कोशी प्रदेशको बजेट ३६ अर्ब ७४ करोड

  • मंसिर १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा शनिबार मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको हो ।

यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको थियो ।

कार्कीले पेश गरेको ३६ अर्ब ७४ करोड ३५ लाखको बजेटमा १० वर्षसम्मका बालबाबलिकाको जुनसुकै अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइनेसहितका कार्यक्रमहरु समावेश गरेका छन् । कार्कीले सभामा पेस गरेको बजेटमा यसअघि समावेश साना बजेटका टुक्रे योजना कटौती गरेको जानकारी दिएका छन् ।

सबै मन्त्रालयका कार्यक्रम घटीमा २५ लाखको भएको उनले बताए । सरकारले धुलो दूध र घिऊ निर्यातमा अनुदान दिने, सौर्य ऊर्जा प्रणालीमार्फत चल्ने स्वचालित तुइन सञ्चालन गर्ने, हात्तीमैत्री जंगल बनाउने, इटहरीमा जलन अस्पताल निर्माण गर्ने, १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, तमोरको पानी धरान ल्याउने लगायतका योजना कार्कीले पेश गरेका छन् ।

कार्कीले चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पूँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरेका छन् । संघीय अनुदान बचत फिर्ताका लागि २ अर्ब राखिएको छ ।

बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार तथा नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रहेको छ ।

अघिल्लो सरकारले ल्याएका कार्यक्रम नै धेरैले निरन्तरता पाएको पनि कार्कीले बताएका छन् ।

मानवीय पुँजीमार्फत आर्थिक विकासका अघि बढ्ने कार्कीले जनाएका छन् । स्रोत सुनिश्चित नभएको योजनालाई पुनः प्राथमिकीकरण गरिएको उनले बताए । तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए ।

उनले पूँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालूतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड विनियोजन गरेका थिए ।

सो बजेट निस्क्रिय भएपछि पुनः दोस्रो पटक मुख्यमन्त्री भएका कार्कीले फेरि अध्यादेशबाट बजेट ल्याएका थिए । सोहि अध्यादेशको प्रतिस्थापन बिधेयक प्रदेशसभामा पेश भएको हो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved