इलाम / पर्यटकीय गन्तव्यका लागि परिचित इलामको सन्दकपुर गाउँपालिकामा पर्यटन प्रवर्धन गर्न महोत्सव आयोजना गरिने भएको छ । ‘एकीकृत पर्यटनको प्रवर्धन र विकास, समृद्ध राष्ट्रनिर्माणको सघन निकास’ नारासाथ महोत्सवको आयोजना गरिएको हो । चैत २४ देखि वैशाख १० सम्म विभिन्न कार्यक्रम आयोजना गरी ‘प्रथम सन्दकपुर महोत्सव’ तय गरिएको छ । महोत्सवमा नयाँ वर्षको दिन (वैशाख १) म्याराथुन प्रतियोगिता आयोजना गरिएको छ । पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथुन प्रतियोगिता सञ्चालन हुने भएको हो । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथुन आयोजना गरिएको छ । पुरुषत
दुहवी/ईलाका प्रहरी कार्यालय दुहबीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई १० बर्ष पछी पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीको २०६९÷०१÷३१ गतेको फैसला आदेशले १० बर्ष कैद सजाय फैसला भएका साबिक औरावनी गाउ बिकास समिति हालको गढी गाऊँपालिका–२ का ३५ बर्षीय बिटोसन भनिने बिमल कुमार चौधरीलाई चैत्र २० गते गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको कैद सजाय भुक्तानको लागी झुम्का कारगार पठाएको छ ।
धनकुटा / पछिल्लो समय टर्नेल खेति कृषकका लागि आम्दानीको दह्रो स्रोत बनेको छ । कृषकहरु टर्नेल खेतितर्फ आकर्षित भएपछि कृषि सम्बन्धी विभिन्न निकाय र स्थानीय तहहरुले कृषकहरुलाई सहयोग पु¥याउँदै आएका छन् । सहयोग नपाउनेहरुले पनि आफ्नै लगानीमा धमाधम टर्नेल खेति गर्न थालेका छन् । धनकुटामा पछिल्लो समय कृषहरु टर्नेल खेतितर्फ आकर्षित हुन थालेका छन् । विभिन्न संघ संस्था, कृषिसँग सम्बन्धित कार्यालयहरुले टर्नेल वितरण गरेर टर्नेलमा खेति गर्न सिकाएसँगै कृषकहरुको टर्नेल खेतितर्फ आकर्षण बढेको हो । थोरै ठाउँमा थोरै मेहनत गर्दा बढी आम्दानी हुने भएकोले कृषकहरु टर्नेल खेतितर्फ आकर्षित बनेका हुन् । यो टर्नेल
धरान / पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानलाई अगाडि बढाउँदै केन्द्रसँग नबाझिने ढंंगबाट आफ्नै शिक्षा नियमावली बनाएर जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएको छ ।गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि नयाँ शिक्षा ऐन जारी गर्दै यस्तो बाध्यत्मककारी नियम लागु गरेको हो । गाउँपालाले पालिकाले तयार गरेको शिक्षा ऐन २०७९ को दफा ९२२० मा यो व्यवस्था गरिएको छ । नियम लागु गर्न गाउँपालिकाले सार्वजनिक सूचनामार्फत जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भ
धरान/तीनमहिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले स्थानीय सरकार धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।धरानका सामुदायिक विद्यालयमा कार्यरत पेशागत संघसंगठनमा आवद्ध तीन संगठनले धरान उपमहानगरपालिकाको शिक्षा शाखामार्फत् नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।मंगलबार पेशागत संघ संगठनसँग आवद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत नेपाल शिक्षक संगठनका धरान नगर कमिटीहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । नेपाल शिक्षक संघका तर्फबाट अध्यक्ष आशबहादुर राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष बुद्धसागर सुवेदी र एकीकृत नेपाल शिक्षक संगठनबाट बरि
धरान/धरान १४ विजयपुरको एक घरमा राखेको परालमा आगलागी भएको छ । धरान १४ विजयपुरस्थित नयाँ टोलमा रहेको लक्ष्मी श्रेष्ठ र गोपी तिम्सिनाले राखेको परालको थुप्रोमा आगलागी हुँदा ४० हजार बराबरको क्षति भएको धरान उपमहानगरपालका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । यता परालधनीहरुले भने आगलागीको कारण खुल्न नसके पनि केटाकेटीले सलाइ वा लाइटर खेलाउने क्रममा आगो लगाएको हुनसक्ने अनुमान गरेका छन् । पराल धनी विजय तिम्सिनाले आगो चाडो नियन्त्रण नभएको भए घरमा समेत ठूलो क्षति पुग्ने अवस्था रहेको बताए । उनले धरान उपमहानगरपालिकाको दुई वटा दमकलले आगो नियन्त्रणमा लिएको बताए । लामो समयेखि पश
धनकुटा /धनकुटा बजार क्षेत्रमा रहेको विद्युतको नाङ्गो तार हटाउन सुरु गरिएको छ । विद्युत लाइन विस्तारका गर्नक्रमा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको छ । नाङ्गो तारका कारण बजार क्षेत्रमा जोखिम हुने सम्भावना भएकाले मंगलबार देखि पहलिो चरणको काम सुरु गरिएको विधुत प्राधिकरण धनकुटाका प्रखमु प्रलाद पोखरेले बताएका छन । मदनचोकदेखि परिचयमोड सम्मको तार फेर्ने काम भइरहेको छ । पोखरेललेका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरु राखिएर बाहिरी कभर लगाउको हुने भएकाल छुँदा करेन्ट नलागने भएपनि तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको
आज महावीर स्वामी जन्म जयन्ती, हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा यो जन्म जयन्ती मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए । महावीर स्वामीलाई जैन धर्मका २४ औं तीर्थकर तथा भगवान्का रुपमा पूजा गरिन्छ । त्यसैकारण यस दिन भगवान् महावीरको शोभा यात्रा निकालिन्छ, जसमा जैन धर्मका अनुयायीहरुको ठूलो सहभागीता रहन्छ । तर यसपटक कोरोनाका कारण आफ्नै घरमा उनीहरुले पूजा गर्नेछन् । वर्द्धमान महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाँउ नाजिकको कुन्द ग्राममा ५९९ ईसा पूर्वमा भएको थियो। वर्द्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसि
मोरङ / विराटनगर महानगरपालिकाले लागु गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रुपमा रुपमा रुपमा कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकामा सोमबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमनलाई सुक्ष्म रुपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नेलगायतका निर्णय गरेको छ । प्रदेश
धरान / केही सहकारी संस्थाका कारणले पछिल्लो समय सहकारी संस्था बद्नाम हुँदै गएको ६६ औं सहकारी दिवसका अवसरमा बोल्ने वक्ताहरुले बताएका छन् । धरान १५ स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित कार्यक्रममा सहभागीहरुले सहकारी खोलेर रातारात धनी हुने, निक्षेपकर्ताको रकम समयमै फिर्ता नदिने लगायतका कारणरले सहकारी संस्था बद्नाम भएको बताउदै अब यसलाई चिर्न आवश्यक भएको बताएका थिए । उनीहरुले पछिल्लो समयमा सहकारी सस्था धरासय बन्दै गएको बताउदै थोरै सहकारी संस्थाका कारण बचतकर्ताहरु त्रसित हुँदै गएको बताएका थिए । उनीहरुले निक्षेपकर्ताहरुको रकम समयमै फिर्ता नगरेसम्म पुन विश्वास जमाउन नसक्ने बताउँदै यसमा जिम्मेवा