वराहक्षेत्र नगरपालिकाले डेङ्गु रोगको परिक्षण निशुल्क गर्ने - मेयर कार्की "संगम बिस्ट"

  • असार १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ गएका बर्षहरुको तथ्याङ्कका आधारमा डेङ्गु रोग सक्रमणको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले आर्थिक रुपमा कमजोर परिवारका विरामिहरुलाई डेङ्गु रोगको परिक्षण निशुल्क गर्ने भएको छ ।

नगर प्रमुख रमेश कार्कीका अनुसार डेङगु रोगको लक्ष्यण देखा परेका बिरामिहरुलाई नगरपालिकाले नगर भित्रका स्वास्थ्य संस्थाबाट निशुल्क परिक्षण , जीवन जल र आवश्यक अौषधिहरुको व्यवस्थापन गर्ने छ ।

यसलालाई चतरा अस्पताल , नगर अस्पताल , मधुवन प्रथामिक स्वास्थ्य केन्द्र लगायतका संस्था संस्थामा आवश्यक तयारी र ब्यवस्थापन गरिनेछ । 

बुधबार स्वास्थ्य कार्यालय सुनसरीले वराहक्षेत्र नगरपालिकामा आयोजना गरेको डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरुको सहभागितामा अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले व्यक्तिगत सरसफाई , घर वरवरको सरसफाईमा लाग्न नगरवासिलाइ आग्रह गरे ।

घर वरवरको पानी जम्ने खाडन पुर्न , पानि जम्म नदिन् , सरसफाईमा लाग्न र डेङगुको लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था जान आग्रह गरे ।

नगरपालिकाले डेङगु सक्रमणलाई बिपत्तकै रुपमा लिएर व्यवस्थापन , आवश्यक्तालाई मध्यनजर गर्दै काम समेत सुरु गरेको र यसलाई प्रभाबकारी रुप दिन स्वास्थ्यकर्मी,

महिला स्वास्थ्य स्वयम् सेविका तथा समाजिक संघ ,संस्थालाई प्रमुख प्रसाशकीय अधिकृत गणेश बहादुर कटुबालले बताए । डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने 

लार्भा सर्च एण्ड डिस्ट्रोयर्ड ( खोज नष्ट गर ) अभियान आयोजना गरिने उनले बताए ।1720002236946

डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरुको सहभागितामा अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख कार्की , प्रमुख प्रशासकीय अधिकृत कटुबाल , वडाध्यक्षहरु ,

स्वास्थ्य कार्यालय सुनसरीका प्रतिनिधिहरु, नगर स्वास्थ्य शाखा, नगर भित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयसेविकाहरु, उद्योग बाणिज्य सघका प्रतिनिधि, पत्रकारहरुको सहभागिता रहेको थियो ।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved