विराटनगर/ प्रदेश १ मा कोरोना संक्रमितको संख्या घटेको छ । मंगलबार जम्मा १३ जनामा मात्र संक्रमित थपिएका छन् । लक्ष्यण देखिएकाहरुमा हुने परीक्षण दर घट्दा संक्रमित थपिने संख्यासमेत कम देखिएको छ । तर, चिकित्सकहरुको अनुमानअनुसार दोस्रो लहरको अन्तिम बिन्दुमा पुग्दा पुरानो भेरियन्ट डेल्टाको कारण हुने संक्रमण घटेको देखिन्छ । तर, यहीबेला नयाँ ओमिक्रोनको भेरियन्टको जोखिम भने ह्वात्तै बढेको उनीहरुको भनाई छ । कोसी अस्पतालका चिकित्सक लक्ष्मीनारायण ओमिक्रोन छिमेकी देशहरुमा समेत आईसकेकोले खुला सिमाना भएको नेपाल जस्तो मुलुकका लागि चुनौतीपूर्ण भएको बताउँछन् । “हामीले बेलैमा सचेतना नअपनाउने हो भने धे
धरान । निकै लामो कसरतपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटिस्क्यान मेसिन सञ्चालनमा आएको छ । पुुरानो सिटिस्क्यान मेसिन विग्रिएका कारण प्रतिष्ठानले नयाँ सिटिस्क्यान मेसिन खरीद गरेको थियो । मेसिन खरिद गरेरपनि सञ्चालनमा नल्याएको भन्दै प्रतिष्ठान पदाधिकारीको चर्को आलोचना हुुदै आएको थियो भने विरामीले सास्ती खेप्नुु परेको थियो । मंगलबारबाट भने प्रतिष्ठानले सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको हो । अहिले प्रतिष्ठानमा जडान गरिएको ‘२५६ स्लाइस’ सिटिस्क्यान मेसिन काठमाण्डौ बाहिर पहिलो पटक विपी प्रतिष्ठानमा ल्याइएको हो । यो मोसिनबाट दैनिक ६० जनाको सिटिस्क्यान गर्न सकिने
सुनसरी । सुनसरीको इटहरीमा आफ्नै सालोको छुरा प्रहारबाट भिनाजुको मृत्यु भएको छ । मंगलबार इटहरी ४ स्थित भिानजुकै घरमा बस्दै आएका १९ वर्षीय सालो अर्जुन राईको छुरा प्रहारबाट ५१ वर्षीय भिनाजु मुरारी गिरीको मृत्यु भएको हो । प्रहारबाट गम्भीर घाइते भएका गिरीको उपचारको क्रममा बिराटनगरस्थित नोबल अस्पतालमा मंगलबार ७ बजे मृत्यु भएको इलका प्रहरी कार्यालय इटहरीले जनाएको छ । छुरा प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
उदयपुर/ उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरगाउँ जिल्लाको सबैभन्दा बढी बेसार उत्पादन हुने उत्कृष्ट बेसार पकेट क्षेत्र बन्न पुगेको छ ।चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर क्षेत्रमा केही वर्ष यतादेखि वार्षिक रू. डेढ करोडभन्दा पनि बढी मूल्यको बेसार उत्पादन हुँदै आएको कृषक बिन्द्रमान मगर बताउँछन् । १० वर्षदेखि व्यावसायिक बेसारखेती हुँदै आएको सिद्धिपुरमा दुई वर्ष अघिसम्म वार्षिक एक करोडको बेसार उत्पादन हुने गरेकामा गत वर्षदेखि वार्षिक रू. डेढ करोडभन्दा बढीको बेसार उत्पादन भएको अर्का कृषक भुपेन्द्र मगरले बताए । गत वर्षको तुलनामा यस वर्ष बेसारखेती विस्तारसँगै वृद्धि भएकाले यसपटक सरदर रू.
धरान/ पूर्वको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा पछिल्लो समय आन्तरिक तथा वाहय पर्यटकको चहलपहल बढ्न थालेको छ ।लकडाउनले सिथिल बनेको भेडेटारमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । कोभिड १९ का कारण लामो समयदेखी आर्थिक मारमा परेका व्यवसाय अब चहल पहल बढेसंगै पहिले कै स्थितिमा फर्कने आसामा छन् होटल व्यावसायीहरु पनि । लकडाउनका कारण आन्तरिक तथा बाह्य पर्यटक नआउँदा भेडेटारको व्यवसाय अघिल्लो ६ महिना ठप्प जस्तै बन्यो । पर्यटनले नै धानेको भेडेटारमा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ । चहल पहल बढेसंगै विगतमा भोगेको आर्थिक भार कम हुनेमा होटल व्यवसायीहरु आसावादी बनेका छन् । भेडेटारका होटल
सुनसरी/ भौतिक पूर्वाधार निर्माण गर्दा अदूरदर्शी तवरले थोरै समयका लागि मात्र सोचेर संरचना बनाउँदा प्रतिफल दीगो हुन नसकेका नेकपा (एकीकृत समाजवादी) का संघीय अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । उनले भ्रष्टाचार र सेटिङले देशको सबै क्षेत्रलाई बिगारेको बताउँदै यसका लागि सानो डिजाइन बनाउनेदेखि लिएर त्यसलाई स्वीकृत गर्नेहरु सबै जिम्मेवार रहेको बताएका हुन् । उनले भने, ‘अन्य देशमा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलसम्म जान आठ दश ओटा आकाशे पुल बनाइएको छ, नेपालमा भने अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा पनि आकाशे पुल छैन् ।’ फिलिपिन्समा २५ वर्षपछि शहर बनाउन जङ्गल बचाएर राखिएको आफूले देखेक
इलाम । इलामको सूर्योदय नगरपालिका–हर्कटे बजार नजिकैको सुकेपोखरीमा बुलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत सुकेपोखरीमा मे १ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट तल खस्दा दुईजनाको मृत्यु र सात जना घाइते भएको जिल्ला प्रहरीकार्यालय इलामले जनाएको छ । मृत्यु हुनेमा इलामको माइजोगमाई गाउँपालिका–४ का ७६ बर्षीया रामप्रसाद तिम्सिना र सोही ठाउँको ४० वर्षका भरत घिमिरे रहेका छन । दुर्घटनामा परि घाइते भएका दुवैको उपचारको क्रममा झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए । दु
इलाम / माई नगरपालिका- १ स्थित अम्लिसे भन्ज्याङ आधारभूत विद्यालयका शिक्षक ४६ वर्षीय पुष्पलाल राईको हत्याको आरोपमा ४६ वर्षीय पदमबहादुर राईलाई जन्मकैदको फैंसला सुनाएको छ । एक वर्ष अघि खुकुरी प्रहार गरि एक आधारभूत विद्यालयका शिक्षक पुष्पलालको हत्या गरेको आरोपमा जिल्ला अदालत इलामले पदमलाई जन्मकैदको फैसला गरेको हो । गत ७७ साल असोज २९ गते पुष्पलाल राईको पदमबहादुरले घाँटीमा पछाडिबाट खुकुरी प्रहार गरि हत्या गरेका थिए । पुष्पलालको घरमै गएर खुकुरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । मृत पुष्पलालको हत्याको अनुसन्धान गर्न प्रहरीले धरानबाट घट्नास्थलमा कुकुर झिकाई ट्रयाकिङ गरेर पदमबहादुरलाई पक
बराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाको वडा नं २ स्थित जब्दि र बिष्ट टोललाई सफा र स्वच्छक्षेत्र घोषणा गरिएको छ । वडाका दुई टोललाई प्लान इन्टरनेशनल र सामुदायिक समाज उथान केन्द्र सुनसरीको सहयोगमा सफा र स्वच्छक्षेत्र घोषणा गरिएको हो । सोमवार जब्दि स्थित शिवलय चौकमा एक कार्यक्रम गरेर दुई वटै टोललाई सधै सफा राख्ने प्रतिबद्धता गराउदै प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाकि उप- प्रमुख कमला मगरले सफा र स्वच्छक्षेत्र घोषणा गरेकी थिईन् । अनुगमनबाट टोललाई सफा र स्वच्छक्षेत्र घोषणा गरिएकाले यसरीनै बराहक्षेत्रका सवै टोललाई घोषणा गर्ने लक्ष्य लिएको बताए । उनले सफा र स्वच्छ हुन सवै टोलबासी सचेत हुनु पर्ने बताईन्
इलाम/ इलामको फाकफोकथुम ४ का ६२ वर्षका एक बृद्धलाई जवरजस्ती करणी गरेको आरोपमापक्राउ गरेको छ । भतिजि साइनो पर्ने बालिकालाई जवरजजस्ती करणी गरेको आरोप पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिलाई जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए । पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको भनि बालिकाको आमा दिएको जाहेरीको आधारमा ब्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको हो । प्रहरीका अनुसार बालिका र पीडक आफन्त हुन् । उनीहरुबीच भतिजि