धरान / ड्रागन फल स्वाथ्यको लागि लाभदायी मानिन्छ । यो सिउडी प्रजातिमा पर्दछ । विदेशबाट आउने गरेको ड्रागन पछिल्लो समय नेपालमै उत्पादन गर्न थालिएको छ । सुरुमा यसको खेती दक्षिण अमेरिकाको मेक्सिकोमा भएको मानिन्छ । अहिले यो फल दक्षिण एसियाका देशहरु भियतनाम, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशहरुबाट नेपाल भित्रिने गरेको छ । तर पछिल्लो समय नेपालमै कृषकहरुले ड्रागनको खेति गर्न थालेपछि नेपालमा उत्पादन भएको यो फलको माग अत्यधिक रहेको छ । विदेशमा उत्पादन भएका ड्रागनभन्दा नेपालमा उत्पादन भएको ड्रागन गुणस्तरीय, स्वादिलो भएकै कारण कृषकहरु यसतर्फ आकर्षित हुँदै गएका छन् । धरान ५ ठिंगाबारीका दुई दाजुभ
मोरङ / मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा निरन्तर रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो । ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि महानगरले पार्किङ हटाएको हो । सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैंले हटाएको थियो । कारबाहीमा परेका सवारी साधनलाई ट्र
धरान / कार्यपालिकाको पहिलो बैठकबाट विवाद देखिएको मेयर र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यको विवाद केही समय साम्य भएपनि पुन: मेयर हर्क साम्पाङको दम्भका कारण पुन:बल्झिएको छ । फागुन २९ गते मेयरका स्वकीय सचिव सुदर्शन लिम्बुले नगरपालिकाको प्याड प्रयोग गरी वडामा सम्पन्न भएका योजना तथा सम्पन्न भएको सूची माग गरेपछि वडाध्यक्ष र कार्यपालिका सदस्य मेयर साम्पाङप्रति आक्रोसित बनेका थिए । यही विषयमा चैत्र १ गते बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङले गल्ती नस्वीकारिसकेपछि वडाध्यक्षहरुले पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलन चर्काएका थिए । विवाद चर्किदै गएपछि सात राजनीतिक दलले समेत मेयर साम्पाङको
मोरङ / बिराटनगर १४ स्थित एस्पायर कलेजका ब्याचलर इन प्रोफेस्नल हस्पिटालिटीमा अधयनरत बिद्यार्थीहरुले पुर्वान्चल बाल सेवा आश्रमका बाल बालिकालाई खाना खुवाएका छन् । विद्यार्थीहरु आफैले खाना तयार पारेर आश्रममा दिवा भोजन खुवाएका हुन् । सो अवसरमा उनीहरुले बालबालिकालाई मनोरञ्जन समेत प्रदान गरेका थिए । विद्यार्थी अरबिन्द नायक नेतृत्वको समुहले खाना तयार पारेको थियो भने लिजा खतिवडा नेतृत्वको समुहले मनोरञ्जनका विभिन्न गतिविधिहरु नृत्य , विभिन्न खेलको आयोजना गरेको थियो । सो अवसरमा आश्रमकी संरक्षक आमा सीता पोखरेलले मुट्ठी दानबाट सुरु भएको आश्रम सहयोगीकै भरमभा विगत ३० वर्ष देखि सञ्चालन भएको बताएकी थिइन्
मोरङ / विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेका छ ।शुक्रबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखीकरणसँगै शुभकामना दिएको हो । स्कुलले परीक्षामा सामेल हुने १ सय ५ जना विद्यार्थीलाई परीक्षामा सामेल हुनेदेखि परीक्षाको मर्यादा कायम गर्ने, परीक्षामा दिएको प्रश्नहरुको हल कसरी गर्ने लगायतको विषयहरुको स्कुलले अभिमुखीकरण कार्यक्रममा सिकाएको थियो । उनीहरुलाई स्कुलका प्रिन्सिपल त्रिलोचन गौतम, भाइस प्रिन्सिपल रोहिणी रमण दवाडी र शिक्षक कुलचन्द्र प
इटहरी / सुनसरी– १३ औं संस्करणको इटहरी गोल्डकपको उपाधी सगरमाथा युथ क्लब मोरङगले जितेको छ । इटहरी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा चर्च व्बाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधी उचालेको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछी खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । चर्च ब्वाइजका फ्रेकलिंग तल्ला, रञ्जीत पाण्डे, मिलन राई, बिदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसोको प्रहार गोलमा परिणत भए पनि मनोज राइको प्रहार आकाशिएको थियो । सगरमाथाका अभिषेक लिम्बु, मेसुके ओलामावस, स्टेफिन बिनोंग, राजीव लोप्चन, म
धरान / धरानमा चैते दशैको उपलक्ष्यमा धरान २ माछा भौडीमा कविहरुको जमघट भयो । २२ जना सहभागी कविहरुले पालै पालो कविता वाचन गरे । कविताको भाव पहिचान, विद्रो र प्रेमभावसँग सम्बन्धित थियो । उनीहरुले प्रस्तुत गरेका कवितामा यी तीन कुरा विशेष रुपले आवाजको रुपमा उठाएका थिए । यो जमघटको अवसर भानु क्लब भेट्रान्सले जुराई दिएको थियो । कविहरुले प्रस्तुत गरेको कवितामा देशकाल परिस्थिति, प्रेम, पहिचान, पर्यावरणीय र मुन्धुममा आधारित बिम्ब, मिथक र प्रतीकले सुसज्जित कवितामा केन्द्रित थियो । कविहरु देवान किराँती, राज माङ्लाक, प्रदीप मेन्याङ्बो, इन्दु योन्जन, राज आशातित, विशाल नाल्बो, विवेक विवश रेग्मी, क
धनकुटा / सु्ख्यायाम लागेसँगै धनकुटामा खानेपानीको समस्या चुलिने गरेको छ । विभिन्न कारणले खानेपानीको मुहान सक्दा धनकुटाका स्थानीय बर्षेनी खानेपानी समस्या भोग्न बाध्य छन् । कतै घण्टौ खानेपानी खोजेर जोहो गर्नुपर्ने अवस्था छ भने कतै पाँच ६ दिनसम्म पालो पर्खेर बस्नुपर्ने अवस्था छ । धनकुटाको चौवीसे, सहीदभूमि, साँगुरीगढी, छथरजोरपार्टी लगायतका स्थानीय पालिकामा खानेपानीका लागि स्थानीयले धेरै सास्ती भोग्नु पर्ने बाध्यता छ । हिउँद लागेसँगै खानेपानी समस्या हुँदा पानी खोज्न टाँढाटाँढा सम्म जानुपर्ने बाध्यता छ । तुलनात्मक रुपमा सदरमुकाम धनकुटा, पाख्रीबास, महालक्ष्मी नगरपालका लगायतको पालिकामा खाने
धरान / वित्तिीय संस्थाहरुले ठगी गरेको भन्दै विरोधमा उत्रिएका दुर्गा प्रसाईले वित्तीय संस्था विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।धरानमा आयोजित कार्यक्रममा उनले सबैलाई यसका विरुद्ध चैत्र २४ गते बन्द गर्न आग्रह गरे । वित्तीय संस्थाहरुमा सबै फटाहा रहेको बताउँदै व्यवसायी तथा सर्वसाधारण सबैलाई चर्को व्याजदरले ढाँड सेक्ने काम गरेको बताए । कोणसभामा बोल्दै प्रसाइले भने–‘वित्तीय संंस्थाको विरोधका हामीले चैत्र २४ गते नेपाल बन्द गरेका छौं, धरान बन्द भएको मैले सुन्न पाउँ ।’ उनले यसका विरुद्धमा चरणबद्ध आन्दोलन गर्ने बताउँदै २४ गतेपछिको अर्को चरणको आन्दोलन चर्काउने चेत
धरान / धरान– ९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले एमविविएस इन्ट्रास पास गर्ने आफ्ना विद्यार्थी र अभिभाबकलाई सम्मान गरेको छ । नेपाल सरकार, चिकित्सा सेवा आयोगद्वारा प्रकाशित एमविविएसको प्रवेश परीक्षा नतिजामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी तथा तिनका अभिभावकहरूलाई विद्यालयले विहिबार सम्मान गरेको हो । विष्णु मेमोरियलबाट एमविविएसकोे प्रवेश परीक्षामा अधीश खतिवडाले ११ औं स्थान र विक्रान्त गुरागाईँले २०२ औं पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका थिए । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष बेनिन्द्र कटवालले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू तथा