समाज

    Showing 4,191-4,200 of 6,703 items.
  • दुर्घटना न्यूनिकरणका लागि स्पिड ब्रेकर

    धरान/काेशी प्रदेशमा दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह मनाउदै गर्दा धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ९ उत्तरपानी बजार क्षेत्रमा सडक दुर्घटना न्युनिकरणका लागि स्पिड ब्रेकर राखिएको छ । बजार क्षेत्रको सडकमा तिब्रगतिमा सवारीसाधन चलाउन थालिएको भन्दै तिब्रगतिका कारण सडक दुर्घटना हुन नदिनका लागि ट्राफिक सचेतना मुलक स्पिड ब्रेकर राखिएको वडा अध्यक्ष सम्झना आलेले बताइन् । उनले भनिन्–‘सवारी साधन अत्याधिक तीब्र गतिमा चलाउनेको संख्या बढ्दै गएको छ, यसले दुर्घटनाको जोखिम समेत बढेको छ, यसलाई रोक्नको लागि हामीले स्पिड ब्रेकर राखेका हौ ।’

    • प्रकाशित मितिः असार २१, २०८०
    • 855 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा गठबन्धनको सरकार बनाउन सभामुख सहित ४७ को हस्ताक्षर बुझाउने

    सुनसरी /कोशी प्रदेशमा सरकार बनाउनका लागि गठबन्धनले सभामुखसहित ४७ सांसदको हस्ताक्षर बुझाउने भएको छ। कोशी प्रदेशमा गठबन्धनको सरकार बनाउन बालुवाटारमा बिहीबार बिहान बसेको सत्तारूढ ७ दलको बैठकले नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखसहितको दाबी पेश गर्ने निर्णय गरेको हो।  सत्ता गठबन्धनको बैठकले सरकार गठनका लागि ४७ सांसदको समर्थन बुझाउन कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो र एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई निर्देशन दिएको हो। सभामुख सांसद पनि भएकाले उहाँको पनि हस्ताक्षर बुझाउने निर्णय भएको छ । कोशी प्र

    • प्रकाशित मितिः असार २१, २०८०
    • 802 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहाडी जिल्लाबाट तराई र काठमाण्डौ बसाइ सराइ गर्नेको संख्या बढ्दै

    धरान / पूर्वी पहाडी जिल्लाका विभिन्न क्षेत्रमा विकासले फड्को मार्दै गएको छ । विगतमा दुई दिनसम्म पैदलै हिडेर पुग्ने ठाउँमा सवारी साधन पुगेका छन्, अस्पतालको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अहिले कम छ तर पनि पहाडी क्षेत्रत्राट तराईतर्फ सुविधाको खोजी गर्दै बसाई सर्ने क्रम भने रोकिएको छैन । तेह्रथुमको लाली गुरास नगरपालिका गाविसबाट नगररपालिका बनेपछि विकासले फड्को मार्दै गएको छ । भौगोलिक विकटता भएको सो नगरपालिकाका वडासम्म पुग्न पैदल हिड्नुपर्ने अवस्था थियो, तर अहिले गाउँगाउँमा सडक सञ्जालले छोएको छ भने नगरपालिकाले नगर बस नै सञ्चालन गरेको छ । अहिले त्यहा १० बेडको अस्पताल समेत निर्माण हुदै गए

    • प्रकाशित मितिः असार २१, २०८०
    • 972 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको नगरसभा स्थगित असार २५ मा सारियो

    धरान/  तोकिएको समयसिमा भित्र वडागत र बिषयगत समितिको बिस्तृत बजेट तथा कार्यक्रमहरु नआए पछि धरान उपमहानगरपालिकाको आज हुने भनिएको दोस्रो नगर सभा स्थगित भएको छ । असार २० गते बुधबार सम्मा सबै वडा र बिषयगत समितिहरुलाइ तोकिएको सिलिङ अनुसारको बजेट तथा कार्यक्रम बनाइ बुझाउन समय तोकिएको थियो तर समय सिमा भित्र कार्यक्रमहरु नआइपुगेकोले बुधबार बसेको कार्यपालिका बैठकले असार २५ गते सम्मका लागि नगरसभाको मिति सारेको छ । गत असार १० गते उदघाटन भएर स्थगित भएको धरान उपमहानगरपालिकाको नगर सभा आज असार २१ गतेलाइ तोकिएको थियो । वडामा पठाएको बजेट सिलिङ घटाएर पठाएकाले जनताको आवश्यकता अनुसार काम गर्न नसकिने

    • प्रकाशित मितिः असार २१, २०८०
    • 878 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइई स्पिकर बिजेतालाइ पुरस्कार बितरण

     धरान/  माध्यमिक शिक्षा परिक्षा दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको एस.ई.ई.स्पिकरका बिजेताहरुलाई बुधबार पुरस्कार बितरण गरिएको छ।  र्‍याडिकल लाईट नेपाल प्रा.लि.धरान द्वारा आयोजित एस.ई.ई.स्पिकर सिजन-३ का बिजेताहरुलाई धरान उप-महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालय स्थित वडा बाल सन्जालको भवनमा एक कार्यक्रमका बिच नगद पुरस्कार बितरण गरिएको हो। प्रा.लि.का अध्यक्ष तिर्थ कार्की, धरान-१३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले र शान्ति अभियन्ता राम बहादुर लिम्बुले बिजेताहरुलाई अबिर र खदा सहित नगद पुरस्कार बितरण गरे। बिजेताले २० हजार नगद सहित प्लस टु अध्ययनका लागि पुर्ण

    • प्रकाशित मितिः असार २१, २०८०
    • 1,100 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश :नयाँ सरकार गठनको लागि दिएको समय सीमा आज सकिँदै

    बिराटनगर/ प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय  आज सकिँदै छ । उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् । केन्द्रीय गठबन्धनमा रहेका दलहरूले एमालेको साथमा रहेको राप्रपालाई पनि सहभागी गराउने अन्तिम कसरत गरिरहेका छन् । नयाँ सरकार गठनकै लागि  प्रदेशस्तरीय नेताहरू केही दिनदेखि काठमाडौँमा रहेका छन् । कोशी प्रदेशमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा बह

    • प्रकाशित मितिः असार २१, २०८०
    • 1,000 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानी बोर्डको अध्यक्ष साम्पाङ विरुद्धको अन्तरिम आदेश अस्विकार

     धरान/ धरान खानेपानी बोर्डको अध्यक्षका रुपमा काम गर्न मेयर हर्क साम्पाङलाइ बाटो खुलेको छ । उनी विरुद्ध उच्च अदालत बिराटनगरमा परेको रिटको सुनुवाइमा जेठ २६ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भन्दै अस्विकार गरे पछि बोर्ड अध्यक्षको बाटो खुलेको हो । उनी विरुद्ध सुनसरी उद्योग बाणिज्य संघ तथा बोर्ड सदस्य बिजय श्रेष्ठले आफूखुसी खानेपानी बोर्डको अध्यक्ष बनेको भन्दै साम्पाङविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ गर्दै न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार साम्पाङ विरुद्धको अल्पकालीन अन्तरिम आदेशलाइ निरन्तरता दिनु

    • प्रकाशित मितिः असार २१, २०८०
    • 1,075 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध सहित ६ जना पक्राउ

    बिराटनगर / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार झापा स्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका ३ का २४ बर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका ८ का २५ बर्षीय सुवास कार्की, २५ बर्षीय लोकेश राई लेटाङ ९ का २० बर्षीय दिबाहाङ राई,२० बर्षीय पवन बाग्दान र २६ बर्षीय अबिषेक दर्जी समेतलाई स्पासपेन २ सय चक्की, ट्रामाडोल ६

    • प्रकाशित मितिः असार २०, २०८०
    • 969 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइईको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी

    सुनसरी /  माध्यमिक शिक्षा परीक्षा 'एसइई' को नतिजा आउँदो शुक्रबारभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ। बोर्ड अध्यक्ष महाश्रम शर्माले शुक्रबारभित्रै एसइईको नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए। उनका अनुसार एसइईको नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्। २०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए।

    • प्रकाशित मितिः असार २०, २०८०
    • 904 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपांग तथा असहाय केन्द्रको सहयोग निरन्तर

      धरान/  कतिपय संघ संस्थाहरु मानवीय सहयोग भन्दा पनि आफ्नो स्वार्थका लागि स्थापना भएका हुन्छन्, थोरैमात्र निःस्वार्थ भावनाले अभिप्रेरित भएर सञ्चालन हुने गरेका छन् । यसमध्ये धरान १९ मा रहेको अपांग तथा असहाय पुनस्र्थापना केन्द्र धरान पनि एक हो । यो संस्थाले अपांगता भएका लागि निरन्तर सहयोग गरेर आफूलाई स्थापित गरेको छ । धरान १९ स्थित अपांग तथा असहाय केन्द्र अपांग तथा असहायका लागि सहयोगीको रुपमा विगतदेखि नै प्रस्तुत हुदै आएको छ । यो संस्थाले आर्थिक बर्ष ०७९/ ०८० को असार २० गतेसम्म गरिब तथा अपांगता भएका सैयौलाइ खाद्यान सामाग्री, निःशुल्क स्वास्थ्य विमा, जीविको पाजर्नका लागि अपां

    • प्रकाशित मितिः असार २०, २०८०
    • 966 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved