समाज

    Showing 4,351-4,360 of 6,830 items.
  • एसईईको नतिजा असार २३ सम्ममा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

    सुनसरी / एसईईको नतिजा असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।यहि हप्ता भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेकोपरीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको उनले बताए । उनले भने, अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने एकिन हुँदैन । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो

    • प्रकाशित मितिः असार १७, २०८०
    • 878 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइई स्पिकर २०८० को उपाधी नडाहाकी एन्जिला लाई

    धरान /र्‍याडीकल लाइट नेपाल धरानले सञ्चालन गरेको एसइई स्पिकर २०८० को उपाधि बराहक्षेत्र नगरपालिकाको बाल मन्दिर नडाहाकी एन्जिला कार्कीले जितेकी छिन् । प्रतियोगिताको शनिबार भएको फाइनलमा विजेता बनेकी कार्कीले पुरस्कार स्वरूप नगद २० हजार रुपैयाँ साथै प्लस टु पढ्न पूर्ण छात्रवृत्ति प्राप्त गरिन। अन्तिम चरणको प्रतियोगितामा फष्ट रनरअपको उपाधि शारदा बालिका स्कुलकी अनुशा राईले हासिल गरिन् । उनले नगद १५ हजार रुपैयाँ, प्लस टु अध्ययनमा ७० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन्। सेकेण्ड रनरअप सरस्वती मावि पानमारीकी स्नेहा निरौला भइन । उनले नगद १० हजार रुपैयाँ, प्लस टु अध्ययनमा ६० प्रतिशत छात्रव

    • प्रकाशित मितिः असार १७, २०८०
    • 1,106 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयन कलेज द्धारा उदयीमान धावकलाई सहयोग

    धरान/ धरान रनका उदयीमान धावकहरुलाई प्रोत्साहन गर्न धरान मेघा हिमालयन कलेजले शनिवार खेलाडिहरुलाई स्पोर्टस जुत्ता प्रदान गरेको छ । नियमित रुपमा हरेक शनिवार धरान रन द्धारा आयोजना गर्ने ३ कि.मि रनको पाच सय ८२ औ हप्ता रनमा धरान मेघा कलेजले सहयोग प्रदान गरेका हुन । धरान रनले शनिवारको दौडलाई “ धरान मेघा हिमालयन कलेज ५ सय ८२ औ हप्ता रन” नाम दिएका थिए । कलेजको तर्फ वाट उदयीमान खेलाडि अर्पन राई, अमित मगर, सुजित विक, सुरेन राई र विपिन राईलाई स्पोर्टस जुत्ता प्रदान गरिएको थियो । यसैगरि २० हप्ता पुरा गरेका आयुस तामाङ, ५० हप्ता दौड पुरा गरेका प्रज्वल तामाङ र सत्यहाङ राईलाई टिर्सट प्रदान

    • प्रकाशित मितिः असार १७, २०८०
    • 1,155 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिराटनगरको पुनर्जीवनका लागि बहस चलाऔ:मुख्यमन्त्री कार्की

    विराटनगर /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जिवनका लागि बहस चलाउन आवश्यक भएको बताउनु भएको छ । शनिबार विराटनगर स्थित अतिथि सदनको स्वर्ण जयन्ति समारोहमा बोल्दै उहाँले भन्नुभयो, आधादर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरुको नगर विराटनगर कुनै बेला राजनीतिक आन्दोलन र उद्योगधन्दाको केन्द्र थियो, तर अहिले विराटनगरमा न त हिजोका जस्ता राजनीतिक नेतृत्व छ न त उद्योगधन्दा नै छन् । त्यसैले अहिले विराटनगर निदाएको जस्तो छ, सातो गएको बालक र रित्तिएको भाँडो जस्तो भएको छ  विराटनगरलाई कसरी पुनर्जिवन दिन सकिन्छ, के गर्दा पुनः विराटनगर जुरमुराउँछ भन्ने

    • प्रकाशित मितिः असार १७, २०८०
    • 930 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सफ्ट टेनिस राष्ट्रिय प्रतियोगितामा एकै महिलाले खेलिन तीन वटा फाइनल खेल

    विराटनगर /  सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् । बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल गरेकी छन् भनें डबल र मिक्स डबलमा दोस्रो भएकी छन् । तीन वटा खेलमा उनले नगद ८५ हजार रुपैंया पाएकी छन् । उनी विराटनगरमा रहेका फुटवल प्रशिक्षक पारस चौधरी र एथलेटिक्स प्रशिक्षक उषा चौधरीकी छोरी हुन् । पांच स्पर्धामा कोशी प्रदेशले तीन वटामा प्रथम स्थान ल्याउन सफल भएको छ । बागमतीले र सशस्त्र प्रहरीले एक, एक बिधामा प्रथम स्थान ल्याएका छन् । बागमतीबाट खेलेकी जर्जिया

    • प्रकाशित मितिः असार १७, २०८०
    • 1,103 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मौसम पूर्वानुमान: मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

    सुनसरी /कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको   जनाएको छ।महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू९भागमा आँशिक देखि सामान्य बदली रहेको छ। दिउँसो देशभर आंशिक देखि

    • प्रकाशित मितिः असार १७, २०८०
    • 1,170 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नकआउट फुटबल प्रतियोगिता सम्पन्न

    विराटनगर/  विराटनगर महानगरपालिका वडा नम्बर १९ को आर्थिक सहयोगमा सुनौलो नेपालले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक विकाससँगै अनुशासित बनाउने बताउनुभयो । उहाँले अनुशासित नागरिकले मात्रै समाजलाई रुपान्तरण गर्ने दाबी गर्नुभयो । मेयर कोइरालाले महानगरले अन्य क्षेत्रलाई झैं खेलकुदलाई पनि उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले १९ नम्बर वडास्थित वैजनाथपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी कार्य भइरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा

    • प्रकाशित मितिः असार १७, २०८०
    • 963 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोवास कलेजका विद्यार्थीलाई उत्प्रेरणात्मक कार्यक्रम

    विराटनगर / विराटनगरस्थित कोवास कलेजले विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको छ । कलेजमा व्रिज कोर्स पूरा गरेका विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीका लागि कलेजले तीन महिने व्रिज कोर्स सञ्चालन गरेको थियो । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले सकारात्मक सोच, सफलताका सूत्र, व्यक्तित्व विकासलगायतका विषयमा केन्द्रित रहेर विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्नु भएको थियो । कुनै पनि क्षेत्रमा सफल हुन सकारात्मक सोच, आत्मविश्वास, मेहनत, निरन्तरता जरुरी रहेको नवोदितले बताउनुभयो । कार्यक्रममा विराटनगर ज

    • प्रकाशित मितिः असार १७, २०८०
    • 838 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बास्केटवल खेलाडि द्धारा साकेला पार्कमा श्रमदान

    धरान/  बास्केटवल ट्यालेन्ट हन्टका खेलाडि विद्यार्थीहरुले शुक्रवार धरान १७ मा रहेको साकेला शास्कृतिक पार्कमा श्रमदान गरेका छन । उनिहरुलाई धरान बास्केटवल संघले सामाजिक कार्य व्यवहारिक रुपमा वुझाउनका लागि श्रमदानमा लगेका हुन । किरात राई यायोक्खा, सुनसरी द्धारा एक महिना देखि साकेला सास्कृतिक पार्क मर्मतसंभार तथा श्रृगारिने कार्य भइरहेको छ । हरेक वर्ष किरातिहरुको महान चाड उधौलि र उभौलि मनाइने पार्कमा चिल्ड्ेन पार्क निर्माण, विभिन्न सास्कृतिक तथा फलफुलका विरुवा रोप्ने, सरसफाई, रंगरोगन गर्ने जस्ता कार्यहरु भइरहेको छ । शुक्रवार डेढ दर्जन बास्केटवल खेलाडिहरुले चिल्ड्रेन पार्कमा झार विछ्याउने क

    • प्रकाशित मितिः असार १७, २०८०
    • 1,005 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोबाइल ब्यबसायीद्वारा निशुल्क आँखा शिबिर सम्पन्न

    विजयपुर/ आँखारोगीहरुलाई उपचारमा सहज बनाउन मोबाइल ब्यवसायीहरुले एक दिने निस्शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।पछिलो समय आखाँरोगीका विमारीहरु बढ्दै गएकाले उपचारमा सहज होस् भनेर मोबाइल संघ प्रदेश कमिटीको समन्वयमा आखाँ शिबिर संचालन गरिएको संघका अध्यक्ष जीवन शाक्यले बताए । नेपाल नेत्र ज्योती संघ ईटहरीको प्राविधिक सहयोगमा निशुलक आखाँ जाचँ शिविर संचालन गरिएको उनले बताए ।शनिबार धरान १५ स्थित श्री शिक्षा सदन माध्यामिक बिधालयको प्राङ्गणमामा संचालन भएको हो ।   आर्थीक अवस्था कमजोर भएकाहरुलाईआखाँको उपाचार गर्न नसक्दा मोतिविन्दुको समस्याका बिरामीहरु बढ्दै जाने देखिएकाले शनिवार संचालन गरिएको उनले ज

    • प्रकाशित मितिः असार १६, २०८०
    • 1,179 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved