धरान/ सरकार र पीडित पक्षबीच औपचारिक सहमति भइसकेपछि पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन्। स्थानीयस्तरमा सहमति दबाबमा गराइएको भन्दै विरोध चर्किएपछि शव बुझ्न विराटनगर पुगेका परिवारका सदस्य र आफन्त पुनः गाउँ फर्किएका हुन्। यससँगै शुक्रबार दिउँसो २ बजे अन्त्येष्टि गर्ने सहमतिअनुसारको प्रक्रिया अन्योलमा परेको छ। शव नबुझाइएपछि पोस्टमार्टम प्रक्रिया समेत अघि बढ्न सकेको छैन। प्रहरीले भने परिवार र स्थानीयसँग समन्वय गरी समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ। गत आइतबार राति देवानगञ्ज–३ कप्ता
धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिकामा गत आइतबार राती देखि भएको घटनाले देश भरिनै धार्मिक युद्धको स्वरुप लिइरहेको छ । हिन्दु धर्मावलम्बी र मुसलिम समुदाय बिच भएको धार्मिक युद्धको स्वरुप अहिले विस्तारै सुनसरी देखि अन्य जिल्लाहरुमा पनि सर्दै गएको छ । गत श्रावण १० गते बोलबंमका लागि हिडेका हिन्दु धर्मावम्वीहरुले स्थानीय शिव मन्दिर अगाडि धार्मिक गितमा डिजे बजाए पछि स्थानीय मुसलिम समुदायले बन्द गर्न आग्रह गर्दा स्थानीयहरु दुवै धर्मावलम्बीहरु बिच विवाद बढेको थियो । विवाद बढ्दै गए पछि धार्मिक युद्धको स्वरुप लिए पछि विवादलाई शान्त पार्न सशस्त्र प्रहरीले गोलि चलाउदा अहिले सम्म सुनसरीमा २ जनाको मृत्
धरान/ धरानको पुरानो बसपार्क तिनकुने स्थानान्तरण भएपछि व्यापार चौपट भएको भन्दै धरान–२ को भानुचौक, देशीलाइन र महेन्द्रपथ क्षेत्रका व्यवसायी बुधबार सडक आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बिहानदेखि पसल बन्द गरी सडक अवरुद्ध गरेपछि सो क्षेत्रको आन्तरिक यातायात प्रभावित भएको थियो। साँझ कोणसभा गर्दै सडक खुलाए पनि माग सम्बोधन नभए (भाेलि)बिहीबार बिहान ८ बजेदेखि पुनः सडक अवरोध तथा थप कडा आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन्। व्यवसायीका अनुसार बसपार्क स्थानान्तरणसँगै बजारमा यात्रु र ग्राहकको चहलपहल घट्दा वर्षौंदेखि सञ्चालनमा रहेका पसल, होटल तथा अन्य व्यवसाय गम्भीर आर्थिक संकटमा परेका छन्। उन
धरान/ वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले सञ्चालन गरेको आन्दोलन अन्त्य भएसँगै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित देशभरका अस्पतालमा भाेलि (साउन १४) देखि नियमित स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ। आन्दोलनका क्रममा बिपी प्रतिष्ठानमा आकस्मिक सेवाबाहेक ओपिडी तथा नियमित स्वास्थ्य सेवा प्रभावित भएका थिए। नेपाल चिकित्सक संघ, धरान शाखाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल चिकित्सक संघ र नेपाल सरकारबीच भएको सहमतिअनुसार नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुने जानकारी दिएको हो। शाखाले सम्पूर्ण बिरामी तथा सेवाग्राहीलाई निर
धरान/ कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठी बुधबारदेखि धरानमा शुरू भएको छ। प्रदेश वन निर्देशनालय, धरानको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मन्त्रालय मातहतका कार्यालयहरूले वर्षभरि सम्पन्न गरेका कार्यक्रम, उपलब्धि, चुनौती र आगामी कार्यदिशामाथि समीक्षा भइरहेको छ। गोष्ठीको उद्घाटन पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद रिसाल, मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा, प्रदेश योजन
आज केही मनका कुरा तपाईंहरूसँग बाँड्ने इच्छा जागेको छ। पछिल्ला केही दिनदेखि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन, नारायणी अस्पतालमा भएको अत्यन्त दुःखद घटना र त्यसपछि देशभर देखिएको परिस्थिति हेर्दा मन अत्यन्तै व्यथित भएको छ। त्यसैले एक स्वास्थ्यकर्मी, एक शिक्षक र एक जिम्मेवार नागरिकका रूपमा आफ्ना केही धारणा सार्वजनिक गर्न चाहन्छु। मेरो जन्म काठमाडौंमा भयो। प्रारम्भिक शिक्षा–दीक्षा पनि काठमाडौंमै सम्पन्न भयो। त्यसपछि विदेशमा चिकित्साशास्त्र अध्ययन गर्ने अवसर प्राप्त भयो। अध्ययन सकेपछि आफ्नो कर्मभूमिका रूपमा मैले नेपालको पूर्वी भूभाग, धरानस्थित वी.पी. कोइराला स्वा
धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा विजयी अभिभावक टोलीलाई बुधबार सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक गङ्गाराम राई र भाइस प्रिन्सिपल विजय सिंह थेबेले विजेता अभिभावकहरूलाई खादा, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे। गत असार १३ गते धरान–५ देउरालीस्थित डिडी फुट्सलमा महिला शिक्षक र महिला अभिभावकबीच सम्पन्न मैत्रीपूर्ण प्रतियोगितामा अभिभावक टोलीले शिक्षक टोलीलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो। कार्यक्रममा प्रबन्ध निर्देशक राईले शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने, आ
काठमाडौँ/ आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा तथा व्यास जयन्ती पर्व श्रद्धा, सम्मान र विविध कार्यक्रमका साथ मनाइँदैछ। गुरु पूर्णिमाका दिन शिक्षा, दीक्षा, वेदमन्त्र र ज्ञान प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहिआएको छ। धार्मिक ग्रन्थअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको उज्यालो फैलाउने व्यक्तिलाई गुरु मानिन्छ। हिन्दू धर्मशास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका स्वरूपका रूपमा सम्मान गरिन्छ। यही मान्यताअनुसार गुरुको महिमा वर्णन गर्दै ‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः
धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज बजारमा मंगलबार साँझ झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । आगजनी, तोडफोड र घरेलु हतियारसहितको आक्रमण–प्रत्याक्रमणका कारण सुरक्षा अवस्था केही समय नियन्त्रणबाहिर पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ करिब ७ बजेदेखि सुरु भएको झडप लामो समयसम्म जारी रहँदा दुवै पक्ष ठूलो सङ्ख्यामा सडकमा उत्रिएका थिए । रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियार प्रयोग गर्दै एकअर्कामाथि आक्रमण भएको बताइएको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा टोली
धरान/ धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्यक्षमा विकास भाटी सर्वसम्मतले चयन हुनुभएको छ । श्रावण ९ गते शनिबार सुनसरी बडीविल्डिङ एण्ड फिटनेश संघका अध्यक्ष अमन श्रेष्ठको अध्यक्षतामा नेपाल बडीविल्डिङ एण्ड फिटनेश महासंघका पूर्व केन्द्रीय सदस्य तथा कोशी प्रदेश बडीविल्डिङ एण्ड फिटनेश संघका कोषाध्यक्ष रनबहादुर थेवेको प्रमुख आतिथ्यमा बसेको बैठकले भाटीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यसैगरी संघको प्रथम उपाध्यक्षमा सन्दीप गिरी, द्वितीय उपाध्यक्षमा साना राई, सचिवमा प्रदीप ९अमृत० लिम्बु, सहसचिवमा रञ्जना राई र कोषाध्यक्षमा समिनकला राईलाई चयन गरेको छ भने सदस्यहरूमा कुमार लिम्बु, मनिष मास्