डिपोर्टले गर्यो सत प्रतिशत एसइई उतीर्ण विद्यार्थीलाई सम्मान र भिक्टोरीको नतिजा सतप्रतिशत

  • असार १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/बिद्यार्थीको फलामे ढोकाको रुपमा रहेको एसइई परीक्षामा यसपाली धरानका नीजि विद्यालयहरुको नतिजा उत्कृष्ट पाइएको छ ।

प्रायः निजि बिद्यालयहरुले सत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।

धरानकै उत्कृष्ट विद्यालयमा चिनिदैं आएको डिपोर्ट स्कुल धरान १८ र भिक्टोरी आवसिय मावि धरान ११ ले यो वर्षको नतिजा सतप्रतिशत गर्न सफल भएको छ ।

डिपोर्ट स्कुलले जम्मा ९६ जना विद्यार्थीहरु नै उत्कृष्ट नतिजा ल्याएर परीक्षामा उतीर्ण भएका छन् ।

1719914865747

 

विद्यालयका प्रधानाध्यापक राजकुमार राईका अनुसार ए प्लस १० जना,ए ग्रेड ५९ र बी प्लस र बी ग्रेडमा उतीर्ण भएको जनाएको छ ।

उनले भने हामी हरेक बर्ष सतप्रतिशत नतिजा ल्याउँदै आएका छौ,यो बर्ष पनि त्यस्तै उत्कृष्ट नतिजा ल्याएका छौ ।

डिपार्ट स्कुल धरानकै गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट शिक्षा दिने स्कुलको रुपमा चिनिन्छ भने उक्त स्कुल पुर्ब ब्रिटिस लाहुरेहरुले सञ्चालन गरेका हुन् ।

डिपोर्टमा नर्सरीदेखि कक्षा ११ र १२ सम्म अध्ययन हुने गरेको छ भने स्कुलले यो बर्षको नयाँ विद्यार्थी भर्नाको लागि भर्ना अभियान शुरु गरेको छ ।1719914917112

स्कुलले साइन्स,कम्युटर साइन्स र म्यानेजमेण्ट विषयमा अध्यापन गराउँदैछ ।

प्रधानाध्यपक राईका अनुसार कक्षा ११ र १२ मा यसपालीदेखि सबै स्मार्ट बोर्डको माध्यमद्धारा अध्यापन गराईने बताइएको छ ।

यसैगरि एक कार्यक्रमबीच एसईई उतीर्ण विद्यार्थीलाई स्कुलले मंगलबार एक कार्यक्रम गरि सम्मान समेत गरेको छ ।

यसैगरि धरान ११ को भिक्टोरी आवसीय माविको पनि सत्प्रतिसत विद्यार्थी एसईईमा उतीर्ण भएको प्रधानाध्यापक विनोद राईले बताए ।

2024070215591216

 

उनका अनुसार यो बर्ष १८ जना विद्यार्थी सहभागी रहेका थिए भने ए प्लस एक जना ए ग्रेड १० जना र ६ जनाले वि प्लस ल्याएर उतीर्ण भएका छन् ।

प्रअ राईका अनुुुसार गत बर्षको तुलनामा यो बर्षको नतिजा राम्रो र उत्कृष्ट नतिजा हो ।

उक्त स्कुलमा पनि कक्षा ११ र १२ सम्म पढाई हुँदै आएको छ । स्कुलले यो वर्षको भर्ना अभियान पनि शुरु गरेको छ ।

भिक्टोरीमा कम्युटर साइन्स र म्यानेजमेण्ट विषयमा अध्यापन गराईदै आएको छ ।     

 

 

 

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved