समाज

    Showing 3,081-3,090 of 6,825 items.
  • संचारकर्मी धमला आक्रमण प्रकरण : धरानका मेयर हर्कराजका समर्थक धमाधम पक्राउ

    धरान/ सन्चारकर्मी सन्जिता धमलालाई आक्रमण प्रकरण गर्नेलाई धरान प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । आज(विहीबार )बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आक्रमण प्रकरणमा धरान १८ स्थित ग्रीन टिबाट सृजना बेघा पक्राउ परेका छन् । बुधबार वीपी प्रतिष्ठनमा उपचार गर्न गएको बेला महिलाहरुको समूहले आफुलाई आक्रमण भएको थियो । धमला एक्स रे कक्षमा लुकेर आक्रमण हुनबाट आफु बँचेको वताएकी छिन ।यस अघि हिजो नै उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी सञ्चारकर्मी सञ्जिता धमलामाथि अस्पताल हाताभित्रै आक्रमण गरेको आरोपमा पाँच जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उक्त घटनामा

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 1,139 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक तथा आर्थिक रुपान्तरणका लागि अन्तरक्रिया

    इटहरी/  समाजमा आर्थिक सवलिकरण गराउने उदेश्यले इटहरीमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि प्रगतिशिल उपयोग तत्वहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला सञ्जाल इटहरीको आयोजनामा बुधबार इटहरीमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा भारतीय अर्थविद् राजेश सिंहले सो अभियानको बारेमा सहजिकरण गरेका थिए । समाजका सबै व्यक्तीलाई आर्थिक रुपमा सवल बनाउनका लागि समानता भन्दा पनि समताको विषयमा जोड दिन सके समाजमा सबै सवल हुने भन्दै उनले त्यसको लागि राज्य नै अभियानमा लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको समन्वय हलेसी महादेव मिडिया प्रा।लि।ले गरेको थियो भने अमुर्त सुनस

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान पिण्डेश्वरमा बोलबम मेला सुरु

    धरान/ धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबारदेखि बोलबम मेला सुरु भएको छ । बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गरेका थिए । एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले जनाएको छ । साउनभरि लाग्ने मेलामा पिण्डेश्वर बाबाधाममा जल चढाउन तथा दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि मूल आयोजक समितिले सुरक्षाका साथै वर्षाका बेला मन्दिरभित्र एक हजार भन्दा बढी भक्तजनलाई ओतको व्यवस्था गरेको समितिका सल्लाहकार वासुदेव बरालले बताए । सप्तकोशी नदीको सङ्गमस्थलबाट ल्याएको जल चढाउँदा मनोकाङ्

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 552 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको ०८१/८२ खै ?साँगुरीगढीको होलीडे

    धरान/ वडाअध्यक्ष, कार्यापालिका सदस्य र नगरप्रमुखबीच विवादै कायम रहँदा अन्य स्थानीय तहहरुले धमाधम आर्थिक बर्ष २०८१/८१ बजेट विनियोजन गर्दा समेत धरान उपमहानरपालिकाको अझै नगरसभा बस्न सकेको छैन । कार्यपालिका बैठकमा ३ निर्णय मध्ये १ निर्णय करार कर्मचारीको करार स्वतः नवीकरण हुनुपर्ने कार्यपालिका सदस्यहरूको अडानमा मेयर हर्क साम्पाङ सहमत नभएपछि नगरसभा हुन नसकेको हो । अन्य पालिकाले नगरसभा सम्पन्न गर्दै आर्थिक बर्ष ०८१/०८२ अनुमानित बजेट समेत पारित गरिसकेको अवस्थामा धरानमा भने कार्यपालिका सदस्य, वडाध्यक्ष र मेयर हर्कराज राईबीच करार कर्मचारी र अन्य विविध कुराहरुमा सहमति हुन नसकेपछि नगरसभा बस्न सकेको

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 645 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साउनमा हरियो चुराको बजार

    – स्वर्णिम राईधरान । साउने संक्रान्ति साथै साउन महिना शुरु भएसँगै प्रत्येक महिलाहरुमा मेहन्दी र हरियो,पहेलो चुरा झपक्क देखिन्छ । साउनको सुरुवातसङ्गै धेरैजसो महिलाका हात मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ साउनभरि नै लगाउने चलन परम्पराको रुपमा रहदै आएको छ । साउन महिना नेपाली हिन्दु नारीहरुका लागि विशेष महत्वको महिनाको रुपमा लिने गरिन्छ । धरान उपमहानगरपालिका १४ का रमा नेपाली साउन महिना सुरु भएदेखि पुरै एक महिना भरी हरियो चुरा र मेहन्दीमा सजिने गरेकी बताउँछिन् । उनी साउनमा व्रत बस्ने र कपडादेखि सबै श्रृंगार हरियो नै प्रयोग गर्ने गरेको बताए । ‘साउन

    • प्रकाशित मितिः साउन २, २०८१
    • 648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँगुरीगढी गाउँपालिकामा बजेट होलिडे,जनप्रतिनिधि वीचको विवादले बजेट आएन

    धनकुटा/  बजेट लगायत विभिन्न विषयमा पटक–पटक वसेको कार्यपालिका वैठकमा सहमति हुन नसक्दा साँगुरीगढी गाउँपालिकाले बजेट ल्याउन सकेन । तोकिएको समय भरिमा आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउन नसक्दा साँगुरीगढी गाउँपालिकामा बजेट होलिडे भएको छ । बजेट होलिडे हुँदा दैनिक प्रशासनिक काम ठप्प भएको छ । राजश्व संकलन समेत रोकिएको छ । समयमै बजेट ल्याउन नसक्दा साँगुरीगढी गाउँपालिका दैनिक खर्च गर्न नपाउने अवस्थामा पुगेको छ । बजेट होलिडेको अवस्थामा अत्यावश्यक बाहेक शिर्षकमा खर्च गर्न पाइँदैन । स्थानीय तहले १० असार भित्र गाउँ सभामा बजेट पेश गर्नु पर्ने र असार मसान्तसम्म पारित गरिसक्नुपर्छ संवैधानिक

    • प्रकाशित मितिः साउन २, २०८१
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतराधाममा कौशीकी सन्ध्याकालिन आरती सुरुः

    वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ मा रहेको प्राचीन हरिद्वार चतराधाम स्थित कौशीकि गंगा (सप्तकोशी किनार) मा सन्ध्याकालिन महा आरतीको शुभारम्भ गरिएको छ । नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा थप आक्रषित तथा धार्मिक गतिबिधि बढाउने योजना अनुसार नगरपालिकाले उक्त सन्ध्याकालिन आरती मङलवार सांझबाट सुरु गरिएको नगरपालिकाको आर्थिक बिकाश शाखाका प्रमुख मातृका तिवारीले बताए । धार्मिक पर्यटनको बिकास र वराहक्षेत्रको महत्ब बढाउन सन्ध्याकालिन आरती गर्न कार्यलाइ नगरपालिकाले नीति तथा कार्यक्रमै समावेश गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।   श्रावण १ गतेबाट सुरु गरिएको उक्त सन्ध्य

    • प्रकाशित मितिः साउन २, २०८१
    • 471 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षा सन्देश निजी क्षेत्रको पहिलो र नम्बर “वान”मा पर्छ

    शिक्षा सन्देश इंग्लिस बोर्डिङ स्कुल साविक पाँचकन्याको पहिलो नीजि क्षेत्रको स्कुल हो । सरस्वती माध्यमिक विद्यालय तत्कालिन गाविसकै ऐतिहासिक र पुरानो बिद्यालय हो । सरकारी स्तरको पहिलो र ऐतिहासिक विद्यालय सरस्वती हो भने निजी क्षेत्रबाट सञ्चालित शिक्षा सन्देश पनि एतिहासिक र पहिलो स्कुल नै हो ।   यो स्कुल वि.सं. २०४८ सालदेखि सुरुवात भएको हो । धरान ६ पानबारीमा स्थापित शिक्षा सन्देशले स्थापनाकालदेखि नै अंगे्रजी माध्यमको शिक्षा प्रदान गर्दै आएको छ  । शिक्षा सन्देशले स्थापनाकालदेखि नै अभिभावक र बिद्यार्थीको अंग्रेजी माध्यमबाट पढाउने र पढ्ने सपनालाई स्थापनाकालदेखि नै पुरा गर्

    • प्रकाशित मितिः साउन २, २०८१
    • 937 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जनप्रतिनिधिहरूलाई कार्वाहीको दायरामा ल्याउन एमालेका युवा नेताहरूको माग

    इटहरीः पार्टीको अडानलाई लत्त्याएर सोमबार इटहरी नगरसभामा सहभागी भई बहुमतले बजेट पास गरेपछि एमालेका युवा नेताहरूले पार्टीलाई बदनाम गराउने र फेल गराउने उद्देश्यबाट गरिएको प्रपञ्चको गम्भीर समीक्षा गरी यसमा संलग्न जनप्रतिनिधिहरूलाई स्पष्टीकरण लिई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । बहुमतले बजेट पास भएपछि एमालेका युवा नेता होमप्रसाद धमलाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पार्टीको नीतिभन्दा विपरीत जाने जो कोही पनि पार्टीका लागि घातक भएको उल्लेख गरेका छन् । उनले  नगरसभामा सहभागी भएका जनप्रतिनिधिहरूको स्तर अनुसार सम्बन्धित निकायमा कारबाहीको सिफारिस लेखी नेकपा एमाले इटहरी उपमहानगर कमि

    • प्रकाशित मितिः साउन २, २०८१
    • 601 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाण्डौ महानगर र मजदुरहरुबीच छलफल कार्यदलले तयार गरेको मापदण्ड कार्यान्वयन गर्ने सहति

    काठमाण्डौं/  काठमाण्डौं महानगरपालिका यातायात व्यवसायी महासंघ र तीनवटा यातायात मजदुर संगठनहरुबीच काठमाण्डौं चक्रपथ आसपासका टिकट काउन्टरहरु व्यवस्थान गर्ने बारे सहमति भएपछि विभिन्न स्थानमा देखिएको झडपको सम्भावना तत्काललाई टरेकोछ । साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै महानगरले कोटेश्वर, कलंकी, गौशाला लगायतका चोकहरुमा माइकिङ्ग गरेर महानगर प्रहरीहरु काउन्टरमा पुगेपछि महानगर प्रहरी र यातायात मजदुरहरुबीच द्धन्द्धको अवस्था आएको थियो । झडपको अवस्था सृजना भएपछि तत्काल टिकट काउन्टर नहटाउन भन्दै सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल

    • प्रकाशित मितिः साउन २, २०८१
    • 531 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved