चालकको उपचारका लागि पूर्व बृटिस आर्मीको सहयोग

  • मंसिर ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 धरान/  सडक दुर्घटनामा परेर स्पाइनलकर्ड इन्ज्युरी भएका चालक सोम राईको औषधी उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको अभियानमा रिटायर्ड बृटिस आर्मी धरान १५ निवासी डिल्ली तुम्रोकले नगद १० हजार १ सय सहयोग गरेकाछन् ।

अभियानको अगुवाई गरिरहेका संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलाई रकम हस्तान्तरण गर्दै लाइन्स अफ धरान क्यालिबरका सचिव समेत रहनुभएका तुम्रोकले संगठनले चलाएको अभियानमा सहभागी हुन पाएकोमा खुशी लागेको बताउनु भयो ।

चालकको उपचार बापत घोपा स्थित आमा फार्मेसीमा मात्रै १ लाख ५१ हजार ९ सय बाँकीछ, जसमध्ये सहयोगीहरु मार्फत ६३ हजार ६० रुपैया (तुम्रोकको सहयोग समेत) संकलन भएकोछ ।

चालक सोम राईकी श्रीमति सकुन राईको उपस्थितिमा भएको रकम हस्तारण कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, धरान नगर कमिटी अध्यक्ष कमल भट्टराई र जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवाको उपस्थिति रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved