इलाम / सूर्याेदय नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ को लागि नीति कार्यक्रम पारित गरेको छ । सोमबार बसेको नगरसभाको १३ औ अधिवेशनको दोस्रो बैठकले नीति कार्यक्रम संशोधन सहित पारित गरेको हो । बैशाख ८ गते बसेको नगरसभाको बैठकमा नगर प्रमुख रणबहादुर राइले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रम पेश गरेका थिए । नगरसभाको सोमबारको बैठकमा बोल्ने नगरसभा सदस्यहरूले नीति कार्यक्रमका कतिपय विषय दोहोरिएको, समुहकृत गर्न आवश्यक भएको र संक्षेपिकरण गर्न सुझाएपछि नीति कार्यक्रम संशोधन सहित पारित भएको हो । सभामा आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले आर्थिक विकास समिति अन्तरगतका विषयक्षेत्र तथा उपक्षेत्रको
मोरङ / नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरू संग कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहना अनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए। उनले युवाको भावना अनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गरे । उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ। अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह हुँदै वडा र टोलसम्म संगठन गर्नुपर्ने देखिएको छ कोइरालाले भने मतद
मोरङ / प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले उद्योग, व्यवसाय लगायत सबै निजी क्षेत्रको अनुगमन गर्ने बेग्ला–वेग्लै निकाय रहेकाले निजी क्षेत्रमा अख्तियार आउँन आवश्यक नरहेको भन्दै अख्तियार विधेयकमा संशोधन प्रस्ताव गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको (तेश्रो संशोधन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि सांसद शर्माले यस्तो संसोधन प्रस्ताव राखेका हुन् । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ११३ मा उल्लेखित शर्तको अधिनमा रही नियम ११२ बमोजिम विधेयकमा संशोधनका लागि सांसद शर्माले संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छ
विराटनगर / कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डविरुद्ध अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ ।खेलकुद विकास बोर्डले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्दा ट्रयाकसुट,मेडल, टेन्ट‚खेल सामग्री खरिदलगायतका ७ वटा शीर्षकमा फागुन १५ गते अख्तियारमा उजुरी परेको थियोे । अख्तियारले यस विषयमा राय प्रतिक्रियासहित १५ दिनभित्र प्रमाणित कागजात पठाउन फागुन २२ गते बोर्डलाई पत्र पठाएको हो ।अख्तयारमा परेको उजुरीमा खेलकुद प्रतियोगिताका निम्ति खेलाडीहरुलाई उपलब्ध गराउन खरिद गरिएको ४ हजार २ सय थान ट्र्याकसुट खरिद तथा वितरणमा रकम हिनामिना गरेको, मेडल खरिद, प्रमाण पत्र छपाई, टेन्ट भाडावापतको रकम हिन
धनकुटा / धनकुटा नगरपालिका वडा नम्बर १ स्थित एक घरमा आगलागि हुँदा १७ लाख भन्दा बढीको धनमाल गलेर नस्ट भएको छ । सोमवार बिहान हिले स्थित हरीयालि टोलका भिम बहादुर बस्नेतको घरमा आगलागी भएको थियो । आगलागीमा परेर घरमा रहेको सम्पुर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । त्यस्तै घरमा सञ्चालन गरिएको फर्निचर उद्योग समेत जलेर नस्ट भएको छ । घरमा कोही नभएको अवस्थामा बिहान ७ बजे तिर आगलागि भएको थियो । स्थानियबासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरेपनि समयमै आगो नियन्त्रण गर्न नसक्दा क्षति भएको हो । घरमा काही नभएका कारण घर तथा फर्निचरको सामाग्री निकाल्न नपाईएको पीडित बस्नेतले बताए । बिद्
मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग क्षेत्रमा भएको लोडसेडिङको समस्या समाधानको लागि पहल गर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मङ्गलबार आयोजित कोशी प्रदेशका उद्योग सङ्घ र सङ्गठनका प्रतिनिधिहरुसँग छलफलमा बोल्दै उनले उद्योगी तथा व्यवसायीलाई समाधानको पहल गर्ने अश्वासन दिएका हुन् । मुख्यमन्त्री कार्कीले भने ‘ अनियमित लोडसेडिङले उद्योगी तथा व्यवसायीहरुलाई मार परेको छ यसका लागि सङ्घीय उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणका निर्देशकसँग तत्काल छलफल गरेर समाधान गर्ने प्रयास गर्छु ।’ उनले उद्यमीहरुले लिएको ऋणको व्याज दर
विराटनगर / विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सोमबार उद्योग वाणिज्य महासंघ, हिसान, प्याब्सन, अफिन, घरेलु तथा साना उद्योग महासंघ लगायतका प्रतिनिधिहरुलाई बोलाएर बजेटका विषयमा छलफल गरेको छ । छलफलमा सहभागीहरुले करको दर नभई दायरा बढाउनुपर्नेमा जोड दिएका थिए । हाल महानगरले केही क्षेत्रमा दोहोरो कर उठाइरहेको समेत सहभागीहरुले गुनासो गरेका थिए । छलफलमा अफिनका अध्यक्ष डा. शंकर अधिकारी, प्याब्सनका केन्द्
धरान / धरान १४ विजयपुरमा रहेको पिण्डेश्व मन्दिर अगाडि रहेको सरस्वती सरोवरमा रहेका माछा धमाधम मर्र्न थालेपछि माछालाई सुनसरीको चतरामा रहेको सप्तकोशीमा स्थान्तरण गरिएको छ । सरस्वती सरोवर (पोखरी) मा भएका ५ सय भन्दा बढी माछा मरेपछि धरान उपमहानगरपालिका वडा नं. १४ वडा समिति र पिण्डेश्वर बाबाधाम समितिले त्यहाँको माछा सप्तकोशीमा स्तान्तरण गरिएको हो । पिण्डेश्वर मन्दिर अगाडि रहेको सरस्वती सरोवरमा सर्वसाधारणले पितृको नाममा माछा चढाउने गरेका छन् । जिउँदो साना साना भुरा पोखरीमा हाल्ने गरेकै कारण यहाँ धेरै माछाहरु रहेका थिए । तर पछिल्लो समय पोखरीमा रहेको माछा धमाधम मर्न थालेपछि वडा समिति र पिण्डे्रश्वर बा
धरान । बैशाख १८ गते धरानमा मजदुरहरुले प्रदर्शन गर्ने भएको छ । १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरहरुको प्रदर्शन गर्ने तयारी गरेको हो । धरानमा रहेका जिफन्ट सम्बध युनियनका अध्यक्षहरुको भेलाले श्रमिकहरुको अधिकार क्रमशः कटौती हुँदै गइरहेको र राज्य पूँजी पक्षिय बन्दै गइरहेकाले त्यसको खबरदारीका लागि श्रमिक दिवसको अवसरमा प्रदर्शन गर्ने तयारीका साथ मजदुर नेता भीमज्वाला राईको संयोजकत्वमा १३९ सदस्सीय श्रमिक दिवस समारोह मूल समिति निर्माण गरेको छ । समितिमा रंगलाल गिरी र यामकला मग्राती सह संयोजक रहेका छन् । सचिवमा मुक्तिनाथ गिरी रहेका छन् । जिफन्ट सम्बद सदस्
सुनसरी / इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाईं हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । नीजि विद्यालयका विद्यार्थी सामूदायिकमा आकर्षित भएका छन् । पछिल्ला वर्ष राष्ट्रिय माध्यमिक विद्यालयले लोभलाग्दो प्रगति हासिल गर्दो छ । राष्ट्रिय माध्यमिक विद्यालयमा बर्सेनि निजी विद्यालय छाडेर विद्यार्थी भर्ना हुन आउने गर्छन् । यस वर्ष त विद्यालयमा भर्ना हुन विद्यार्थीको चाप थामि नसक्ने गरि भएको छ। विद्यालयका लागि नयाँ भर्ना बालविकासदेखि कक्षा ९ सम्म १२४ जनाको कोटा तोकेको छ । त्यसको चार गुण बढी ४५३ जनाले सोमबार प्रवेश परीक्षा दिएका छन् । वि