लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

  • मंसिर १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  “लैङिगक हिंसाको अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता”को मूल नारा सहित धरान महिला सञ्जाल समितीले १६ दिने अभियान शुरु गरेको छ ।

शनिबार धरानको भानुचौक स्थित घण्टाघरको प्राङगणमा व्यानर र प्लेकार्ड प्रर्दशन सहित सो अभियानको घोषणा गरको हो ।

१६ दिने अभियानको शुरुवातको सफलताको लागि इलाका प्रहरी कार्यलय धरानले पनि “लैङिगक हिंसाको अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सवैको ऐक्यबद्धता”को मूल नारा सहित महिला प्रहरीको उल्लेख्य सहभागितामा प्रभात फेरी गर्दै साझेदारी, सहकार्य र ऐक्यबद्धता प्रकट गरेको महिला सञ्जाल धरान समितीकि सचिव ईन्द्रकला राईले जानकारी दिईन् ।
अभियानको उद्घोष गर्दै सञ्जाल समितिकी संस्थापक अध्यक्ष गंगा बरालले महिला हिंसा विरुद्ध संसारभर सञ्चालन भईरहँदा धरानमा पनि विभिन्न कार्यक्रम गर्दै आएको बताईन् । उनले महिला हिंसा विरुद्ध घर परिवार, संघ संस्था सवै लाग्न आह्वान् गरिन ।

ईलाका प्रहरी कार्यलयका प्रमुख तथा डिएसपि नवराज मल्लले लैङिगक हिंसा बिरुद्धको अभियानमा महिला सञ्जाल, बाल सञ्जाल, जेष्ठ नागरिक र एकल महिलासँग सहकार्य गर्दै आएको बताए ।

उनले भने, “ईलाका प्रहरी कार्यलयले आजैको दिन देखि १६ दिनको अभियानमा प्रखररुपमा यहाँहरुसँगको हातेमालो, साझेदारी, सहकार्यबाट धरानमा भित्र हुने लैङिगक हिंसा, बालबालिका, बृद्धबृद्धा हिंसा विरुद्ध अभियानको रुपमा जान सकिएला भनेर प्रयासमा छौ ।”

अहिलेको समयमा हिंसाको जोखिमको क्षेत्र भनेको हाम्रो घर परिवार नै रहेको बताउँदै उनले घर घरका आमा बुबा नागरिक सचेत हुनु पर्ने बताए ।

महिला सञ्जाल समिति धरानकी अध्यक्ष सपना राईले धरानमा भएका श्रीमान र श्रीमतिबीचको भएको तिक्ततालाई मेलमिलापको माध्यमबाट धेरैजनाको सामधान गरेको बताईन् ।

उनले धरानको सभ्य समाज निर्माणको लागि १६ दिने अभियानलाई ३ सय ६५ दिन नै सञ्चालन गरिनु पर्ने बताईन् ।

महिला सञ्जालकि सचिव ईन्द्रकला राईले अभियानको पहिलो दिन सेतो रिविन लगाईदिएर उद्घाटन गरेको बताईन ।

उनले आइतबार देखि नगरपालिका हुँदै वडा वडामा रहेका कर्मचारीलाई अभियानको सेतो रिविन वितवरण गर्ने कार्यसुचि रहेको जानकारी दिईन् ।

 

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved