धरानको विष्णु र इटहरीको ग्रीनपिसको जिल्लाकै सर्वोत्कृष्ट नतिजा "धरानको दुई वटा सरकारी विद्यालयको नतिजा शुन्य"

  • असार १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीमा यस वर्षको एसइई परीक्षाको नतिजामा तिन ओटा विद्यालय निल भएको छ ।

धरान उपमहानगरपालिकामा रहेको पञ्चायत मावि, किरातेस्वर मावि र रामधुनी नगरपालिकामा रहेको पञ्चायत माविको नजिता निल भएको जिल्ला शिक्षा समन्वय इकाई सुनसरीले जनाएको छ ।

तथ्याँक अनुसार सुनसरीबाट १३ हजार चार सय २५ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये इटहरीको ग्रीनपिस एकेडेमी र धरानको विष्णु मेमोरियल माविका एक एक जना विद्यार्थीले चार जिपिए ल्याएको जिल्ला शिक्षा समन्वय इकाई सुनसरीले जनाएको छ ।

इटहरीमा रहेका केही सामुदायिक बिद्यालयका विद्यार्थीहरूको नतिजा एकदमै कमजोर देखिएको छ ।

कुल १८ सामुदायिक विद्यालयबाट एक हजार २ सय ८५ जना विद्यार्थी सामेल भएको परीक्षामा ५ सय २० जना मात्र उत्तीर्ण यानिकी ४०.४६ प्रतिशत रहेको छ । इटहरीस्थित महेन्द्र माविका कुल ४६ जना विद्यार्थीले एसइई परीक्षा दिएको भए पनि एक जना निमिसा याक्खा मात्र उत्तीर्ण भएकी छिन् ।

यसैगरी इटहरी ७ मा रहेको लक्ष्मी माविबाट ३० जना विद्यार्थीले एसइई दिएकोमा एक जना नाम्य चौधरी मात्र उत्तीर्ण गरेर स्कुलको खाता खोलेका छन् । यस्तै इटहरी १७ मा रहेको जनजागृति माविबाट १४ जना विद्यार्थीले परीक्षा दिएकोमा एक जना मात्र शुष्माकुमारी राजवंशी उत्तीर्ण भएकी छिन् ।

यस्तै इटहरीमै रहेको सरस्वती माविबाट ४२ जना विद्यार्थीले परीक्षा दिएको भए पनि १७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी इटहरी १७ मा रहेको पकली माविबाट ४६ जनाले परीक्षा दिएकामा १५ जना उत्तीर्ण भएका छन् ।

यस्तै इटहरी २० तरहरामा रहेको जनसहयोग माविमा एक सय पचास जनाले परीक्षा दिएकोमा ५९ जना मात्र उत्तीर्ण भएको इटहरी उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ । इटहरी १२ स्थित शारदा माविबाट एक सय जना विद्यार्थीले परीक्षा दिएकोमा ४० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसै गरी इटहरी १४ मा रहेको शान्ति सृजना माविबाट २६ जना विद्यार्थीले परीक्षा दिएकोमा चार जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । इटहरी २ कचना माविबाट ६७ जनाले परीक्षा दिएकोमा ११ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस्तै इटहरी ६ मा रहेको कबिर माविबाट ६० जना परीक्षामा सामेल भएकोमा २१ जना विद्यार्थी उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ ।

इटहरी १९ मा रहेको जब्दी माविमा १९ जना विद्यार्थीले परीक्षा दिएकोमा ६ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन । इटहरी ६ मा रहेको जनता माविमा २ सय ७७ जनाले परीक्षा दिएकोमा १ सय ३८ जना उत्तीर्ण भएका छन् ।

इटहरीकै ज्योति माविबाट ७४ जनाले परीक्षा दिएकोमा ११ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । इटहरीमै रहेको सरस्वती जब्दी माविबाट ४२ जनाले परीक्षा दिएकोमा १७ जना उर्तिण भएका छन् ।

यता इटहरी ८ मा रहेको सरस्वती सदन माविबाट ५५ जना ७ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । इटहरीमै रहेको राष्ट्रिय माविबाट १ सय ५ जनाले परीक्षा दिएकोमा सबैभन्दा बढी ९० जना उत्तीर्ण भएका छन् ।

पवन अधिकारी

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved