समाज

    Showing 3,451-3,460 of 6,827 items.
  • इवाहाङ वंशका सफल व्यक्तिहरू सम्मानित

    धरान/सफलता हासिल गरेका तथा समाजमा विशेष योगदान पुर्याएका इवाहाङ वंशका व्यक्तित्वहरूलाई सम्मान गर्दै इवाहाङ वंश विकास केन्द्रीय कार्यसमितिको दोस्रो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।  धरान–१० को सैनिक भवनमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य स्व महिन सुब्बा, संस्थाका संस्थापक तथा समाजसेवीद्वय स्व राजेन्द्रप्रसाद इवाहाङ र देव इवाहाङलाई मरणोपरान्त सम्मान गरिएको थियो । सो अवसरमा वंशका संस्थापक तथा समाजसेवी प्रेमकुमार इवाहाङ, वायुसेवा निगममा नाम निकाल्न सफल विष्णुकुमारी इवाहाङ, बेलायतबाट ब्याचलर अफ मेडिकल साइन्स उत्तीर्ण गरेका संगीता इवाहाङ र रंगीता इवाहाङ तथा शिक्षक सेवा आयो

    • प्रकाशित मितिः चैत २९, २०८०
    • 654 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्लबले आयव्यय सार्वजनिक गर्‍यो

    धरान/ २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढसुब्बा गोल्डकपको आय व्यय विवरण सार्वजनिक गरिएको छ । धरान फुटबल क्लबले २४ संस्कारणको प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको हो । प्रतियोगितामा क्लबका कोषाध्यक्ष धनबहादुर राईले आयव्यय प्रस्तुत गर्नुभएको गरेका थिए । उनले प्रस्तुत गरेको विवरणमा आयतर्फ ७६ लाख २४ हजार ५ सय २८ र व्ययतर्फ ५८ लाख ९५ लाख ६ सय रुपैया रहेको थियो । १७ लाख २८ हजार ९ सय ८५ रुपैया बचत देखिएको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डबाटबाट १५ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट १० लाख रुपैया प्राप्त नभए पनि यो रकम सुनिश्चित रकम रहेको क्लबले जनाएको छ । गत बर्ष अर्थात २३ औं संस्कारण

    • प्रकाशित मितिः चैत २९, २०८०
    • 709 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिवगंगा टोल विकासमा रत्नकुमार नेम्बाङ

    धरान/  धरान उपमहानगरपालिका वडा नं.१५ मा सवैभन्दा धेरै घरधुरी रहेको आधारभूत सुकुम्बासी वस्ती हो शिवगंगा टोल विकास संस्था । यही शिवगंगा टोल विकास संस्थाले गत चैत्र २६ गते प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनमा आयोजक समितिका सचिव निश्चल खत्रीले संस्थाको साँगठानिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाकी कोषाध्यक्ष कान्छीमाया राईले आय–व्यय प्रतिवेदन प्रस्तुत गरेकी थिएन । संस्थाका अध्यक्ष रत्नकुमार नेम्बाङको अध्यक्षता, धरान उपमहानगरपालिका १५ नं. वडाका अध्यक्ष श्री नरेशकुमार इवारमको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभामा नमुना श्रुतिमार्ग टोल विकास

    • प्रकाशित मितिः चैत २९, २०८०
    • 590 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सोनापुर गोल्डकप : इटहरी फुटबल क्लब फाइनल प्रवेश

    दुहबी/ उत्कृष्ट जितका साथ इटहरी फुटबल क्लब, सुनसरी यहाँ जारी तेस्रो सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा इटहरीले दमक फुटबल एकेडेमी, झापालाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । दुहबी–८, सोनापुर स्थित बिष्णु माविको खेलमैदानमा भएको खेलमा इटहरीका लागि दुवै गोल बिदेशी खेलाडीले गरे । इटहरीका लागि फोफोनाले दुई गोल गरे भने सोङ्गले थप एक गोल गरे । खेलमा म्यान अफ द म्याच भने इटहरी कै उमेश कार्की घोषित भए । प्रतियोगिता अन्र्तगत चैत २९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक मेमोरी युवा क्लब, सोनापुर र बर्दिबास नगर क्लब, ब

    • प्रकाशित मितिः चैत २९, २०८०
    • 654 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

    विराटनगर/  कोशी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाईभन्दा बढी प्रदेशसभा सदस्यहरुले दिएको पत्रको आधारमा विषेश अधिवेशन बोलाएका हुन् । ‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुको चैत्र २६ गतेको लिखित अनुरोधमा प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमा

    • प्रकाशित मितिः चैत २९, २०८०
    • 393 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गजलमय बन्यो धरान

    धरान/ यहाँस्थित दोभान पार्क गत शनिबार गजलमय बनेको थियो । यस प्रदेशकै विभिन्न स्थानबाट जम्मा भएका गजलकारहरूको उपस्थितिले त्यस दिन दोभान पार्कको वातावरण नै बेग्लै थियो र यो अवसर जुटाएको थियो, भानु भेट्रान्स क्लबले ।     चैते दसैँको अवसरमा क्लबले आयोजना गरेको ‘गजल उत्सव’ मा सहभागी हुन प्रदेशका विभिन्न स्थानबाट आएका गजलकारहरूले सबैको ध्यान तानेका थिए । शहरको मध्यभाग भए पनि कार्यक्रम स्थल शान्त थियो । गजलकारहरूले विभिन्न भावका गजल सुनाउँदा कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरू त मन्त्रमुग्ध भएका थिए । बाटो हिँड्ने बटुवाहरू पनि केही बेर उभिएर सुन्न बाध्य भएको दृश्य

    • प्रकाशित मितिः चैत २९, २०८०
    • 1,940 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एन्फामा फुटबल कोर्षका लागि यु–१३ बालबालिका छनौट सुरु

    धरान /अखिल नेपाल फुटबल संघ एन्फाको ४ स्थानका रहेका एन्फा एकेडेमीका लागि यु–१३ का बालबालिकाको छनौट प्रक्रिया बुधवार देखी धरानमा सुरु भएको छ । सातै प्रदेशमा छानिएका ९० जना यु–१३ का बालबालिकाहरूलाई विद्यालय शिक्षा सहित ४ वर्ष सम्म एन्फाको ४ स्थानमा रहेको एकेडेमीमा आवासीय फुटबल प्रशिक्षण दिइने एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए । धरानमा बुधबार बिहान एन्फा एकेडेमीमा कोशी प्रदेशको छनौट प्रक्रिया सुरु गर्दै अध्यक्ष राईले भने, ‘अबको दश वर्षमा नेपाली फुटबललाई विश्वकप सम्म पुराउने लक्ष्य एन्फाले लिएको छ ।’ एन्फाको लक्ष्य

    • प्रकाशित मितिः चैत २९, २०८०
    • 662 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर महाकुम्भ मेला : सबै उत्साहित, व्यवस्थित व्यवस्थापन

      धरान /सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा मंगलबार बाट १२ बर्षे पिण्डेश्वर महाकुम्भ मेला शुरु भएको छ । मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । कुम्भ मेला शुरु भएसँगै अहिले चतरामा चहलपहल बढेको छ । भक्तजनहरुको आगमन बाक्लिएको छ । मेलालाई व्यवस्थित गर्न सबै पक्ष लागि परेका छन् । जसले गर्दा भक्तजनहरुलाई समेत सहज भएको छ । उद्घाटनकै दिन भक्तजनको उल्लेख्य उपस्थिति रहेको चतरामा अहिले पनि भक्तजन चतरा जाने र कुम्भ स्थान गरेर धरानको पिण्डेश्वर मन्दिरमा आएर जल चढाउने गरिरहेका छन् । मेलालाई कुम्भमैत्री बनाउन कुम्भ मेला सफल बनाउन बनेका समितिहरु १२ बर्षे पूर्ण पिण्डेश्वर मह

    • प्रकाशित मितिः चैत २८, २०८०
    • 586 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तमोर करिडोर बन्यो : छैन सुरक्षा पोष्ट

    सुनसरी/ पछिल्लो समय तमोर करिडोरको ट्रयाक खुलेसँगै सवारी साधनको चाप बढेको छ । तमोर करिडोरको ट्रयाक खुलेसँगै पछिल्लो तमर क्षेत्रमा बढ्दो बजारीकरण र आर्थिक चलायमान हुदै गएपछि यहाँका स्थानीयहरुले सुरक्षा पोष्ट स्थापनको माग गरेका छन् । करिडोरको प्रस्थान विन्दु मुलघाटदेखि घनकुटा र पाँचथरको सीमा क्षेत्र नावा खोला सम्मको दूरी २८ किमी रहेको छ । यो सडक हुदै दैनिक २ सय साधन आवात जावत गर्ने गर्छन् । तर बढ्दो चाप र यतिलामो समय खण्डमा कुनै पनि सुरक्षा पोस्ट छैन । यो क्षेत्रमा कुनै घटना वा दुर्घटना भए मुढेबास र डाँडा बजारमा रहेको प्रहरी चौकीसम्म पुग्नुपर्ने बाध्यता छ । भौगोलिक दृष्टिकोणले यी चौकी तमोर ग

    • प्रकाशित मितिः चैत २८, २०८०
    • 593 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिहीबार देशैभरी सार्वजनिक विदा

    सुनसरी/ इस्लाम धर्मावलम्बीहरूको पर्व ईद(उल फित्र (ईद)का दिन सरकारले सार्वजनिक बिदा दिएको छ। बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए। गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो। यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो। यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।

    • प्रकाशित मितिः चैत २८, २०८०
    • 515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved