धरान र बराहक्षेत्र बीचको सिंगो गाउँ सञ्चार बिहीन फोन गर्न रुख चढ्नु पर्ने "रणध्वज लोहार"

  • असार १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

धरान/  धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाको बीचमा पर्ने बगुवा गाउँका सात भन्दा बढी घर परिवार बर्षौदेखि सञ्चारबिहीन छन् ।

बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ र धरान उपमहानगरपालिका वडा नं. १७ पटनालीको बीचमा बगुवा गाउँ रहेको छ । त्यहाँ फोन नलाग्ने समस्या स्थानीयबासिन्दाले भोग्दै आउनु परेको छ ।

धरानदेखि उक्त बगुवा गाउँ पुग्नको लागि झण्डै ५ किलोमीटर छ भने बराहक्षेत्र नगरपालिकाको चतराबाट ३ किलोमीटरमा आइपुगिन्छ । तर सुगम धरान उपमहानगर र बराहक्षेत्रको बीचमा पर्ने बगुवावासीले अहिले सम्म सञ्चारको सुविधा नपाउँदा भैपरी आउने समस्यामा अप्ठ्यारो झेल्दै आएका छन् ।

उक्त बस्तीमा नेपाल टेलिकमको कुनै पनि फोन नै लाग्दैन भने एनसेलको सीम भने मुस्किलले टिप्ने गरेको स्थानीयको भनाई छ ।

गाह्रो अप्ठ्यारो नै पर्यो भने कित डाँडापाखा कित खोलाखालीको रुखमा चढ्नु पर्ने मोबाइलमा टावर खोज्नु पर्ने अवस्था रहेको स्थानीय किसनथापा मगरले कोशीपत्रसँगको कुराकानीमा दुखेसो पोखेका छन् ।

उनले भने,“अरु बेला त केही भएन,जब अप्ठयारो भवितब्य आगलागी,बाढी पहिरो दुख विराम हुँदा तत्काल सम्पर्क गर्न सकिँदैन,जोखिम मोलेर रुखमा चढेर मोबाइलको टावर खोज्नु पर्छ,मोबाइल भए पनि त्यो मोबाइल हाम्रो लागि कामै लाग्दैन ।”

उक्त बस्तीमा टेलिफोन टावरको आवस्यकता रहेको छ । तर टावरको समस्या लिएर त्यहाँका अगुवाहरुले स्थानीय सरकार बराहक्षेत्र , धरानको टेलिकम सम्म आएर पटक पटक समस्या राखेको भएपनि अहिले सम्म सुनुवाई नभएको मगरले बताए ।

उनका अनुसार टावर राख्न माग गर्दै त्यस क्षेत्रको वडाका वडाप्रमुख ,नगर प्रमुख, सांसद लगायत राजनीतिक दलका नेता लगायतलाई ध्यानाकर्षण गराउँदै आएको भएपनि अहिले सम्म सुनुवाई भएको छैन ।

बगुवा गाउँ धरानको पटनाली र बराहक्षेत्र चतरासँग जोडिएको बस्ती हो । चतराबाट आउँदा जंगल बाघखोला हुँदै बगुवा खोला तरेपछि बगुवा वस्ती भेटिन्छ । मदनभण्डारी राजमार्गको बाटो सोही बस्ती हुँदै आएको छ ।

झट्ट हेर्दा जो कोहीलाई त्यस्तो लाग्दैन । चिल्लो सडक अनि घनाबस्ती देखिएकाले पनि टेलिफोनको समस्या होला जस्ता छैन । बाघ खोला र बगुवाखोलामा पुल छैन । अहिले बर्षात यामको समय छ ।

बाढीको उच्च जोखिम मोलेर बस्तीका बासिन्दा बस्ने गरेका छन् । जंगली जनावार हाती लगायतको पनि उतिकै जोखिम रहेको छ  ।

यता नेपाल टेलिकम धरान शाखाका प्रमुख देवनारायण चौधरीले यो समाचारको लागि सोधीखोजी गर्न मोबाइल सम्पर्क गर्दा बढीमा एकहप्ता भित्रमा उक्त स्थानमा सर्बे टोली पठाउने भनिएपनि अहिले सम्म कोही पनि नगएको स्थानीय किसन थापा मगर बताउँछन् ।

मगरले नै गाउँको समस्या बोकेर बर्षौदेखि संबन्धित निकायमा ढोका ढक्ढकाउन पुग्ने गरेका छन् ।

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved