विराट क्याम्पसमा व्यवस्थापन शिक्षा सँगै सुचना प्रविधी

  • असार १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  नेपालको पुर्व क्षेत्रकै शैक्षिक धरोहरको रुपमा वि.स. २०४८ सालमा स्थापित विराट क्याम्पसमा यस शैक्षिक शत्र २०८१ देखि व्यवस्थापन शिक्षा सँगै सुचना प्रविधी संलग्न गरि नयाँ भर्ना खुलेको छ ।

कक्षा ११ को नयाँ भर्नाको लागी प्रवेश परिक्षा २०८१ असार २१ गते शुक्रवार राखिएको छ ।

२१ औं सताव्दीमा सुचना र प्रविधीको द्रुत विकास सँगै विश्वव्यापी रुपमा नै सुचना प्रविधी सहितको व्यवसायीक दक्ष जनशक्तिको बढ्दो माग लाइ सामान्य अर्थात पाठ्यसामग्रीमा भएका ज्ञान प्राप्त गर्ने विषयवस्तुले मात्र समेट्न नसक्ने निश्चित छ ।

यसर्थ ज्ञान,शिप र प्रश्तुती सहितको एक सक्षम तथा योग्य नागरिक वन्न नसकीरहेको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै सुचना र प्रविधीलाइ संलग्न गरि यसै वर्ष देखि भर्ना प्रकृया अगाडी बढाएको क्याम्पसका सहायक प्राचार्य रोशन घिमिरेले वताए ।

यस क्याम्पसमा भर्ना भएका प्रत्येक विद्ध्यार्थीले भर्ना हुँदा नै एउटा ल्यापटप घर लैजान पाउछन ।

पठन(पाठन शैलीमा प्रश्तुतीकरण अनिवार्य गरिएको छ । प्रत्येक विषयको कक्षा समय ९० मिनेटको राखिएको छ । प्रत्येक विद्ध्यार्थीहरु कक्षा कोठामा नै सामुहीक छलफल र प्रश्तुती मार्फत सवै विषयको सिकाइ प्रकृयामा सहभागी हुन्छन ।

यसको साथै कक्षा ११ / १२ मा अध्ययन गरिरहेको समयमानै विद्ध्यार्थीहरुलाई विभिन्न किसीमका सुचना प्रविधी लाई आवश्यक वेव डेभलपमेन्ट, ग्राफिक डीजाइन, नेट वर्कीङ, जाभा, पाइथान लगायतका जिवन उपयोगी तालीम समेत गराइन्छ ।

यस प्रकारको सिकाइले कक्षा ११ /१२ पश्चात नेपाल लगायत विश्वका कुनैपनि देशमा पुगेपनि के काम गर्ने भन्ने समस्या तथा भोकै बस्नुपर्ने बाध्यताको समेत अन्त्य हुनेछ र राष्ट्रले प्रमाणपत्रधारी मात्र नभएर जागीर गर्न र जागीर दिन सक्ने एक योग्य नागरिक समेत प्राप्त गर्ने प्राचार्य आर।सी। कोइराला वताउछन ।

हाल यस क्याम्ससमा स्नातक तहको वि।वि।एस। र ए सि सि ए कार्यक्रम समेत सञ्चालनमा रहेकोले विद्ध्यर्थीहरुले योग्य, अनुभवी साथै प्रविधी मैत्री शिक्षकहरु मार्फत पठन पाठन हुने भएकोले शिक्षण शिकाइ प्रकृया अत्यन्तै प्रभावकारी रहने छ ।

यस क्याम्पसको नामामा रहेको भौतीक पुर्वाधार मनमोहन प्राविधीक विश्व विद्ध्यालयलाई हस्तान्तरण गरेपश्चात क्याम्पसमा सञ्चालीत सम्पुर्ण शैक्षिक कार्यक्रमहरु वि.स. २०७४ पश्चात तत्कालीन सदश्य सचिव,विभिन्न शैक्षीक संस्था सञ्चालनको अनुभव प्रप्त शैक्षिक व्यक्तित्व आर.सी. कोइरालाको नेतृत्वमा सञ्चालन हुँदै आएको छ ।

 

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved