धरान । बडादशैंको आज चौंथो दिन पनि सुरक्षित रुपमा नजिकका आफन्तकहाँ पुगेर टीका र जमरासहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ । यो क्रम आश्विन शुक्ल पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले भने, हाम्रा चाड पर्व, तिथि, श्राद्ध चन्द्रमास अनुसार मनाइन्छ, यसैले अहिले कोजाग्रत पूर्णिमासम्म कोरोना भाइरस सङ्क्रमण नफैलने गरी सुरक्षित रुपमा टीका ग्रहण गर्न शुभ छ, सौरमास अनुसार कात्तिकमा दशैं परेको यो पहिलोपटक होइन, यस वर्षमात्र किन यसरी हल्ला गरियो रु यसको खोजी गर्नु जरुरी छ, भ्रमको पछि नलागौँ ।’
धरान, कोरोना महामारीक बीच पनि धरानमा फूलपाती भित्र्याइएको छ । धरान १४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा फूलपाति भित्र्याएसंगै अब सर्वसाधारणको घर घरमा दशै भित्रिएको आभाष भएको छ । विगत बर्षहरुमा हर्षोल्लासका साथ भित्र्याइने गरिएको फूलपाति यस बर्ष भने कोरोना महामारीका कारण दन्तकालीका पूजारीले मात्र फूलपाति भित्र्याइएको हो । विगतका बर्षहरुमा नेपाली सेना, सशस्त्र प्रहरीको बेण्डबाजासहित सर्वसाधारणको उल्लेख्य उपस्थितिमा फूलपाति भित्र्याइए पनि यस बर्ष भने फुलपाति भित्र्याउदा न्यून संख्यामा उपस्थित रहेका सर्वसाधारणलाई दन्तकाली मन्दिर परिसरभित्र प्रवेशमा रोक लगाएका कारण गेट बाहिरबाट नै पूजाआजा गर्न दिइ
धरान । कोरोना उपचारमा लापरवाही हुनुका साथै कोभिड अस्पतालमा ब्यबस्थापन कमजोड रहेको गुनासो बढदै गए पछि धरानका प्रदेश सभा र संघीय सभामा निर्बाचित जनप्रतिनिधिहरुले बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरानका पदाधिकारी हरु सङ स्पष्टीकरण मागेका छन् । सुनसरी क्षेत्र १ का संघीय सांसद जयकुमार राई सहिर प्रदेश १ का सभामुख समेत रहेका क्षेत्र नम्बर १ क बाट निर्वाचित सांसद प्रदिप कुमार भण्डारी, ख बाट निर्वाचित भिम आचार्य सहित समानुपातिक सदस्य उमिता बराइली र सावित्री श्रेष्ठको टोलिले कोरोना उपचारमा भैरहेको समस्याको बारेमा चासो राख्दै स्पष्टीकरण मागेका थिए। टोलिले प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र ग
बराहक्षेत्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले बराहक्षेत्र ५ का विभिन्न स्थानहरूमा सेनिटाइज गरेको छ । स्थानीय सरकार मौन बसिरहेको आरोप लगाउदै नेबि संघले शुक्रबार साबिक भरौलको मुख्य स्थान कालाबंजरमा सेनिटाइज गरेको नेपाली कांग्रेस बराहक्षेत्रका नगर प्रबक्ता जगतबहादुर कार्कीले बताए । बराहक्षेत्रमा रहेका नेबि संघ आबद्ध सक्रिय युवाहरूको अगुवाइमा कालाबंजरका सार्वजनिक स्थानहरु विधालय, वडा कार्यलय, स्वास्थ्य केन्द्र, बैंक तथा कालांबजर चोकमा सेनिटाइज गरिएको नेबिसंघ जनता क्याम्पसका इकाइ सभापति सहदेब काफ्लेले जानकारी दिए । बराहक्षेत्र ५ निवासी काफ्लेले भने, कोरोनाकहरमा स्थानीय सरकारले
विराटनगर÷ विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई तिव्र बनाएको छ । नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रूपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतना मुलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सुरू गरेको हो । नेपाल स्काउटले विराटनगरमा कार्तिक २ गतेदेखि अभियान सुरू गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा सामुदाय स्तरमा तिव्र रूपमा संक्रमण फैलिएको सहरमा अहिले स्काउटले स्वास्थ्य सचेतना अभियान सँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्रीहरू सर्वसाधरणलाई बितरण गर्दै आएको छ । विराटनगरक
धरान/ प्रदेश नं १ का आन्तरिक मामलिा तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार भएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्री कार्कीले आफ्नो फेसबुक पेज माफर्त जानकारी दिएका छन् । उनले आफ्नो फेसबुक पेज मार्फत यसअघि पनि कन्ट्याक ट्रेसिङको आधारमा असोज २९ गते परिक्षण गदो रिपोर्ट नेगेटिभ आएको र त्यसबेला सामान्य रुघाखोकी लगायत असर भएको र आफु आईसोलेटड भएरै बसेको जानकारी दिएका छन्। संक्रमण पुष्टि भए पनि स्वास्थ्य अबस्था सामन्य रहेकाले उनि बिराटनगर स्थित आफ्नै निवासमा होमआइशोलेसनमा बसेका छन् । साथै उनले आफ्नो निकट सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपन
धरान/ बडादशैँ अन्तर्गत नवरात्रको सातौँ दिन अर्थात आज घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि न
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका ११ जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।प्रहरी दिवशको अवसर पारेर विभिन्न क्षेत्रमा रही योगदान पुर्याउने ति व्यक्तिहरुलाई सुनसरी प्रहरीले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा अपराध अनुसन्धान तर्फ सहयोग गर्नेहरु इनरुवा नगरपालिका–३ का रोहित निरौला, भोक्राहा नरसिंह गाउँपालिका–७ का रमेश यादव, इनरुवा नगरपालिका–३ का जिनियस निरौला रामधुनी नगरपालिका–१ कि रुमा रिजाल र इटहरी उपमहानगरपालिका वडा न–६ का जिवन पराजुली रहेका छन् भने निर्माण तर्फ सहयोग गरेकोमा सुनसरीबाट परवेज आलम, इनरुवा नगरपालिका&ndash
धनकुटा/ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् धनकुटा ईन्चार्ज हेमराज भण्डारी सहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् । नेकपा नेता भण्डारी सहित चौबिसे गाउँपालिका–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी चौबिसे गाउँपालिकालाई प्रदान गरेका हुन् । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा घर भएका नेता भण्डारी पहिलो संविधानसभाका सदस्य समेत हुन् । भण्डारी सहित लिम्बू, राई र बराईली पनि काठमाडौं बस्दै आएका छन् । उनीहरुले आफ्नै लगानीमा करिब १३ लाख मूल्यको एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन् ।
इलाम / कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यूू भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको इलामको यो पहिलो घटना हो । मृगौला सम्बन्धी विरामी भई नोवेल अस्पतालमा उपचारत सुर्योदय नगरपालिकाका वडा नं ८ की ८ वर्षीया बालिकाको चार दिनअघि कोरोना पुष्टि भएको थियो । अस्पतालबाट घर ल्याउँदै गरेको अवस्थामा राती साढे ११ बजे बालकको बाटोमै मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।बालिकाको नेफ्रोटिक सिन्ड्रोमको उपचार भईरहेको थियो । असोजको ६ गतेबाट उपचारको लागि विराट नर्सिङ होममा राखिएको ती बालिकामा ५ दिन अघि कोरोना संक्रमण देखिएको थियो । थप उपचारको लागि भेन्टिलेन्टर नपाएपछि उनलाई घर ल्याउने क्र