धरान । मासु व्यवसायीहरुले आफु खुशी मासुको मुल्य तोक्न थाले पछि धरान उपमहानगरपालिकाले केही दिन अघि जारी गरेको नयाँ मुल्य कार्यान्यवनका लागि आइतबार मासु पसलहरु अनुगमन गरेको छ । आइतबार (आज) देखि लागु हुने गरि गत शुक्रबार धरान उपमहानगरपालिकाले मुल्य समायोजन गर्दै नयाँ मुल्य सार्वजनिक गरेको थियो । मुल्य समायोजन कार्यान्यवनको विषयमा गरिएको अनुगमनका क्रममा अधिकांश मासु पसलहरुले नयाँ मुल्य कार्यान्यवन गरेको भेटिएको अनुगमन अधिकृत वेद प्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार धरान १७ रेल्वे, धरान १३, धरान १२ चतरालाइन लगायत विभिन्न ठाउँमा अनुगमन गरिएको थियो । केही पसलहरुमा समायोजन भन्दा बढी मुल्य पाइएको
धरान । कोरोनाको महामारीले अस्तव्यस्त बनाएको देशको अवश्थालाई पुरानै अवश्थामा फर्काउन कृषि पेशानै उत्तम विकल्प रहेको प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले बताएकी छिन् । विगत ७ महिना देखिको कोरोनाको महामारीले प्रभावित बनेका अन्य पेशाहरु उठ्नै नसक्ने गरि थलिएको बेला कृषिले देशकै अर्थतन्त्र उठाउनमा टेवा पुग्ने उनले बताईन् । सरकारले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षण गर्न लागु गरेको सहुलियत दरका ऋण तथा अनुदानलाई सही सदुपयोग गर्दै वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नु पर्ने सामाजिक विकाश राज्यमन्त्री गजमेरले जोड दिइन् । उनले शनिबार मोरङको बेलवारी ६ मा संचालन रहेको बोराबाद बंगर फार्
धनकुटा, २८ भदौ / डेढ वर्षदेखि विरामी भएर ओछ्यान परेका धनकुटाको चौबिसे गाउँपालिका–३ का ४० वर्षीय बोधराज ढुंगानालाई उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ । मेरुदण्डमा पलाएको ट्युमर र नसा च्यापिने समस्याको अप्रशेसन गराउँदा पनि सुधार नभई ओछ्यानमा परेका ढुंगानालाई स्वदेश तथा विदेशमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । लामो समयदेखि विरामी भएर ओछ्यान परेका ढुंगानाको उपचारमा समस्या भएको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा प्रशारण तथा प्रशासन भएपछि उक्त रकम जुटेको हो । हाल धनकुटा नगरपालिका–७ त्रिवेणीचोकमा डेरा गरी बस्दै आएका ढुंगानाको उपचारको लागि धनकुटाको साँगुरीगढी गाउँपालिका–५
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा आएका नयाँ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन केसीले कानुन संग सम्झौता नगरी काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन । इटहरीका पत्रकार संगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नयाँ डिएसपि केसीले भने, `यस अघिका प्रहरी प्रमुखहरूले के गर्नुभयो के गर्नुभएन त्यो थहा नभएको तर आफु रहुन्जेल राम्रो काम गरेर इटहरीवासीको मन जितेर बिदा हुनेमा बिस्वस्त छु।´ इटहरी भित्र रहेका मुख्य चुनौतिका बिषयहरू अध्ययन गरि अपराधिक गतिविधिलाइ हदै सम्म निर्मुल बनाउनेमा आफु कटिवद्ध रहेको पनि उनले बताए । प्रहरी कार्यालयलाइ सञ्चारमैत्रि बनाउन इटहरी क्षेत्रमा रहेर पत्रकारीता ग
धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा भालुढुङ्गा सामुदायिक वन उपभोक्ता समुहमा सखुवाको रुख कटान काण्डमा पक्राउ परेका ४ जनालाई सव डिभिजन वन कार्यालय धरानले छाडिदिएको छ । सखुवाको रुख कटान गर्न गएको आरोपमा धरान १९ का ४ जनालाई कार्यालयले विहिबार पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई धरान वडा नम्बर १९ का वडाअध्यक्ष पुर्ण प्रसाद लिम्बुको रोहबरमा छाडिएको हो । वडाअध्यक्ष लिम्बुले ४ जनालाई वन कार्यालयले चाहेको समयमा हाजिर गराउने भनि हस्ताक्षरण गरि जिम्मा लिएका हुन् । वन कार्यालयले शेरबहादुर तामाङ, काले भनिने गजेन्द्र लिम्बू, राम बहादुर तामाङ र राम प्रसाद मगरलाई पक्राउ गरेको थियो ।
विराटनगर । कोरोना रोग नियन्त्रणमा पूर्ण लकडाउनको साटो संक्रमण देखिएको स्थान केन्द्रीत नियन्त्रण गर्ने ‘रंगेली मोडेल’ को खुबै चर्चा भयो । रंगेलीमा एक्कासि धेरै संक्रमित फेला परेपछि नगरपालिकाले आफ्नै आईसोलेसन बनायो । अहिले संक्रमण शून्यमा झरेको छ । संक्रमित भएका १२२ जना नै निको भई घर फर्किसकेका छन । रंगेलीका मेयर दिलिप बगडिया भन्छन्,“पूर्ण लकडाउन र निषेधाज्ञा भन्दा पनि संक्रमण देखिएको स्थान केन्द्रीत गरी संक्रमण नियन्त्रणको उपाय अपनायौं ।” लामो समयको लकडाउन र निषेधाज्ञाबाट स्थानीय तह पछि हट्न थालेका छन । मोरङको पथरीशनिश्चरे नगरपालिकाले लकडाउन हटाएको छ । पथरीशनिश्चरेका मे
धरान भदौं २४/ विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामको लागि संघीय सरकराले जारी गरेको लकडाउनका कारण सबै व्यापार व्यवसाय प्रायः ठप्प छन् । कोरोनाको संक्रमण रोक्न संघीय सरकारले चैत ११ गते देखि लकडाउनको घोषणा गरेको थियो । संक्रमण समुदाय स्तरमा फैलदै गएपछि जिल्ला प्रशासन तथा स्थानिय तहले गरेका लकडाउन , निषेधाज्ञाका कारण व्यवसायी थप मारमा परेका छन् । लकडाउनको प्रभाव धरानको मासु व्यवसाय पनि परेको छ । जिल्ला प्रशासनले जारी गरेका निषेधाज्ञा को साउनको अन्तिम साता देखि मोडल परिमार्जित गरि विहानको समयमा व्यवसाय सञ्चालन गर्ने अनुमती दिए सगँ
रंगेली, भदौ २३ बिगत लामो सयमदेखि जिल्लामा मलको हाहाकार नै छ। जिल्लाकै प्रमुख बालिको रुपमा रहेको धान खेतीका लागि युरिया र डिएपी मल नपाएर यतिबेला कृषकहरू छटपटाई रहेका छन्। सप्रिरहेको धान खेतका लागि युरिया मल आवश्यक पर्ने कृषि प्राविधिकहरु बताउँछन्। तर लामो समयको लकडाउन र ठेकेदारको बेइमानीले सरकारले माग अनुसारको मलको आपूर्ति गर्न सकिरहेको छैन। माग भएको अत्यन्तै न्यून मात्रामा जिल्लामा मल पठाईने गरिएको छ। सरकारी अनुदानमा आएको मलमा पनि कृषि सहकारीका रजाई हुने गरेको छ। यस्तै मोरङको रंगेली नगरपालिका ९ बेल चोकमा रहेको त्रिमुर्ति सहकारीले आफ्ना सदस्य किसानहरूका लागि भनेर खरिद गरेको मलमा अनियमित
धनकुटा, २४ भदौ ÷कोरोना भाइरसको महामारीमा समेत अग्रभागमा रहेर काम गर्ने ट्राफिक प्रहरीहरुलाई धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले फेस सिल प्रदान गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बच्नको लागि धनकुटामा कार्यरत ट्राफिक प्रहरीहरुलाई उद्योग वाणिज्य संघले फेस सिल सहित सुरक्षित सामग्रीहरु वितरण गरेको छ । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सई सुरेन्द्र खड्का सहित त्यस कार्यालयमा कार्यरत ७ जना ट्राफिक प्रहरीहरुलाई फेस सिल, माक्स, सेन
धनकुटा, २४ भदौ/ सल्लेरी साहित्य सङ्गम धनकुटा र राईटर ईन्टरनेशनल (युएसए) को संयुक्त आयोजनामा आयोजित बृहत अनलाइन गजल प्रतियोगितामा ललितपुरका चिरन्जीवी सिग्देल प्रथम भएका छन् । प्रतियोगितामा बाराकी सरु बस्नेत द्वितीय, झापाका हरी पराजुली तृतीय घोषित भएका छन् । त्यस्तै प्रोत्साहन पुरस्कार ओखलढुङ्गाका छिरिङ् शेर्पा अविरल र धनकुटाका सुर्य चापागाईले प्राप्त गरेका छन् । मोती जयन्तीको अवसरमा आयोजना गरिने भनिएको प्रतियोगिताको मिति राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनका कारण सारिएको थियो । अग्रज गजलकार पुष्प अधिकारी अञ्जलीको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन भएको थियो । जसमा स्थापित गजलकार मधु प