर्मालम्बीहरुका लागि अनिवार्य जस्तै छ । यी कर्म गरेपश्चातमात्र कर्म चल्ने मान्यता छ । तर सामान्य रुपमा गर्न सकिने यस्ता संस्कारहरु खर्चिलो र भड्किलो ढंगबाट हुन थालेप
झापा / झापाको मेचीनगर नगरपालिकामा निर्माणाधीन अस्पताल अहिले लथालिङ्ग अवस्थामा रहेको छ । नगरपालिकाको १० नं. वडामा निर्माणाधीन अस्पताल ठेकेदारले निर्माण कार्यलाई छोडेर भागेपनि दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको हो ।नगरबासी लगायत आसपासका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण सुरु गरिएको थियो । संघीय सरकारको २४ लाख लागतमा निर्माणाधीन अस्पतालमा १५ बेडको सुविधा सम्पन्न बनाउने योजना रहेको थियो । तर ठेकेदार नै भागेपछि भने जुन उद्देश्य लिएर अस्पताल निर्माण गरिएको हो त्यो हुन नसकेपछि स्थानीय तथा आसपासका सर्वसाधारण निराश बनेका छन् । यो अस्पताल निर्मणका लागि भूमि विपियल
धरान / पुष्प प्रवद्र्धनका लागि प्रदेश सरकारले कृषि सम्बन्धी नीति बनाए पनि धेरै लाई थाहा नभएको प्रदेश नं. १ का उद्योग, कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले बताएका छन् ।उनले प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन २०७७ नियमावली ०७८ बनेको प्रष्ट पार्दै यो ऐनले कुनै कृषक, सहकारी, उद्यमीले एक वर्ष केही सेवा सुविधा पाएमा मन्त्रालयबाट, कृृषि ज्ञान केन्द्रबाट, भेटनरी कार्यालयबाट तीन वर्षसम्म केही सुविधा नपाउने यो प्रावधान नयाँ उद्यमी बढाउने उद्देश्यले ऐन बनेको बताए । उनले यो नियमावली प्रदेश सांसदले बैठकबाट सर्वसम्मत सहमति गरेर बनाएको ऐन भएको बताए । भेलेन्टाइन डे नजिकिँदै जाँ