समाज

    Showing 4,761-4,770 of 5,297 items.
  • कोरोना संक्रमणबाट इलाममा पहिलोपटक एकको मृत्यू

    इलाम / कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यूू भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको इलामको यो पहिलो घटना हो । मृगौला सम्बन्धी विरामी भई नोवेल अस्पतालमा उपचारत सुर्योदय नगरपालिकाका वडा नं ८ की ८ वर्षीया बालिकाको चार दिनअघि कोरोना पुष्टि भएको थियो । अस्पतालबाट घर ल्याउँदै गरेको अवस्थामा राती साढे ११ बजे बालकको बाटोमै मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।बालिकाको नेफ्रोटिक सिन्ड्रोमको उपचार भईरहेको थियो । असोजको ६ गतेबाट उपचारको लागि विराट नर्सिङ होममा राखिएको ती बालिकामा ५ दिन अघि कोरोना संक्रमण देखिएको थियो । थप उपचारको लागि भेन्टिलेन्टर नपाएपछि उनलाई घर ल्याउने क्र

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 605 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • बाढी पहिरो पीडित परिवारलाई खाध्यान्न सहित आर्थिक सहयोग

    धनकुटा / धनकुटाको साँगुरीगढी गाँउपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाध्यान्न सहित आर्थिक सहयोग राहत स्वरुप वितरण गरिएको छ । सो गाँउपालिकाको वडा नं. १, २ र ७ का ४१ घरपरिवारलाई खाध्यान्न सामग्री सहित आर्थिक सहयोग वितरण गरिएको हो । यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटा र साँगुरीगढी गाउँपालिकाको व्यवस्थापनमा वितरण गरिएको हो । प्रति पीडित परिवार ५०÷५० केजी चामाल, ४÷४ लिटर तेल, ३÷३ केजी नुन, ३÷३ केजी चिनी, ५÷५ केजी दाल र २÷२ हजार नगद आर्थिक सहयोग प्रदान गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले बताए । यस वर्षको अविरल वर्

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 998 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • न्यायिक समिति सुझाव पेटिका वितरण

    धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिकाले गाउँपालिका र न्यायिक समितिले प्रदान गरेको सेवा प्रवाहमाथि नागरिकको गुनासो सुनुवाई गर्न न्यायिक समिति सुझाव पेटिका वितरण गरेको छ । गाउँपालिका र न्यायिक समितिले सम्पादन गरेका कामको विषयमा गाउँपालिकाबासीको कुनै गुनासोहरु भए सुझाव दिनको लागि नागरिकहरुलाई सहजता पु¥याउने उद्देश्यले सबै वडामा सुझाव पेटिका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । उनले भने–‘भौगोलिक विकटताका कारण कतिपय नागरिकहरुको गाउँपालिका वडा न्यायिक समितिसम्म पुगेर आफ्नो गुनासो पोख्ने पहुँच नहुन सक्दछ । त्यसैले आफुलाई लागेको गुनासो वा सुझाव भए सम्बन्धित वडामा राखिए

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,179 पटक पढिएको
    • " सन्तोष रुचाल"
  • घरमै पुगेर ह्वील चेयर बितरण

    बेलबारी । मोरङको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले अपाङगता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सहायक सामाग्री ह्वील चेयर बितरण गरेका छन । बिहिबार बेलबारी मेयर सुवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर बितरण गरेका हुन । बेलबारी–८ को रणपाल आधारभूत विद्यालयमा विष्ट शिक्षक हुन । उनी श्रीमती अस्मिता विष्टको सहारामा बिद्यालयमा जाँदा आउने जाने गर्छन । एउटा पुरानो भइसकेको ह्वील चेयर थियो, पदमकी श्रीमती अस्मिताले भनिन, ‘अहिले नगर प्रमुख आफैले खोज्दै आएर दिनु भएको छ यसले ठुलो राहत भएको महशुष गरेकी छु ।’ ह्वील चेयरमै बसेर विभिन्

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 534 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मापदण्ड पालना नगर्ने ब्यवसायीको पसल नै शिल गरीयो

    इटहरी । चाडपर्व नजिकिएसंगै उपभोग्य बस्तुको मुल्यमा एकरूपता नभएको ब्यापक जनगुनासो पछि इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाइ तिब्रता दिइएको छ । पटक पटक सम्झाउदा पनि अटेर गर्दै म्याद गुज्रिएको सामान बिक्री गर्ने एक किराना पसललाइ शिल गरेको छ । केहि समय अघि अखाद्य बस्तु सहित म्याद गुज्रिएका सामग्रीहरू भेटिएपछि चेतावनी दिदै छोडिएको इटहरी १२ खनार स्थित बिक्रम किराना पसलमा शुक्रबार अनुगमन गर्दा पुनः पुरानै सामग्री भेटिएपछि पसल शिल गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन । खनारका स्थानीय मंगल चौधरीले सञ्चालन गरेको उक्त पसलबाट म्याद गुज्रीएको घ्यु, बिस्कुट, तेल, बेसार लगायतका खाद्यान्

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 842 पटक पढिएको
    • "तेजबहादुर बन "
  • भोजपुर जोड्ने दुधकोशीमा पुलको शिलान्यास

    सुनसरी । मोटरेबल पुल नहुँदा लामो समयदेखि सास्ती भोग्दै आएका भोजपुरका हतुवागढीका स्थानीयवासी चुहारमा पुल बन्ने भए पछि उत्साहित बनेका छन् । प्रदेश सरकारको बजेटमा भोजपुरको हतुवागढी–९ हसनपुर चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैली जोड्ने पक्की पुलको शिलान्यास गरिएको छ । प्रदेश सरकारको २१ करोड २३ लाख १२ हजार ४ सय ७ रुपैयाँ लागतमा दूधकोशी नदीमाथि बन्ने पुलको सोमवार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका हुन् । पुल निर्माणले हतुवागढीसँगै समग्र जिल्लाकै विकार र समृद्धिमा टेवा पुग्ने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । पुल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री राईले

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 991 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ स्तरीय कृषि थोक बजार झारले पुर्यो

    विराटनगर । प्रदेश सरकारलाई घर आँगनकै सरकार भनिन्छ । विकासप्रति जनताको अपेक्षा यही सरकारसंग धेरै छ । अझ प्रदेश १ सरकारले त विकास र कृषि क्षेत्रलाई ठूलो प्राथमिकता दिएको छ । तर सरकारले कृषिसंग सम्बन्धित एउटा संरचना नै संचालन गर्न सकेको छैन । आफ्नै संरचना समेत सही ढंगबाट परिचालन गर्न नसक्दा प्रदेश सरकार अधिक आलोचनाको सिकार भएको छ । संघीय सरकारले हस्तान्तरण गरेको कृषि थोक बजारको संरचना चुस्त ढंगले संचालन गर्न प्रदेश १ सरकारले स्थानीय तहहरुलाई समेत विश्वासमा लिन सकेन । फलतः प्रधानमन्त्री केपी शर्मा ओली आंफै विराटनगरमा आएर हस्तान्तरण गरेको कृषि थोक बजारलाई झारले छोपेको छ । प्रदेश सरकारले विराटनगर म

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 771 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अलैचीको अध्ययन गर्ने संस्थान आलुको विउ उत्पादन गर्दै, किसान चिन्तित

    इलाम । आलुको विउ उत्पादन गर्ने मुख्य कामका लागि इलामको जौबारीमा वागवानी विकास केन्द्र स्थापना भएको छ । जसको प्रमुख काम नै आलुको बिउको उत्पादन गर्ने हो । कृषिका अन्य बालीका लागि जिल्लै पिच्छे कृषि विकास कार्यालयहरु छन् । तर, मुलुकको एउटा मात्रै अलैचीका लागि स्थापना भएको कार्यालयले भने मुल काम छाडेर अन्यत्र लागेकाले अलैची खेतीको विकास विस्तार र अनुसन्धानको काम आझेलमा पर्ने चिन्ता थपिएको छ । अलैचीको विकास, संरक्षण र अलैचीका जातहरुको बारेमा अध्ययन गर्न स्थापना भएको एक मात्रै कार्यालय अलैची विकास कार्यालयले भने अलैची छाडेर अन्य खेतीको बिऊ उत्पादनमा लागको छ । अलैचीको भाउ घटेसंगै अलैचीको विरुवाको मा

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 632 पटक पढिएको
    • " भगीरथ भण्डारी "
  • मृगौला पिडितलाई आर्थिक सहयोग

    धनकुटा/ दुवै मृगौला फेल भएर थलिएकी गोमादेवी श्रेष्ठलाई ७२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । धनकुटा नगरपालिका–७ घर भएकी ४८ वर्षिया श्रेष्ठको उपचारमा सहयोगका लागि धनकुटा बजारका केही व्यवसायीहरुद्धारा संकलित रकम प्रदान गरिएको हो । उनको करिब ६ महिना अघि दुवै मृगौला फेल भएका थियो । सामान्य परिवार रहेको श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिलेसम्म परिवारले उपचार गरिरहेको थियो । उपचारको क्रममा हालसम्म ५ लाख भन्दा बढी खर्च भईसकेको छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रेष्ठ परिवारको तीन छोरी र एक छोरा रहेको छ । तर अहिले आएर आर्थिक अभावका कारण श्रेष्ठको उपचारमा समस्या देखिएकाले रकम स

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 652 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • दशैंको किनमेल जोगबनीमा गर्ने ? १४ दिन क्वारेटाइनमा

    विराटनगर । विराटनगरमा नेपाल–भारत सीमाको ढाट खुलेको छैन । मालबाहक गाडी र प्रक्रिया पुर्याएर आउने जाने नागरिक बाहेकलाई आउँजाउँमा पूर्णत बन्देज लगाइएको छ । तर, दशैंको बहाना बनाएर सुरक्षाकर्मीको आँखा छल्दै खुला सिमाना र छोटी नाकाबाट सुटुक्क भारतको जोगबनी गई किनमेल गर्ने क्रम भने बढेको पाइएको छ । यसले कोरोनाको हटस्पट बनेको बिहार क्षेत्रबाट प्रदेश १ को राजधानी विराटनगर र ग्रामीण भेगमा समेत संक्रमण अझ फैलने जोखिम बढेको छ । मुख्य नाकामा ढाट लगाएपनि चोरबाटोबाट मानिसहरु जोगवनी गई किनमेल गर्न थालेपछि स्थानीय प्रशासनले जुक्ति लगाएको छ ‘पारिबाट आउनेलाई नाकामै समाउने अनि १४ दिने क्वारेन्टाइनमा

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 727 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved